डाँडामा प्रकोप, कागजमा काम
२३ साउन २०७१
•
२० मिनेट पाठ
डाँडामा प्रकोप, कागजमा काम
‘मनसुन र भनसुन' को देश भनिन्छ नेपाललाई। सामान्यतया जेठदेखि भदौसम्म बंगालको खाडीबाट उत्पत्ति भएर आएको बादलले पार्ने आकाशे पानीले सिँचित भएर यो भूमिमा अन्न फल्छ, वनस्पति लहलहाउँछ, खोलानालाका मुहानले जीवन पाउँछन्।जनसंख्याको ठूलो हिस्सालाई यही मनसुनले खुसी र सुख मात्र होइन, जीवन नै दिन्छ। तर यही मनसुन कहिलेकाहीँ यसरी बहुलाउँछ कि तिनै आफैंले पाले–हुर्काएका मानिसको खडेरी बनेर हुर्मत मात्र लिँदैन, बाढीपहिरोको रुप लिएर ज्यानै सुलुत्त निलिदिन्छ। नेपालीको घरआँगनमा अभिशाप बनेर आउँछ र अकालमा ज्यान लिने विपत बन्न पुग्छ।
सन् २००१ देखि १३ सम्मको तथ्यांक केलाउँदा प्रत्येक वर्ष एक सय बढी मानिसले बाढीपहिरोको चपेटामा ज्यान गुमाएका छन्। तीन दशकयताको सरकारी औसत आँकडा भन्छ– वर्षमा २८० नेपालीको बाढीपहिरोमा परेर इहलीला सकिन्छ। १३ वर्षको तथ्यांक हेर्दा यो दर १९७ हुन आउँछ। जलउत्पन्न प्रकोप नियन्त्रण विभागका अनुसार अघिल्लो वर्षको बाढीपहिरोबाट भएको भौतिक क्षति डेढ अर्बभन्दा बढी छ। २०७० भित्र पहिरोबाट २६ करोड, बाढीबाट १ अर्ब २९ करोड र भारी वर्षाका कारण ८० लाख रुपैयाँ बराबर क्षति भएको विभागको प्रक्षेपण छ।  यो वर्ष साउन तेस्रो सातासम्म बाढीपहिरोबाट ३३५ ले ज्यान गुमाइसकेका छन्।
बाढीपहिरोबाट बर्सेनि भइरहेको जनधन क्षति न्यूनीकरण गर्न के कस्ता काम भएका छन् त? उत्तर आसलाग्दो छैन। पीडितको उद्धार र राहत वितरणमा केही सक्रिय देखिने गरे पनि सरकार प्रकोप व्यवस्थापनप्रति यति उदासीन छ कि यसको पुष्टि बर्सेनि भइरहेको जनधन क्षतिले नै गर्छ। एकहदमा भन्ने हो भने प्रकोप व्यवस्थापनमा सरकारी भूमिका कागजी र कोठे कार्यक्रम, गोष्ठी, सेमिनारमा सीमित छ।

सिन्धुपाल्चोक मांखा पहिरो र त्यसले सुनकोसी थुनिएर उत्पन्न भएको विपदपछि पनि त्यस्ता गोष्ठी, सेमिनार तीव्र भएका छन्। प्रकोपविज्ञहरूलाई भ्याइनभ्याइ छ। यही सिलसिलामा बिहीबार पहिरोसँग सम्बन्धित सरोकारवालाहरू भेला भएर पहिरो व्यवस्थापनबारे ठोस सुझाव दिने निचोड निकाले। नेपाल पहिरो समाज, नेपाल भौगर्भिक समाज, हिमालयन ल्यान्डस्लाइड सोसाइटी, नेपाल जियोटेक्निकल सोसाइटीसँग आबद्ध विज्ञहरूले सरकारलाई समस्या र समाधानका उपाय सुझाउने निचोड निकालेका छन्। सरकारसँग ‘भनसुन' गर्ने विज्ञहरूको ‘मनसुनी' छलफलले आकार लिएर विपद व्यवस्थापनको ठोस नीति बन्ने हो वा वर्षासँगै यसपटकका छलफल पनि मत्थर हुने हुन्, अहिल्यै आँकलन गर्न सकिन्न। प्राकृतिक प्रकोपका खतरा न्यूनीकरण र नियन्त्रण गर्नुपर्छ भन्ने सोचले पछिल्ला दुई दशकयता केही महŒव पाउन थालेको हो। २०५० को बाढीपहिरोपछि यस क्षेत्रमा केही काम हुन थालेका हुन्। तर दुई दशकको लामो अवधिमा काठमाडौंमा बनेका प्रकोप न्यूनीकरण नीति, प्रविधि र सीप डाँडापाखासम्म पुग्न पाएकै छैन, जहाँ बर्सेनि पहिरो बगिरहेको छ, क्षति पुर्या्इरहेको छ। सन् १९९०–२००० को दशकलाई संयृुक्त राष्ट्र संघले प्राकृतिक प्रकोप न्यूनीकरण दशक' घोषणा गर्योो।  २०४५ सालको भुइँचालो र २०५० को बाढीपहिरोको पीडा एवं यही पेरिफेरीमा संयुक्त राष्ट्रसंघद्वारा घोषित ‘प्रकोप न्यूनीकरण दशक' का कारण बाध्य भएर नेपालमा पनि केही नीतिगत काम भए। सरकारी निकायबाट भएका नीतिगत निर्णय कार्यान्वयन भने हुन सकेन। त्यही सिलसिलामा बनाइएको भूकम्प प्रतिरोधात्मक भवन निर्माण संहिता (‘बिल्डिङ कोड') अहिलेसम्म राजधानीमै समेत लागू हुन सकेको छैन। ०४५ को उदयपुर भूकम्पपछि  लामो समय लगाएर बनाइएको ‘बिल्डिङ कोड' लागू हुन नसक्नुमा घर–आवास बनाउनेहरू त दोषी छन् नै, त्यसभन्दा बढी नियामक निकाय (विशेष गरेर नगरपालिकाहरू) को गैरजिम्मेवारी दोषी छ। ‘बिल्डिङ कोड' को औचित्यबारे धेरैलाई थाहै छैन। चेतनामुखी प्रचार अभाव टड्कारो देखिन्छ। भूकम्प खबर नगरी आउने प्रकोप हो। यसका बारे हामी कति तयार छौं? जुनसुकै बेला आउन सक्ने भूकम्पले जवाफ दिनेछ।
वर्षैपच्छै आउने बाढीपहिरो र त्यसले गर्ने ठूलो धनजन क्षतिबाट अहिलेसम्म हामीले पाठ सिक्न नसकेको अवस्थाले हामी जोखिममा ज्यान गुमाउन तयार छौं भन्ने देखाउँदैन र? २०५० को बाढीपहिरोपछि  यस्ता विपद नियन्त्रणका लागि प्रविधि विकास गर्ने काम पनि केही हदमा भए। जापान सरकारको सहयोगमा प्रकोप नियन्त्रण प्राविधिक सेन्टर (डिपिटिसी) स्थापना भयो। बाढीपहिरो नियन्त्रणका प्राविधिक उपायबारे जापानीहरूले आफ्नो प्रविधि नेपाल सरकारको जिम्मा लगाए। डिपिटिसी नै पछि जलउत्पन्न प्रकोप नियन्त्रण विभागमा रुपान्तरण भयो। डिपिटिसीमा कार्यरत प्राविधिकलगायत जनशक्तिमा सिँचाइ विभागको नदी नियन्त्रण महाशाखा गाभिएपछि विभाग तराईका फाँटमा नदीनियन्त्रणका काममा केन्द्रित देखिन्छ। पहिरो यसको प्राथमिकता छैन। जलाधार क्षेत्रका सम्भावित प्रकोप नियन्त्रणभन्दा तराईका नदीका तटबन्ध गर्न केन्द्रित विभागले जिम्मेवारी बहन गर्न सकेको देखिँदैन।
विभागका महानिर्देशक रामानन्द यादव प्रकोप नियन्त्रण आफ्नै निकायको भए पनि मुलुकको आवश्यकताअनुसार काम गर्न नसकेको स्विकार्छन्। ‘नियन्त्रणको काम हाम्रै हो, तर सीमित जनशक्ति र स्रोतका कारण काम हुन सकेको छैन।'
सिभिल इन्जिनियरहरूको बोलवाला रहेको विभागले विशेष गरेर तराईका नदीहरूमा ‘जनताको तटबन्ध' लाई प्राथमिकतामा राखेको छ। चालु आर्थिक वर्षमा विभागले नदी नियन्त्रण कार्यक्रमका लागि करिब २ अर्ब ५० करोड पाएको छ भने  पहिरो व्यवस्थापनका लागि ९ करोडमात्र। ‘पहिरो व्यवस्थापनबारे हामीले ध्यान दिन सकेका छैनौ,' उनले भने, ‘पुग्ने स्रोत पनि छैन। एउटा जिल्लामा तीनवटा पहिरो गणना गर्दा पनि २ सय बढी पहिरोको व्यवस्थापन गर्नुपर्ने हुन्छ, ९ करोड बाँड्दा एउटा पहिरोको भागमा ३, ४ लाख पर्न जान्छ।' अब भने विभागले कार्यक्षेत्र विस्तार गरेर पहिरोलाई प्राथमिकता दिन लागेको उनले जानकारी दिए।
पहिरोको प्रकोप कति छ नेपालमा? विगतमा ठूला पहिरो गएका ठाउँलाई नक्सामा थोप्लोले चिनो लगाउँदै जाँदा तस्बीरमा देखिएका राता थोप्लाले हामी खतराबीच बसोबास गर्दैछौं भन्ने भयावह अवस्था प्रदर्शन गर्छ। तस्बिरमा पूर्वी नेपालभन्दा पश्चिममा कम पहिरो गएको देखिन्छ। विज्ञका अनुसार वर्षाको अनुपातले पहिरो प्रकोपका घटनामा प्रभावित देखिन्छ। अर्थात् जता बढी वर्षा, उति बढी प्रकोप। ‘पश्चिमभन्दा पूर्वमा मनसुनी वर्षा बढी हुन्छ, जहाँ धेरै वर्षा हुन्छ त्यहीँ धेरै पहिरो जाने खतरा रहन्छ,' त्रिविमा भूगर्भशास्त्र पढाउँदै आएका सहप्राध्यापक रञ्जन दाहाल भन्छन्।
नक्सामा मध्यनेपालमा राता थोप्ला अझ बाक्लै देखिन्छन्। यसो हुनुका पछाडि धेरै पानी पर्नु मात्र होइन, मध्यक्षेत्रमा विकासका काम धेरै भएका छन्। रञ्जनका अनुसार विकासका कामले भइरहेको जमिनको अदलीबदलीसमेत पहिरोको जोखिम बढाउने कारण बनेका छन्। विकासका कामले खनीखोस्री गर्दा जमिन खलबलिने र पहिरोको खतरा बढ्ने उनी सुनाउँछन्। हिमालय पर्वतमाला अहिले पनि उचालिने क्रममा छ। २ हजार ४ सय किलोमिटर लामो हिमालय पर्वतमालाको करिब ८ सय किलोमिटर नेपालमा पर्छ। कलिला पहाडहरू, चलायमान भूतह, भिरालोपन, छोटो समयमा अत्यधिक वर्षा हुने कारण नेपालका डाँडापाखामा पहिरोको खतरामा रहेको औल्याउँछन् भूगर्भविदहरू। तिनै डाँडापाखाबाट तराई झर्ने खोलानालाले बाढीको खतरा निम्त्याउने हो।
कागजी काम
बाढीपहिरोजस्ता प्रकोपबारे काम गर्ने संस्था र विज्ञहरूको कमी छैन नेपालमा। जलउत्पन्न प्रकोप नियन्त्रण विभाग नाम र जिम्मेवारीअनुसार समग्र प्रकोप जोखिम न्यूनीकरणमा सार्थक देखिन्न। खानी तथा भूगर्भ विभाग अर्को विज्ञहरूको खानी भएको सरकारी निकाय हो जसको विज्ञता सरकार आफंैले प्रयोग गर्न सकेको देखिँदैन। विभागले काठमाडौं उपत्यका, पोखरा, विराटनगर, धरान, हेटांैडा, बुटवल, नेपालगन्ज, दाङ, भैरहवा, स्याङ्जा, पर्वत, बाग्लुङलगायत सहरका प्रकोप नक्सा तयार गरेको  छ। विभागका भित्तामा जताततै नक्सा टाँसिएका छन्। भूगर्भविदहरू ल्यापटपमा नक्सा र त्यसले निम्त्याउन सक्ने खतराको आँकलनमा वर्षैभरि व्यस्त हुन्छन्। तर नियन्त्रण र न्यूनीकरण किन हुन सकेन त?

विभागका वरिष्ठ  भूगर्भविद लीलानाथ रिमाल भन्छन्, ‘हाम्रो काम त प्रकोप नक्सा बनाउने हो, त्यसको कार्यान्वयनमा सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ।' उनीसहितको विभागको टोलीले तयार गरेको पोखराको प्रकोप नक्सामा अहिले जमिनमा भ्वाङ परेको अर्मला जोखिम क्षेत्र रहेको औंल्याइएको थियो। त्यहाँ बस्ती नबसाल्न र पानी लाग्ने बालीसमेत नलाउन भनिएको थियो। १४ वर्षअघि प्रकाशित पोखरा उपत्यकाका प्रकोप  नक्सा कार्यान्वयनमा नआएकै कारण अर्मला भासियो, स्थानीयले कष्टसाध्य गर्नुपर्यो्।
अर्मला एउटा उदाहरण, देशैभरि यस्ता धेरै ठाउँ छन् जहाँ प्रकोप जोखिम औंल्याइए पनि न बस्ती हटाइएको छ न खेती गर्न छाडिएको छ। बुटवल, दाङलगायत सबैजसो सहरमा प्रकोप नक्सामा जोखिमपूर्ण औंल्याइएका स्थानमा बस्ती बाक्लिँदो छ।
पहिरोमा काम गर्ने अर्को सरकारी निकाय पनि छ। त्यो हो– माटो संरक्षणको अवधारणामा गठन भएको वन मन्त्रालयअन्तर्गतको भूसंरक्षण विभाग। विभाग आफंै वनजंगलमा हराएजस्तो देखिन्छ। विभागका भूगर्भविद दिलिप सडौला यसो भन्दै जिम्मेवारीबाट पन्छन खोज्छन्, ‘पहिरो महाशाखा खोल्नुपर्छ, त्यसैले पहिरोसम्बन्धी सबै काम गर्नुपर्छ।'
यसबारे उनले अध्ययन पनि गरेका छन्। बाक्लो फाइल देखाउँदै उनी भन्छन्, ‘हामीकहाँ अध्ययन भएका छन्, अध्ययन गर्ने जनशक्ति पनि छ, तर प्रकोप व्यवस्थापनमा समन्वय अभाव छ , काम गर्ने निकाय नै छैन।'
प्रविधि प्रयोग गरेर नेपालका जुनसुकै क्षेत्रको प्रकोपबारे अध्ययन गर्न सकिने उनी बताउँछन्। सडौला भन्छन्, ‘सेटेलाइट इमेजबाट स्थानीय तहमा थप अनुसन्धान गर्ने र त्यस्तो अध्ययन कार्यान्वयनमा ल्याएमा पहिरोजन्य जोखिम न्यूनीकरण गर्न सकिन्छ।'
पहिरो अध्ययनमा त्रिभुवन विश्वविद्यालय, भूगर्भशास्त्र विभाग विशेषज्ञ निकाय मानिन्छ। ‘हामी अध्ययनमा निकै अगाडि छौं, कार्न्यान्वयन समस्या हो,' पहिरो विज्ञ दाहाल भन्छन्, ‘विश्वविद्यालयले विशेषज्ञता हासिल गरेको छ, त्यसले गरेका अनुसन्धान कार्यान्वयनमा ल्याउन सके धेरै काम हुन्थ्यो ।' भूगर्भशास्त्रका प्राध्यापक र ठूलो संख्याका विद्यार्थी लामो समयदेखि पहिरोलगायत प्रकोप अध्ययनमा संलग्न रहँदै आएका छन्।   
प्रकोपमा सबैभन्दा जिम्मेवार गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखा मानिन्छ । यसैलाई फोकल प्वाइन्ट मान्छन् अन्य सरकारी निकाय। दैवीप्रकोप शाखाबाट विपद व्यवस्थापन शाखा हुँदै महाशाखामा रुपान्तरण भएको गृह प्रशासनको यो संरचनाले प्रकोपपछिको राहत र उद्धारबाहेकका काम गर्दैन। प्रहरी र प्रशासनको बलमा राहत र उद्धारका काम गर्दै आएको यही निकायलाई सचिवालयस्तरमा लग्ने र प्रकोप ऐन बनाउने काम भइरहेका छन्। महाशाखाका प्रमुख यादव कोइराला भन्छन्, ‘प्रकोप ऐन बनाउने र त्यही ऐनअन्तर्गत सचिवालय स्तरको निकाय बनाउने काम भइरहेका छन्।'
प्रकोपसँग सरोकार राख्ने सरकारी निकायबीच समन्वय नै छैन।  कसैले पूर्ण जिम्मेवारी नलिएको र भएका अध्ययन त्यत्तिकै थन्किएको पृष्ठभूमिमा सचिवालय स्तरको प्रकोपसम्बन्धी निकाय अहिलेको आवश्यकता हो। तर सचिवालय सामान्य प्रशासकहरूको नेतृत्वको अर्को एउटा सरकारी निकाय हुने वा बाढीपहिरो र भूकम्पजस्ता प्रकोपसँग सम्बन्धित विज्ञहरूको बाहुल्य र नेतृत्वको संस्था हुने? संशय छ।  सचिवालयको संरचना र कार्यक्षेत्रले ठूलो अर्थ र महत्व छ राख्छ प्रकोप व्यवस्थापनमा। सामान्य प्रशासकका आफ्नै सीमितता छन्, उनीहरू प्राविधिक कुरा बुझ्न सक्तैनन्। प्राविधिक विषयका ज्ञाता र विज्ञहरूका  प्रयोगशाला निचोड र अनुसन्धान ठेली जनसामान्यले बुझ्न सक्तैनन्। अंग्रेजीमा छापिएका प्रकोप नक्सा कसका लागि? त्यसको प्रयोग स्थानीय तहमा हुन सक्तैन, खानी विभाग यसबारे जानकार छ तर व्यवहारमा अंग्रेजीमै नक्सा बनिरहेका छन्, रिपोर्ट तयार भइरहेका छन्। प्रकोप न्यूनीकरणका उपाय र प्रविधि पावरप्वाइन्टमा प्रस्तुत गरेर पुग्दैन। अहिलेको आवश्यकता गाउँले आफैंले आफ्नो गाउँठाउँको प्रकोप जोखिम अवस्था थाहा पाउनु हो। गाउँको कुन पाटोमा बस्ती बसाल्ने, डाँडापाखामा र मैदानमा कस्तो खेती, बोट बिरुवा लगाउने, बाटो, कुलो कताबाट खन्ने, पानी कता छाड्ने र थुन्नेजस्ता जनसाधारणले बुझ्ने उपाय सिकाउन सके मात्र सही अर्थमा प्रकोप व्यवस्थापनको सूत्र बन्नेछ। नयाँ बन्ने सचिवालयले सुरुमै यसतर्फ सोच्नु जरुरी छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस