काठमाडौं— दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान पशुपतिनाथमा विशेष पूजा गरेका छन्। साउने सोमबार अवसर पारेर पशुपतिनाथ दर्शनमा पुगेका उनले पूजा अर्चनामा करिब एक घन्टा बिताए।
हिन्दूहरुका आरध्यदेव भगवान् पशुपतिनाथप्रति विशेष श्रद्धा राख्ने भारतीय प्रधानमन्त्रीले तीन करोड रुपैयाँ बराबरको २५ सय केजी श्रीखन्ड पशुपति विकास कोषलाई हस्तान्तरण गरेका छन्।
उनी पशुपतिनाथ पुग्दा १०५ ब्राह्मणले बेद पढेर स्वागत गरेका थिए।
पूजापछि ट्विट गर्दै भारतीय प्रधानमन्त्रीले पशुपतिनाथको मन्दिरमा प्रार्थनापछि आफूले आशिष पाएको अनुभव गरेको उल्लेख गरेका छन्।

भिडियो –

विजय राईको फोटो फिचर हेर्नुहोस् :

भिडियो –