भत्ता कटौतीको विरोधमा कर्मचारीद्वारा काम ठप्प
२७ साउन २०७१
•
४ मिनेट पाठ
भत्ता कटौतीको विरोधमा कर्मचारीद्वारा काम ठप्प
दैलेख – सरकारले दिने दुर्गम भत्तामा विभेद गरेको भन्दै दुई हप्तादेखी चरणबन्द आन्दोलनमा उत्रिएका सरकारी कार्यालयका कर्मचारीहरुले दुई दिनदेखि काम ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्। सोमबारदेखि कर्मचारीहरु आफ्ना मागहरु पूरा गर्न सरकार उदासिन भएको भन्दै कडा आन्दोलन अन्तर्गत सबै सरकारी सेवा ठप्प परेर आन्दोलन उत्रिएका हुन्। 




दुई हप्तादेखि विभिन्न कर्मचारी सवद्ध संघ-संगठनहरुले सरकारले सुगम जिल्लाका रुपमा दैलेखलाई घोषणा गरेर पाउँदै आएको स्थानीय भत्ता कटौती गरेको विरोधमा कर्मचारीहरु आन्दोलित भएका हुन्। एउटै तहमा रहेका स्थानीय र बाहिर जिल्लाबाट आउने कर्मचारीपिच्छे भत्ता घटेपछि समान भत्ता पाउनुपर्ने माग सहित आफुहरु आन्दोलित हुनुपरेको कर्मचारीले बताए।

आफूहरुले गरेको आन्दोलनमा सरकारले सुनुवाई नगरेसम्म जस्तोसुकै तहसम्म पनि आन्दोलन गर्ने नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भिमबहादुर विष्टले बताए। जबसम्म सरकारले आफूले खाईपाई आएको भत्ता दिने सहमती गर्दैन तबसम्म मर्न पनि पछि नहट्ने विष्टले बताए। आफूहरुले खाँदै आएको भत्ता सरकारले काट्ने निर्णयसंगै दैलेख, जाजरकोट, अछाम र रुकुमका कर्मचारी आन्दोलित भएका हुन्।

सरकारले दिर्दै आएको दुर्गम भत्ता ख बाट ग मा झारेको एउटै कार्यालयमा काम गर्ने कर्मचारीहरुबीच फरकफरक भत्ता दिने सरकारी नीतिविरुद्ध आफूहरु बाध्य भएर सडकसम्म आउनु परेको कर्मचारीहरुको भनाइ छ। सरकारले कर्मचारीपिच्छे विभेद गरेको भन्दै अझ गम्भीर नभए कार्यालयका काम मात्र होइन् जिल्ला नै ठप्प पार्ने कर्मचारीहरुले चेतावनी दिएका छन्।

सुरुमा हातमा कालो पट्टी बाँधेर काम गरेका उनीहरुले आफ्नो काम १ घण्टा अवरोध गरी सुरु गरेर अहिले २ दिनदेखी पुरै दिनभरी नै ठप्प परेका हुन्। ३ दिनसम्म कुनै पनि काम नगरी आन्दोलन गर्ने उनीहरुले जनाएका छन्।

बाहिर जिल्लामा स्थायी ठेगाना भएका कर्मचारीलाई सत प्रतिशत, जिल्लाकै स्थायी ठेगाना भएका कर्मचारीलाई पच्चिस प्रतिशत भत्ता र स्थानीय निकायमा काम गर्ने कर्मचारीलाई शुन्य प्रतिशत भत्ता दिई विभेद पूर्ण नीति ल्याएको विरोधमा कार्यालयको काम नै थप्प पारेको कर्मचारीहरुले बताएका छन्। त्यस्तै भत्ता र कर्मचारीहरुले साविक खादै आएको ग्रेट थप गर्नुपर्ने माग सम्वोधन नभए कार्यालयको काम मात्र बन्द होइन अन्य सर्घषको कार्यक्रम गरे सरकारलाई अप्ठेरो हुने नेपाल निजामती कर्मचारी संघका अध्यक्ष तुलसीप्रसाद उपाध्यायले बताए।

सोमवार र मंगलवार दैलेखका सरकारी कार्यालयको काम बन्द हुँदा सदरमुकाम आएका सयौ सेवाग्राहीहरु अलपत्र परेका छन्। आन्दोलनलाई स्थानीय निकाय कर्मचारी संघ, जिविस इकाई स्थानीय कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल कर्मचारी यूनियन, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी संघ, नेपाल नगरपालिका कर्मचारी एशोसियसन, गाविस कर्मचारी महासंघ, गाविस सचिव हकहित संरक्षण मंच, नेपाल स्वास्थ्यकर्मी संघले सघाएका छन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस