तातोपानी जोड्ने राजमार्गको विकल्पमा ट्र्याक खन्दै सेना
२७ साउन २०७१
•
५ मिनेट पाठ
तातोपानी जोड्ने राजमार्गको विकल्पमा ट्र्याक खन्दै सेना
काठमाडौं— चीनसँगको एकमात्र चल्तीको व्यापारिक नाका तातोपानीमा ठूला तथा मालबाहक सवारी आउजाउ गर्न मिल्ने ट्र्याक खन्ने काम सुरु भएको छ। राजमार्गकै विकल्पका रुपमा दोहोरो सवारी आउजाँउ गर्न मिल्ने गरी नेपाली सेनाले मंगलबार ट्र्याक खन्न थालेको हो। भदौभित्र ठूला सवारी गुडाउन मिल्ने गरी सडक सञ्चालनमा ल्याउन ट्र्याकको काम अगाडि बढाएको सेनाले मंगलबार ३ सय मिटर ट्र्याक खनेको छ।

साना सवारी चल्ने कच्ची ग्रामीण सडकबाट बाह्रबिसेनजिकै भोटेकोसी र सुनकोसी दोभानसम्म सडक सञ्जाल जोडिएको भोलिपल्ट सेनाले राजमार्गकै विकल्पका रुपमा ठूला र मालबाहक सवारी दोहोरो चल्ने ट्र्याक खन्न थालेको हो। सोमबार विकल्पका रूपमा हेरिएका रुटमध्ये ३४ किमि लामो ड्याम–टेकानपुर–तौथली–पिस्कर–धुस्कुन ग्रामीण सडक दुवै नदीको दोभानसम्म सञ्चालनमा ल्याइएको थियो।

उक्त सडकबाट साना सवारी मात्र आउजाउ गर्न मिल्छ । ती सवारी दुवै नदीको दोभानसम्म पुगेपछि रोकिनेछन् । नदीमा पुल नभएका कारण यात्रीले सुनकोसी नदीको झोलुंगे पुल तरेर सवारी परिवर्तन गर्नुपर्ने हुन्छ ।

सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीका अनुसार अत्यावश्यक सामग्री बाह्रबिसेलगायत क्षेत्रमा पुर्‍याउन आपतकालीन रुपमा सञ्चालनमा ल्याइएको उक्त मार्ग राजमार्गको विकल्पका रुपमा हुन नसक्ने भएकाले सेनाले राजमार्गकै विकल्पका रुपमा नयाँ ट्र्याक खन्न सुरु गरेको हो । उनले सेनाले खन्न सुरु गरेको ट्र्याक पहिरो गएको स्थानबाट पारिपट्टि रहेको जंगलबाट हुने बताए ।

'करिब तीन किलोमिटर ट्र्याक खन्ने र पुराना सडकलाई केही विस्तार गर्नेबित्तिकै राजमार्ग तातोपानीसँग जोडिनेछ,' उनले भने, 'नेपाली सेनाले उक्त सडक भदौ २५ भित्रमा नै बनाई सक्ने गरी काम अगाडि बढाएको हो ।'

सेनाले दाबीखोलातर्फबाट खन्न सुरु गरेको ट्र्याक पहिरोको पारीपट्टिको पैदल हिँड्ने जंगलै जंगलको गोरेटो हुँदै करिब तीन किलोमिटर तल रहेको नेपाल विद्युत प्राधिकरणको सुनकोसी जलविद्युत केन्द्रको ड्याममा आइपुग्नेछ । ड्यामबाट तल केन्द्रले बनाएको पुरानै सडक भएकाले सवारी ति सडक हुँदै खाडीचौरमा पुगेर अरनिको राजमार्गसँग जोडिने महानिर्देशक कार्कीले जनाए ।

पहिरो स्थलमा रहेका नेपाली सेनाका जर्नेल अस्मिनकुमार थापाले दसैंअगाडि नै दोहोरो सवारी आउजाउ गर्न मिल्ने गरी काम सुरु भइसकेको बताए । 'चीनसँगको एकमात्र चल्तीको व्यापारिक नाका तातोपानी दसैंअघि नै सञ्चालनमा आउनेछ,' उनले भने, 'पहिरोले बिग्रिएको हालको अरनिको राजमार्ग पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन समय लाग्ने देखिएपछि सुनकोसी पारिबाट ट्र्याक खोलेर बेलिब्रिजले अरनिको राजमार्गसँगै जोड्ने काम आजैबाट सुरु गरेका हौं ।'

जर्नेल थापाका अनुसार दाबीखोलासम्म ट्र्याक खोलेपछि त्यहाँबाट बाह्रबिसेतर्फ पुरानो तर साँघुरो कच्ची सडक छ, त्यसलाई केही मर्मत र फराकिलो पारेपछि सुनकोसी र भोटेकोसी दोभानसम्म सवारी आउजाउ गर्न सक्नेछन् । उनले त्यहीँ बेलिब्रिज राखेर सवारीसाधन फेरि अरनिको राजमार्ग तारिने बताए ।

१७ गते शनिबार बिहानै आएको मांखा चट्टाने पहिरोले अरनिको राजमार्गको करिब तीन किमि सडक अवरुद्ध पारेपछि १२ दिनदेखि नेपाल–चीन नाका ठप्प छ । पहिरोले करिब एक किमि सडक भत्काएको छ भने बाँकी दुई किमि सडक सुनकोसी थुनिएर बनेको तालमा डुबेको छ । बाटो अवरुद्ध हुँदा दसैंका सामानसमेत उतै अड्किएका कारण सरकारले चाँडो वैकल्पिक सडक खोल्ने काम अगाडी बढाएको हो । नयाँ ट्र्याक खोल्नुअघिका लागि अस्थायी विकल्पका रुपमा सोमबारबाट चलाइएको साँघुरो सडकबाट नै साना सवारी आवतजावत गर्नेछन् ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस