लामोसाँघु- सिन्धुपाल्चोकको मांखामा गएको पहिरोमा परी विस्थापित भएका ४ सय ३६ परिवारमा रोगको महामारी फैलिन नदिन विशेष स्वास्थ्य जाँच परीक्षण सुरु गरिएको छ। स्वास्थ्य सेवा विभागबाट आएको टोलीसहित जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका डाक्टरहरुले विस्थापित परिवारका सदस्यलाई सरुव रोग तथा अन्य रोगको परीक्षण गरिरहेको छ।
परीक्षणका क्रममा ४३ जनालाई समान्य उपचार गरेर औषधि दिइएको छ। उनीहरुलाई समान्य रुघाखोकी र ज्वरो आएको जिल्ला जनस्वास्थ्य कार्यालयका डाक्टर विकल्प गौतमले जानकारी दिए। यस्ता रोगको महामारी फैलिन नदिन स्वास्थ्य परीक्षण गरिएको उनले बताए।
स्वास्थ्य विशेष परीक्षण टोलीमा सेवा विभागका शम्भु महतो, डबल बिसी, आत्मराम कार्की र क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडका रोहित लामिछाने र चन्द्रमान तामाङ छन्। त्यस्तै जिल्ला जनस्वाथ्यबाट विकल्प गौतमसहित निरीक्षक यमुना यादव र पाङ्ग्रेटार स्वास्थ्य चौकीका सी.अहेब हरिचन्द्र महर्जन र अहेब ईश्वरी प्रसाद सुवेदी परीक्षणमा खटिएका छन्।
विस्थापित परिवार सशस्त्र प्रहरी क्याममाथि रहेको लामोसाँघुस्थित ओरिएन्ट म्यागनसाइट चुनढुंगा कम्पनीको कम्पाउन्डमा राखिएका छन्।