काठमाडौं-सिन्धुपाल्चोकको मांखामा गएको पहिरोले क्षति पुगेको अरनिको राजमार्ग पुनर्निर्माण गरी यातायात सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न चार विकल्प अघि सारेको छ।राजमार्ग अवरुद्ध हुँदा चीनबाट आयात हुने सामग्री रोकिएको र आवतजावतमा समस्या परेको हुँदा तत्काल यातायात खुलाउन मन्त्रालयले पहल थालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले जानकारी दिए।
पहिरोले अरनिको राजमार्गको ८३ किमिदेखि ८४ सम्मको एक किमि बाटो पूर्ण रूपमा क्षतिग्रस्त भएको र ८४ देखि ८६ सम्मको दुई किमि बाटो पानीमा डुबेको जानकारी दिँदै मन्त्री निधिले सेनासँग मिलेर बाटो सुचारु गर्ने विषयमा छलफल भइरहेको बताए।
‘स्थलगत अध्ययन क्रममा हामीले चारवटा विकल्प अघि सारेका छांै,' मन्त्री निधिले शुक्रबार व्यवस्थापिका संसद बैठकमा भने, ‘सकेसम्म छिटो सुचारु हुने विकल्पमा जानुपर्छ।'
पहिलो विकल्पमा खाडीचौर–लामोसाँघु २० किमि पक्की सडक प्रयोग गरी बाँकी ग्रामीण सडक सुधार गरेर बाह्रबिसेसम्म जोड्न सकिन्छ। त्यसमा साना सवारी चलाउन सकिन्छ। यो विकल्प प्रयोग गर्दा बाह्रबिसेमा रहेको झोलुंगे पुलबाट सामान ओहोरदोहोर गराउनुपर्छ। यो बाटो ५० किमि लामो पर्न जान्छ।
दोस्रो विकल्पमा खाडीचौर पुलको पूर्वतर्फबाट सुनकोसी आयोजनाको बाटो हुँदै नदी बायाँतर्फ ३ किमि सुधार गर्नुपर्ने र बाँकी ३ किमि नयाँ बाटो खोली जोड्न सकिन्छ। जम्मा ६ किमि बाटो खोल्न कम्तिमा एक महिना समय लाग्छ। सुनकोसी र दाबी नदीमा बेलिब्रिज राखेपछि यो बाटो खुल्ने मन्त्री निधिले बताए।
उनका अनुसार यो विकल्पबारे नेपाली सेनासँग छलफल भइरहेको छ। ‘छोटो र दिगो विकल्प भए पनि यसलाई पूरा गर्न अझै एक महिना लाग्छ,' उनले भने।
तेस्रो विकल्पमा खाडीचौर–राम्चे–बाह्रबिसे ३० किमि ग्रामीण सडक निर्माण गरी बाटो जोड्न सकिन्छ। यो बाटो पहिरोभन्दा माथिबाट हुने हुँदा उकालो र दिगो हुन नसक्ने इन्जिनियरहरूले बताएका छन्। ‘उकालो ज्यादै हुने हुँदा सार्वजनिक सवारी चल्न सक्दैनन् भन्ने कुरा आएको छ,' मन्त्री निधिले भने।
चौथो विकल्पमा पहिरोका कारण तालमा जमेको पानीलाई विस्तारै निकाल्दै जाने र बिग्रिएको बाटो तत्काल पुनर्निर्माण गरी सुचारु गर्न सकिन्छ। अहिले जमेकोबाट १० मिटर पानी बाहिर निकाल्न सके मात्र यो बाटो सुचारु हुन सक्छ। यसका लागि उक्त क्षेत्रमा सडक विभागका प्रतिनिधिलाई पनि तयारी अवस्थामा राखिएको मन्त्री निधिले जानकारी दिए।
‘पानी छिटो निकाल्न सके छिटो बनाउन सकिने बाटो यही हो,' उनले भने, ‘एक किमि बनाउन सके बाटो सुचारु गर्न सहज हुन्छ।'
दसैंभन्दा पहिल्यै बाटो सुचारु गराउनुपर्ने भएकाले मन्त्रालयले पहल जारी राखेको उनको भनाइ छ। यसका लागि अर्थ मन्त्रालयले तत्काल आवश्यक रकम निकास गरिदिने जनाएको छ। ‘हामीले अहिले चारवटा हेवी इक्विपमेन्ट रेडी अवस्थामा राखेका छौं,' उनले भने, ‘आवश्यकताअनुसार मन्त्रालयबाट पहल भइराखेको छ। नेपाली सेनासँगको समन्वयमा छिटोभन्दा छिटो सडक सुचारु गर्ने काम हुन्छ।'
व्यवस्थापिका संसदको बैठकमा सरकारले पहिरोमा परेका व्यक्तिको उद्धारमा पहल नगरेको, बाटो सुचारु गर्ने विषयमा विकल्प दिन नसकेको भन्दै आलोचना भएपछि मन्त्री निधिले सभामुखसँग समय माग गरेर यसबारे जानकारी गराएका हुन्। उनले आफूले पनि स्थलगत अध्ययन गरेर आएको बताउँदै जमेको पानी एक्कासि निकाल्दा समस्या हुने भएकाले विकल्पमा छलफल भइरहेको बताए।
सभासदहरूले सुनकोसी किनारका जनता अहिले पनि माथि डाँडामा उक्लिएर रात कटाउनुपर्ने अवस्था रहेको बताउँदै तत्काल उद्धार गर्न माग गरेका थिए।