सिन्धुपाल्चोक– डेढ सयभन्दा बढिको ज्यान जाने गरी कान्लेको पहिरो गएको तीन साता बितिसक्दा पनि पीडितको पुनर्स्थापनामा खासै पहल भएको छैन। एउटा पूरा बस्ती पहिरोमा जाँदा ४० भन्दा बढी घर बगेको थियो।
तातोपानी भन्सारलाई काठमाडौंसँग जोड्ने अरनिको राजमार्गमै पहिरो गएकाले अहिले राजधानीको चिनियाँ सीमासँग सडक यातायातसमेत अवरुद्ध छ। तर पहिलो गएको स्थान हेर्न दैनिक हजारौं सर्वसाधारण टाढा टाढाबाट त्यहाँ पुग्ने गरेका छन्। सुरक्षाकर्मीले पहिरो गएभन्दा ५ सय मिटरवरै सर्वसाधारणलाई रोक्ने गरेका छन्।पहिलो पीडितको सहयोगार्थ नेपाली पौडीका युवा सुपरस्टार शिरिष गुरुङले नगद र जिन्सी गरेर एक लाख रुपैयाँ बिहीबार सहयोग गरेका छन्। केही दिनअघि सरकारबाट युवा प्रतिभा पुरस्कारबाट सम्मानित उनले त्यही पुरस्कारबापतको लाख रुपैयाँ पीडितलाई सहयोग गरेका हुन्। उनले नगद तथा जिन्सी सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीलाई हस्तान्तरण गरे।

पहिरोले निर्जन बनाएको कान्ले

राहतको प्रतिक्षामा पीडित

राहत लिन शिविर पुगेका पीडितहरु

सुनकोसी घटनाबारे प्रशासनले तयार गरेको विवरण

राहतको प्रतिक्षामा पीडित

पहिरोले भग्नावशेष बनाएको वस्ती हेर्दै रमिते

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीलाई राहत सामाग्री र नगद हस्तान्तरण गर्दै पौडीवाज शिरिष गुरुङ

प्रशासनले तयार गरेको पहिलो पीडितको विवरण

पहिरोले पुर्याएको क्षति र राहत वितरणको अवस्था बुझ्न सिन्धुपाल्चोक पुगेका नेपाली सेनाका प्रधान सेनापति गौरव सम्शेर जवरा राहत केन्द्रमा

पहिरो गएको स्थान।