काठमाडौं- दलबलसहित सर्वोच्च अदालत आएका पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका असन्तुष्ट वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले पार्टी अध्यक्ष लगायतविरुद्ध रिट दर्ता गरेका छन्।
राप्रपा र राष्ट्रिय जनशक्ति पार्टी एकिकरण महाधिवेशनमा पालैपालो नेतृत्व गर्ने सहमतिविपरीत निवर्तमान अध्यक्ष सूर्यबहादुर थापाले पशुपतिशम्शेर राणालाई अध्यक्ष बनाएको भन्दै चन्द सर्वोच्चमा आएको हुन्। जनशक्ति पार्टीसँग एकीकरण गर्दा वरिष्ट नेताहरुले पालै पालो नेतृत्व गर्ने सहमति भएको थियो। त्यसमा थापा पछि आफ्नो पालो भएको चन्दले दाबी गर्दै आएका छन्। तर, थापाले सहमति विपरित राणालाई अध्यक्ष बनाएपछि उनले असन्तुष्टी व्यक्त गरिरहेका छन्। चन्दको रिटमा राणालाई असंवैधानिक घोषाणा गरी आफूँलाई अध्यक्षको रुपमा मान्यता दिन भनि आदेश जारी गर्न माग गरेका छन्। चन्दले निर्वाचन आयोग, पूर्व अध्यक्ष सूर्यबहादुर थापा र वर्तमान अध्यक्ष पशुपतिशम्शेर राणालाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन्।