डडेल्धुरा- गणेशपुरका ११ वर्षीय नरी लुहार हरेक दिन आमासँगै गिट्टी कुट्न गाउँनजिकैको राजमार्ग निस्कन्छन्। गिट्टी कुट्दै गरेका उनलाई देखेर जेठ पहिलो साता विद्यालय भर्ना अभियान लिएर गाउँ पुगेका शिक्षाकै कर्मचारीले उनलाई छात्रवृत्तिमा विद्यालय भर्ना गराए। नयाँ ड्रेस किनिदिए। तैपनि, उनी स्कुल जान पाएनन्।'दिनभर काम गर्योम भने खान पाइन्छ, कसरी विद्यालय पठाउने?,' नरीकी आमा ४१ वर्षीया धना लुहारले भनिन्, 'पति भारत गएका छन्, पाँच केटाकटी एक्लैले कसरी पाल्नू?'
धना मात्रै होइन, डडेल्धुराका करिब २ हजार मुक्तहलियाका बालबालिका आधारभूत शिक्षाबाट वञ्चित छन्। 'छोरो दुई महिना त स्कुल गयो, पछि नयाँ लुगा किन्न पैसा नहुँदा छुटाएर कामै लगाएँ,' नरीकी आमा धनाले भनिन्।
धनालाई पढाउनभन्दा पनि बालबच्चाको पेट भर्नै हम्मे छ। 'गतिलो घर त छैन,' बाटोछेउको कबुलियती वनमा बनाएको एककोठे छाप्रो देखाउँदै उनले भनिन्, 'यिनीहरुको पेट पाल्न पाए मात्र कति हुन्थ्यो, कसरी विद्यालय पठाउने?'
डडेल्धुराका विभिन्न मुक्तहलिया बस्तीका बालबालिका विद्यालय जाँदैनन्। दिनभर गिट्टी कुटेर साँझ घर फर्किन्छन्। गाउँमा रहेका पाँच दर्जन हलिया परिवारका दर्जनौं बालबालिका उज्यालो नहुँदै काममा निस्कन्छन्। झोला बोकेर विद्यालय जाने समयमा आफ्नी आमासँग काममा लाग्छन्। दिनभरि गिट्टी कुट्दा एकजना बालकले २ सयदेखि ३ सयसम्म कमाउँछन्। 'सुदूरपश्चिमका धेरै जिल्लामा मुक्तहलिया बालबालिका विद्यालयबाहिर छन्,' इन्सेक क्षेत्रीय कार्यालयका अनुगमन अधिकृत भीम रसाइलीले भने, 'विद्यालयको रेकर्डमा भर्ना देखिए पनि ती बालबालिकाले शिक्षा पाइरहेका छैनन्।'
जिल्ला शिक्षा कार्यालयहरुको तथ्यांक हेर्ने हो भने सुदूरपश्चिममा मुक्तहलियाका ६ हजारभन्दा बढी बालबालिका विद्यालयबाहिरै छन्। 'गाउँमा पुरुष भेटिन्नन्, महिला, बालबालिका र वृद्ध मात्र छन्,' राष्ट्रिय हलियामुक्त समाज महासंघका नीति तथा वकालत अधिकृत प्रभुनिधि पन्तले भने, 'हलियाहरुका अधिकांश बालबालिका विद्यालयबाहिरै छन्। लुगा किन्नै समस्या हुँदा विद्यालयमा हलिया बालबालिका न्यून छन्।' सुपमा १३ हजारभन्दा बढी मुक्तहलिया बालबालिका छन्।
पहाडी जिल्लामा ३०/४० प्रतिशत मुक्तहलिया बालबालिका विद्यालयको पहुँचमा पुग्न सकेका छैनन्। पन्तले भने, '६ हजार जति विद्यालयबाहिर छन्।' जेठ दोस्रो साता जिल्ला शिक्षा कार्यालयबाट विद्यालय भर्ना अभियानअन्तर्गत घरदैलो अभियान नलिएर कर्मचारी अशिग्रामस्थित मुक्तहलिया बस्ती पुगे। गाउँका सबै परिवारलाई जम्मा गरी बालबालिकालाई विद्यालय पढाउन र भर्ना गर्न आग्रह गरे उनीहरुले। कोही मञ्जुर भएनन्। 'घरमा बस्ने–खाने खर्च छैन, कहाँ विद्यालय पठाउने?' भन्दै बोल्न थालेपछि कर्मचारीहरु सम्झाएर फर्किए।
गाउँभरिका मुक्तहलिया बालबालिका कि त गोठाला छन् वा अभिभावकसँगै मजदुरी गर्न भारततिर जान्छन्। अपवादका रुपमा कसैकसैका छोराछोरी मात्र विद्यालय जान्छन्। 'शरीरमा एकसरो तातो लुगासमेत छैन,' मुक्तहलिया सुरेन्द्र दमाईंले भने, 'बालबालिकालाई बचाउनै गाह्रो भएको छ। आफ्नो भन्नु केही पनि छैन,' नगरपालिकासँगै जोडिएको अशिग्राम भेटागाउँका हलिया बालबालिकाको अवस्था पनि त्यस्तै छ।
'विद्यालय गए पनि डेढ घन्टा पैदल हिँडेर पुग्नुपर्ने अवस्था छ,' पन्तले भने, 'राज्यको उपेक्षा मात्र नभएर सामाजिक रुपमा समेत हलिया बालबालिकाले बहिष्कृत जीवन बाँच्नुपरेको छ।' सदरमुकामनजिकै बुडालीमा रहेको ५२ परिवार हलिया बस्तीका बालबालिका पनि पढाइबाट वञ्चित छन्।
'२१औं शताब्दीमा पानीसमेत मागेर खानुपर्ने अवस्था देखियो,' राष्ट्रिय हलियामुक्त समाज महासंघका पूर्व अध्यक्ष डम्बर विकले भने, 'बालबालिकाले शिक्षा पाउने कुरा धेरै टाढा छ।'
डडेल्धुरामा मात्र सूचीकृत २ हजार ५ सयभन्दा बढी मुक्तहलियाका १ हजार ५ सयभन्दा बढी बालबालिका विद्यालयबाहिरै छन्। 'मुक्तहलियाका धेरै बालबालिका अझै विद्यालय क्षेत्रमा पुग्न सकेका छैनन्,' विद्यालय निरीक्षक नारद जोशी भन्छन्, 'विद्यालय भर्नाका समयमा ल्याउने प्रयास भइरहेकै छ।'
विद्यालय जाने रहर भए पनि घरमा कापी, कलम र किताब जोहो गर्न सक्ने अवस्था नभएपछि मजदुरी गर्नुपरेको उनले सुनाए। 'आफूजस्तै साथीहरु विद्यालय गएको देख्दा मन रुन्छ तर के गर्ने? पढाइदिने कोही छैन,' कक्षा २ मा विद्यालय छाडेका नवदुर्गा गाविसका सुरेश दमाईंले भने, 'घरमा खान पुग्दैन, कहाँ विद्यालय जानू?'
मुक्तहलियाका बालबालिकाले परिवारको आर्थिक समस्या टार्न कडा बालश्रम गरिरहेको हलियाअगुवा राजेन्द्र विकले बताए। खलिया, हलिया प्रथामा काम गर्ने र भूमिहीन तथा सुकुम्बासी परिवारले गरिबीका कारण बालबालिकालाई विद्यालय पठाउन सकेका छैनन्। विद्यालयबाहिर रहेका यस्ता बालबालिकाको स्वास्थ्य र सुरक्षा सवालसमेत गम्भीर छ।