'कति खुसी थियौ हामी, सँगै साथमा हुदाँ खेरी'
२० साउन २०७१
•
५ मिनेट पाठ
'कति खुसी थियौ हामी, सँगै साथमा हुदाँ खेरी'
तनहुँ—

कति खुसी थियौ हामी, सँगै साथमा हुदाँ खेरी
आँसु पुच्छने हात छैन, आज मैले रुँदा खेरी ।

तनहुँ भिमादकी रेखा परियारको मोबाइलमा यो ब्याकटोन बज्न थालेको झण्डै २ महिना भयो। बैदेशिक रोजगारीका लागि साउदी गएकी दिदी जेल परेपछि उनले मोबाइल रिङ ब्याकटोनबाट मनको भावना व्यक्त गर्न थालेकी हुन्।

झण्डै ३ वर्ष अघि साउदी गएकी तनहुँ भिमाद–३, भागरकी ३२ वर्षिया शोभा परियारलाई दुई बर्षिय शिशुको हत्याको अभियोगमा सोमबार साउदी अदालतले मृत्युदण्ड दिएको थियो ।

वैदेशिक रोजगारमा साउदी गएकी शोभाले मृत्युदण्ड पाएको समाचार बाहिर आएपछि अहिले शोभाको परिवार शोकमा डुवेको छ। ६५ वर्षीय बुबा भीमबहादुर परियार र ५५ वर्षीया आमा बुद्धिसरा परियारको आँखाको आसु ओभाएको छैन्। घर छिमेक सबै शोकमा छन्। 'बुबा आमाले मन बुझाउन सक्नु भएको छैन्,' रेखाले भनिन, 'खबर सुनेदेखी रोएको रोई हुनुहुन्छ।' साउदीका लागि नेपाली राजदुताबासमा कार्यरत उदयराज पाण्डेलाई टेलिफोन सम्पर्क गरेर परिवारले घटनाको पुष्टि गरेका थिए ।

जेलभित्रै काममा लागेको भन्दै शोभाले आइतबार मात्रै आमा बुद्धिसरालाई फोन गरेकी थिइन्। 'छोरासँग बोल्छु स्कूल नपठाउनु भनेकाले त्यो दिन नातीलाई स्कूल पठाइन्' आमा बुद्धिसराले भनिन, 'आइतबार म र नातीसँग झण्डै आधा घण्टा फोनमा कुरा भएको थियो ।' २ दिनअघि फोनमा बोल्दा कुनै नराम्रो खबर नसुनाएकी छोरीले मृत्युदण्ड पाइसकेको खबर सुन्दा अहिले उनी आश्चर्यमा छिन्। 'फोनमा उसले केही नराम्रो खबर भनिन, ५ दिनअघिबाट जेलमै काम शुरु गरेँ, अब केही पैसा कमाई हुन्छ भनेकी थिइ,' उनले भनिन, 'नातीसँग एक वर्षपछि आउँछु, बुबा आमाले भनेको मान्नु भनी।'

२०५९ सालमा तनहुँकै भानुमती–५ का दिपक नेपालीसँग विवाह गरेकी शोभाको पारिवारिक जीवन सफल नभएपछि २०६१ सालमा श्रीमानसँग छुटिट्एर उनी माइती बस्दै आएकी थिइन्। शोभा र छोराको हेरचाहका लागि मासिक २ हजार रुपैया दिने सम्झौता भएपछि दिपकले पैसा नदिएपछि प्रमाणपत्र तह उत्तिर्ण गरेकी शोभाले गाउँकै स्कूलमा काम गरेर छोरालाई पाल्दै आएकी थिइन्। २०६० सालमा जन्मिएको छोरा दिवस नेपाली अहिले भिमादकै ज्ञान ज्योती प्राथमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छन्।

परिवारको खर्च बढ्दै गएपछि छोराको पढाई र पालनपोषणलाई भन्दै शोभा दुलेगौडाका एक व्यक्ति मार्फत बैदेशिक रोजगारीका लागि ३ वर्ष अघि साउदी गएकी थिइन्। 'पहिल्यैदेखि मालिक र मालिक्निीले कुटपीट गर्ने गरेको भन्दै फोनमा रुने गर्नुहुन्थ्यो,' शोभाका भाई ध्रुव परियारले भने, 'मैले प्लेन टिकट काटीदिन्छु आउँनुस्, भन्दा घरमा राम्रो व्यवहार हुन थाल्यो भन्दै दिदीले कामलाई निरन्तरता दिएकी थिइन्।'

'बच्चालाई हेरिरहेको समयमा शिशुको मृत्यु भएकाले मलाई आरोप मात्र लगाएका हुन् भनेर दिदीले फोनमा भन्नुहुन्थ्यो,' उनले भने, 'त्यही आरोपले अनाहकमा दिदीले मृत्युदण्ड पाउनुभयो ।' घटनाको करिब ६ महिनापछि जेलमा रहेको समयमा साहु र साहुनीले घर पठाइदिन्छु भन्दै साउदी भाषामा लेखेको एउटा कागजमा शोभालाई दस्तखत गर्न लगाएको धुव्रले बताए। उनले भने, 'त्यो कागजमा के लेखेको थियो, त्यो अझै जानकारी पाएका छैनौं।'

विदेश गएको डेढ वर्षसम्म घरमा पैसा पठाएकी शोभा बीचमा केही समय परिवारसँग सम्पर्कविहीन भएकी थिइन्। पछि उनले नै परिवारलाई फोन गरेर आफू शिशुको हत्या गरेको आरोपमा जेलमा परेको जानकारी गराएकी थिइन् ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस