काठमाडौं-कामै नगरी दाबी गर्ने कर्मचारीहरुका कारण पशुपति क्षेत्र विकास कोषले आघिल्लो आर्थिक वर्षको अतिरिक्त कामको भत्ता वितरण गर्न सकेको छैन। आर्थिक वर्ष बितेको एक महिना भए पनि टुंगो लाग्न नसकेको हो।अतिरिक्त कामबापतको करिब ७० लाख रुपैयाँ भत्ता कोषले व्यवस्थापन गर्न कोषले नसकेको हो। एक उच्च स्रोतका अनुसार कतिपय कर्मचारीले हाजिर गरेकै भरमा भत्ता दाबी गरिरहेका कारण दिने मितिको टुंगो लाग्न सकेको छैन। ‘कार्यालय समयबाहेकको दिनमा हाजिर गरेकै भरमा भत्ता पाउनुपर्ने कतिपय कर्मचारीको दबाब छ,' स्रोतले भन्यो, ‘त्यसैले भत्ता रकम पनि ७० लाख रुपैयाँ हाराहारी छ। यो रकम अत्यधिक धेरै हो।'
स्रोतका अनुसार अतिरिक्त काम लगाउने (महाशाखा प्रमुख) ले कर्मचारीले काम गरेको प्रमाणसहित विवरण पेस गरेको व्यवस्था भए हरेक महिनाको अन्तिममा भत्ता वितरणको तयारीमा कोष लागेको छ। ‘कोषमा वार्षिक रुपमा भत्ता बाँडिने हुँदा समस्या उत्पन्न भएकाले यसलाई व्यवस्थित गर्नका लागि यस्तो ढिलाइ भएको हो,' कोषका सदस्यसचिव गोविन्द टण्डनले नागरिकसँग बिहीबार भने, ‘काम गरेकाले जसरी पनि सुविधाअनुसार भत्ता पाउँछ।'
टण्डनको कुरालाई समर्थन गर्दै स्रोतले पनि भत्ता मासिक रुपमै वितरण गर्न लागिएको जानकारी गरायो। एक वर्षमा भत्ता बाँडिने चलन हुँदा कतिपयले लुकिछिपी काम गरेको दाबी गरिरहेको स्रोतको भनाइ छ। स्रोतका अनुसार कोषका कर्मचारीले आफूले गरेको अतिरिक्त कामको महाशाखा प्रमुखबाट सिफारिस लिएर भत्ता दाबी गर्न सक्ने चलन छ। ‘कतिपय कर्मचारीले अख्तियारको डरले वितरण नगरेको आरोप लगाउनुभएको छ,' स्रोतले भन्यो, ‘तर त्यसो होइन।'
कोष कर्मचारी नियमावली २०६४ को चौथो संशोधनले कुल तलबको २५ प्रतिशतसम्म भत्ता पाउने व्यवस्था छ। सदस्यसचिव टण्डनले काम गर्नेले भत्ता पाउने बताउँदै त्यसलाई धेरै विवादमा लान चाहेनन्। ‘भत्ता वितरणमा केही समस्या छैन, दिनुपर्ने दायित्व हाम्रो पनि हो,' सदस्यसचिव टण्डनले भने, ‘हामीले मासिक रुपमा वितरण गर्ने चाहना राखेका हौं। यसअघि काम नगर्नेले पनि पाएको थाहा हुन आएको छ। त्यसैले हामीले विचार गरिरहेका छौं। तर काम गर्ने कर्मचारीले पक्कै पाउँछ।'
कर्मचारीले पाँचछ पटकसम्म सदस्यसचिवलाई समूहमै भेटेर छिटो उपलब्ध गराउन दबाब दिइरहेका छन्। एक कर्मचारीका अनुसार कर्मचारीले अहिले सरकारले निजामती कर्मचारीको तलब १० प्रतिशत बढाएबराबरको तलब सुविधा नदिएको गुनासो गरे।
टण्डनले निजामती कर्मचारीसहर तलब पनि वितरण गर्ने तयारी रहेको बताए। ‘अत्यावश्यक काममा अतिरिक्त काम गर्नेलाई हामीले केही दिनमै वितरण थाल्छौं,' उनले भने, ‘मन्दिरमा सफाइको काम गर्ने, घाटमा काम गर्ने लगायतलाई छिट्टै भत्ता वितरण गर्न लागिएको छ।' ती कर्मचारीका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईतीन वर्ष अघिदेखिका पेस्की, निर्माण, खरिद लगायत कामका फाइल कोषबाट लगेका कारण सदस्यसचिवले भत्ता वितरणमा ढिलाइ गरेको आरोप लगाए। ‘केही ठगहरुले काम नगरेको आधारमा पनि भत्ता दाबी गरिरहेको कुरा सही हो,' ती कर्मचारीले भने, ‘तर अरुको कारण काम गर्ने कर्मचारीलाई दुःख नदिइयोस् भनेर हामीले सदस्यसचिवलाई हारगुहार गरिरहेका हौं।'