काठमाडौँ- आगामी मङ्सिर १० र ११ गते यहाँ आयोजना हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अठारौँ शिखर सम्मेलन तयारीको सिलसिलामा सहरी सौन्दर्य र हरियाली कायम गर्न सरसफाइ तथा नगर सजावट समिति क्रियाशील भएको छ।
उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा गठित उक्त समितिले नगरको सौन्दर्य प्रवर्द्धनका लागि काम थालेको हो।
सार्क सम्मेलनलाई दृष्टिगत गरी समितिले माइतीघर–तीनकुने, लैनचौर, नारायणगोपाल चोक, डिल्लीबजार शीतलनिवास, जावलाखेल, पाटन हस्पिटल, कमलपोखरी, मैतीदेवी चोक, नयाँ नारायणचौर बगैँचासम्म पहिलो चरणमा हरियाली विस्तार तथा सरसफाइ गरिरहेको छ।
सम्मेलनस्थल राष्ट्रिय सभागृहको मर्मतसम्भार एवम् रङरोगन पनि द्रुतगतिमा भइरहेको छ।