काठमाडौं-दस दिनअघि नेपाल छिरेका बेल्जियमका भ्यान ब्रुसेल एन्टोनी नेपाल बसाई तुर्नुअघि चिनियाँ बोर्डर तातोपानी घुम्ने सुरले निस्केका थिए। राति गाडी नपाएपछि उनले सिन्धुपाल्चोकको मङ्खामा बास बस्ने योजना बनाए। बजारमा राम्रो गेस्ट हाउस नभेटे पनि स्थानीयको घरमा उनले बास पाए।राति २ बजेतिर बेल्जियमबाट साथीले पठाएको एसएमएसले उनको निद्रा खुल्यो। एसएमएस पढेर पुनः निदाउन खोज्दै गर्दा अचानक आएको भयानक आवाजले उनी तर्सिए। बसेको घर केही सर्यो । उनी हतपत बाहिर निस्किए। बास दिने घरपटीको आधा खुट्टा पहिरोमा पुरिएको थियो। उनी हारगुहार गर्दै थिए, एन्टोनीसँगै पहिरोमा बाँचेका अरु पनि आएर उनलाई बाहिर निकाले। त्यतिञ्जेलसम्म उनकी श्रीमती र छोरीले भने संसार त्यागिसकेका थिए।
पातलो कपालभित्रको खुइलिएको छाला, ठाउँठाउँमा रगतको टाटासहित ग्वार्कोस्थित बिएन्डबी अस्पतालको ह्विलचेयरमा भेटिएका एन्टोनीले यो भयावह दृश्यको वर्णन गरिरहँदा हात थरथर कामिरहेको थियो। ‘मैले पहिलोपटक यति भयावह दृश्य र पीडा आँखै अगाडि देखेेँ,' उनले भने, ‘आशा गर्छु, यो अन्तिम होस्।' जोखिममुक्त अवस्थामा उद्धार गरिएका एन्टोनीको पाटन अस्पतालमा उपचार भइरहेको छ।
पासपोर्ट र खर्च सबै गुमाएका उनी शनिबार साँझ भारत हुँदै स्वदेश फर्किने तयारीमा थिए। उनी माङ्खा बजारस्थित इन्द्रलाल श्रेष्ठको घरमा बसेका थिए। राति २.३० बजेतिरको त्यो त्रासदीले इन्द्रलाललाई दुःखद र पीडादायी वास्तविकतामा पुर्या्यो। कुनै भयानक विष्फोट, भुकम्प र चट्याङ एकैपटक परेजस्तो आवाजपछि उठ्दा उनको घरभित्र पानीको भल पसिसकेको थियो। अलि तल छोरीको घर थियो। त्यो त्रासदीपूर्ण पहिरोले सबैभन्दा बढी बज्रपात श्रेष्ठ परिवारमै पर्योए।
शिक्षण अस्पतालमा उपचाररत उनको हातमा चोट लागेको छ। तर, त्यो चोटभन्दा निकै ठूलो चोट मनमा लागेको छ। उनका छोराबुहारी, नाति–नातिना र सम्धिनी पहिरोमै पुरिए। छोरा रमेश भतिजासहित बाहिर गएका थिए। उनीहरु बाँचे। पहिरोमा परेका दुर्गालाल श्रेष्ठको हातमा गहिरो चोट लागेको छ। त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको मनमा घरीघरी त्यही त्रासदी आइरहेको छ। ‘बस्ती पारि जंगलमा ठोक्किएर झरेजस्तो भयोे,' उनी भन्छन्।
सुरुमा बिएन्डबी र पछि त्रिवि शिक्षण अस्पताल पुर्याजइएका अधिकांश घाइतेको अवस्था खतरामुक्त रहेकाले उनीहरु घाउको चोटभन्दा आफन्त र थाँतथलो गुमाउँदाको चोट साटासाट गर्दै भावुक भएका थिए। गम्भीर घाइतेमध्येकी कमला पराजुलीलगायत तीनजनालाई हेलिकप्टर र अन्यलाई एम्बुलेन्समार्फत् उपचारका लागि राजधानी ल्याइएको थियो। पराजुलीको स्पाइनल इन्जुरी भएको छ। अर्का एक गम्भीर घाइतेको छातीको शल्यक्रिया गर्नुपर्ने भएकाले मनमोहन कार्डियोथोरासिक सेन्टरमा भर्ना गरिएको छ।
सात जनालाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ। पाँच जनालाई भर्ना गरेर उपचार सुरु गरिएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दीपक महराले जानकारी दिए। ‘बाँकी दुई जनाको थप परीक्षण भइरहेको छ, उनीहरुलाई बहुस्पेसियालिटी सेवा चाहिन्छ,' उनले भने। अन्य केहीको धुलिखेल र पाटन अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
डा.महराका अनुसार घाइतेमध्ये अधिकांशको हातखुट्टा भाँचिनेजस्ता समस्या छन्। शिक्षण अस्पताल ल्याइएका घाइतेमा अमर श्रेष्ठ २७, समीर श्रेष्ठ १६, रञ्जन श्रेष्ठ, दुर्गालाल श्रेष्ठ, तारा श्रेष्ठ, अविनाश श्रेष्ठ, सुमिना श्रेष्ठ, विष्णु नेपाल, रितु श्रेष्ठ, शेरबहादुर तामाङ, कमला पराजुली, सन्जु तामाङ, इन्द्रलाल श्रेष्ठलगायत छन्।
समन्वय नहँुदा अन्योल
यति ठूलो प्रकृतिक विपत्तिका घाइतेको उद्धारपछि उपचारमा उचित समन्वय नहुँदा दिनभर घाइते र तिनका आफन्तले अनावश्यक झन्झट बेहोर्नुपरेको थियो। सरकारको गृह मन्त्रालयअन्तर्गत डिजास्टर मेनेजमेन्ट कमिटीले प्राकृतिक विपत्तिका घाइतेको उपचारका लागि शिक्षण, सिभिल, पाटन तथा सेना र प्रहरी अस्पताल तोके पनि घाइते लिएर आएको एम्बुलेन्स कोटेश्वरबाट सिधै बिएन्डबी अस्पतालतिर मोडिएका थिए।
स्वास्थ्य मन्त्रालयले उपचार प्रबन्ध गर्न खटाएका सहसचिव डा.गुणराज लोहनी र अधिकृत तुलसी दाहालले त्रिवि शिक्षण अस्पतालमा बिरामी आउने खबर गरेका थिए। डिजास्टर कमिटीका संयोजक डा.प्रदीप वैद्यले त्रिवि शिक्षण अस्पतालका निर्देशकलाई बिहान तयारी गर्नु भनेर खबर गरे पनि अपराह्न बिएन्डबी पुर्यााइएका थिए। डा.महराले मन्त्रालयका अधिकृत दाहालले पनि कसरी घाइते बिएन्डबी पुगे भन्नेमा आश्चर्य व्यक्त गरेको बताए। ‘यस्तो अवस्थामा पनि कुन अस्पतालमा लाने भन्नेमा गम्भीररता पाइएन,' महारले भने।
दिउँसो मन्त्रालयका अधिकारी बिएन्डबी पुगेर सबै बिरामी त्रिवि शिक्षणमा लाने निर्णय गरेका थिए। सोलगत्तै अस्पतालमा बिरामी व्यवस्थापन गर्न नसक्दा थुपैलाई अस्पतालले भर्नै नलिई गेटबाटै रेफर गरेका थिए। डा.महराले कतिपय बिरामीलाई आग्रह गरेर रेफर गरेको र कतिपय एक वडाका बिरामीलाई अर्को वडामा पुर्या एर ९ वटा शऒ्ढया खाली गरिएको बताए।