पाल्पा- पाल्पामा सोमबार भगवती जात्रा मनाइएको छ। सदरमुकाम तानसेनको मध्य भागमा रहेको रणउजिरेश्वरी भगवतीको जात्रा जिल्लामा मनाइने जात्रा एवं उत्सव मध्येको महत्वपूर्ण र सबैभन्दा ठूलो जात्रा हो।दिउँसो १ बजेदेखि भगवती मन्दीरबाट सुरु रथयात्रा तानसेन दरबार परिसर हुँदै मूल ढोकाबाट निकालेर नारायणस्थान, बसपार्क, टक्सार, बसन्तपुर, कैलाशनगर हुँदै टुंडिखेल स्थित नेपाली सेनाको ब्यारेकमा पुर्याुइएको थियो। त्यहाँ सेनाको विशेष पुजा र पञ्चवली पश्चात् पुनः बजार क्षेत्र घुमाएर मन्दीर परिसरमा पुगेर यात्रा विसर्जन गरिएको थियो। सो अवसरमा नेपाली सेनाले राष्ट्रिय धुन सहित तोप पड्काएर सलामी गारद दिएको थियो।

भगवती मन्दीर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष भीमसेन कार्कीका अनुसार भगवती जात्रा यहाँ मनाइने दर्जन बढी जात्रा मध्येकै महत्वपूर्ण र सबैभन्दा ठूलो जात्रा हो। यसअघिका वर्षहरुमा जिल्लाका सबै सरकारी कार्यालय, विद्यालय र संघसंस्थाहरुमा स्थानीय विदा दिइने भएपनि यसवर्ष सरकारी कार्यालयहरु भने सञ्चालनमा रहे। जात्रा व्यवस्थित गर्न र सुरक्षा प्रवन्ध मिलाउन रुपन्देहीबाट थप प्रहरी तानसेन ल्याईएको पाल्पाका प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले बताए।
नेपाली सेनाको ब्याण्ड सहित सैन्य पोसाकमा तीनसयको संख्यामा जवान एवं अधिकृतहरु रथ यात्रामा सहभागी थिए। उत्तिकै संख्यामा प्रहरी र सरकारी कर्मचारी पनि सहभागी थिए। बर्षेनी हुने यो जात्रा हेर्न हजारौंको संख्यामा दर्शनार्थी जिल्ला र जिल्ला बाहिरबाट समेत तानसेन आउने गर्छन्।

पाल्पाका तात्कालीन कर्णेल उजिर सिह थापाले वि सं १८७१–७२ मा भएको नेपाल–अंग्रेज युद्धमा जीतगढी किल्लामा विजय प्राप्त गरेको उल्लास स्वरुप वि सं १८७२ मा तीनतले भगवती मन्दीर निर्माण गरेका थिए र रथ यात्राको सुरुवात गराएका थिए। मन्दीर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष केदारलाल श्रेष्ठका अनुसार सोही समय देखि जात्रा निकाल्ने प्रचलन चल्दै आएको छ। उनका अनुसार यो जात्रालाई धार्मिक आस्थासँगै वीरताको सन्देश दिने पर्वको रुपमा समेत लिइन्छ।
यहाँको भगवती मन्दीरमा नेपाली सेनाका प्रधानसेनापती समेत बेलाबेला आएर पुजा गर्ने गर्छन् भने शाही कालमा राजाहरु समेत यहाँ आएर पुजा गर्ने गर्थे।