खोटाङ– खोटाङको रावा खोलामा बेपत्ता भएका बालक फेला नपरेपछि आफन्तले काजकिरिया गरेका छन्। पौडी खेल्नेक्रममा खोलामा बेपत्ता बनेको तीन हप्तासम्म पनि नभेटिएपछि उत्तरी गाविस खार्पा–९ का १४ वर्षीय बालक धनबहादुर मगरको परिवारले उनको काजकिरिया गरेका हुन्।गाउँका साथीहरुसँग पौडी खेल्न रावा खोलामा पुगेका मगर गत साउन–१४ गते दिउँसो बगेर बेपत्ता बनेका थिए। स्थानीय र प्रहरीचौकी खार्पाको टोलीले खोजी गर्दा बेपत्ता बालक नभेटिएपछि परिवारले 'मृत्यु भएको' ठानेर किरिया गरेका हुन्। खोजीका क्रममा बालक नभेटिएको र जिवित नरहेको विश्वासमा परिवारले काजकिरिया गरेको स्थानीयको भनाई छ।
'बेपत्ता बालकको लामो समयसम्म खोजी भयो तर भेटिएन,' जिल्ला कार्यालय खोटाङका प्रहरी निरीक्षक लालबाबुप्रसाद साहले भने, 'उनी जिवित नभएको विश्वासमा परिवारले काजकिरिया गरेका हुन्।'
'बेपत्ता बालकको लामो समयसम्म खोजी भयो तर भेटिएन,' जिल्ला कार्यालय खोटाङका प्रहरी निरीक्षक लालबाबुप्रसाद साहले भने, 'उनी जिवित नभएको विश्वासमा परिवारले काजकिरिया गरेका हुन्।'