विषादी छिट्नेलाई अनेकथरी रोग
१४ साउन २०७१
•
८ मिनेट पाठ
विषादी छिट्नेलाई अनेकथरी रोग
झापा- चियाबगानमा लगातार २५ वर्ष काम गरेका गंगाबहादुर दर्जीले भर्खरै अनिवार्य अवकाश पाए। ५८ वर्षका उनलाई बगानले दीर्घसेवाबापत केही रकम हातमा राखिदियो। तर, उनी खुसी हुन सकेनन्। बगानमा काम गरेकै कारण दुवै आँखाको स्वाभाविक दृष्टिक्षमता गुमाएका उनलाई दीर्घसेवाबापत आँखाको रोग बोक्नुपरेकोमा दुःख छ।ज्यामिरगढीस्थित सतीघट्टा टी इस्टेटमा विषादी छिट्ने ड्युटीमा थिए उनी। अधिकांश समय विषादीको ट्यांकी बोकेर चियाका बुट्टाबुट्टा चहारे। 'उमेर छँदै आँखा कमजोर भएका थिए,' दर्जीले भने, 'डाक्टरलाई देखाउँदा विषादीको असरले हो भने। आफ्नो कामै त्यही भएकाले चुपचाप गरेँ। अहिले पछुतो लाग्दै छ।'
चिया बगानमा सुरक्षात्मक उपायबिनै विषादीसँग दैनिक खेल्ने मजदुर झापामा सयौं छन्। मानव स्वास्थ्यका लागि अति घातक मानिने विषादीको संसर्गले उनीहरू अनेकौं रोगको उच्च जोखिममा छन्। तैपनि त्यसबाट जोगिने उपायबारे मजदुर बेखबर छन्। चिया बगान प्रतिष्ठानले पनि मजदुरको स्वास्थ्य सुरक्षाबारे गम्भीरता देखाएका छैनन्।
मजदुरहरूका अनुसार प्रत्येक बगानमा निश्चित संख्याका कामदारले वर्षभरि विषादीकै काम गर्नुपर्छ। चियाका बुट्टावरिपरिका झार मार्ने युडिसाइड, कीरा मार्ने पेस्टिसाइड र हरियो पत्तीको उत्पादन बढाउने फोलियरलगायत विषादीसँग खेल्नुपर्छ । यी तीनथरी विषादी वर्षभरि नै कम्तीमा तीन–तीनपटक प्रयोग हुन्छ। यी सबै विषादी मजदुरले बाह्रै महिना सुरक्षा कवचबेगरै प्रयोग गर्छन्। 
चिया मजदुरलाई आँखाको रोग, नाकमा संक्रमणलगायत गम्भीर स्वास्थ्य समस्या देखिने गरेका छन्। 'लामो समय काम गरेका अधिकांश मजदुरलाई आँखाको समस्या देखिएको छ,' नेपाल चिया स्वतन्त्र मजदुर युनियनका अध्यक्ष भरत राई भन्छन्, 'विषादी छिट्ने मजदुरलाई कतिपय बगानले सुरक्षा कवच दिँदैनन्, दिएको ठाउँमा पनि प्रयोग गर्न मजदुर झिँझो मान्छन्।'
उनका अनुसार झापामा मात्रै ५ सय हाराहारी मजदुर विषादी छिट्ने काममा छन्। अन्य जिल्लामा पनि यो संख्या उच्च छ। महिनैपिच्छे कुनै न कुनै आन्दोलन चलिरहने बगानमा मजदुर संगठनले तिनै मजदुरलाई अघि लाएर आफ्नो शक्ति देखाउँछन्। तर, मजदुरको स्वास्थ्य सुरक्षाका उपायबारे उनीहरू कुनै आवाज उठाउँदैनन्। 
विषादी छिट्ने मजदुरका लागि संक्रमणबाट जोगिन राम्रो गुणस्तरको चस्मा, नाक र मुख छोप्न मास्क, हातमा पन्जा र खुट्टामा बाक्लो प्लास्टिक जुत्ता अनिवार्य मानिन्छ। यस्ता सुरक्षा सामग्रीबेगरै काम गर्ने हुँदा बगानमै बेहोस भएर ढलेका मजदुरसमेत प्रशस्त छन्।
बिर्तामोडको गिरिबन्धु चियाबगानमा ३० वर्षदेखि काम गरिरहेका ५० वर्षीय राजन दर्जी एक वर्षअघि विषादी छिट्दाछिट्दै बेहोस भएर ढले। 'काम गर्दागर्दै भाउन्न चल्यो,' हात, अनुहार र शरीरका बाहिरी अन्य अंगसमेत विषादीमिश्रित झोलले निथ्रुक्क भिजेका बेला केही दिनअघि भेटिएका उनले भने, 'एकैचोटि अस्पतालमा ब्युँझँदा मात्रै थाहा पाएछु। साथीहरू त मलाई माया मारेको कुरा गर्थे।' 
यो घटनापछि बगानसँग मजदुरले सुरक्षा सामग्री मागे। बगानले दियो पनि। अचेल मजदुरले फेरि लाउन छाडेका छन्। बगानले पनि वास्ता गरेको छैन। टोक्ला, बर्नेजस्ता निजीकरणमा सञ्चालित ठूला बगानमा समेत मजदुरलाई असुरक्षित तरिकाले विषादी छिट्न लगाइने गरेको छ। 
स्वास्थ्यकर्मीका अनुसार चियाबगानमा कार्यरत मजदुरलाई आँखाको समस्या बढी देखिने गरेको छ। काँकडभिट्टा आँखा अस्पतालका अपरेसन म्यानेजर राजेश प्रसाईंले केही समयअघि पत्रकार सम्मेलनमा झापा र इलामका चिया मजदुरमा आँखाको समस्या बढी देखिएको र अस्पतालले उनीहरूलाई लक्ष्य गरी कार्यक्रम चलाउने बताएका थिए। उनले कारणबारे केही नबोले पनि समस्या भयावह रहेको जनाएका थिए। 
बगानमा प्रयोग हुने सबै विषादी कडा गन्ध आउने र मानव स्वास्थ्यका लागि हानिकारक छन्। झार मार्न अल्किन, टुफोटीलगायत तथा कीरा मार्न एसिफेट, अल्सुकर, एग्रोस्प्रे, जोसलगायत विषादी प्रयोग हुँदै आएका छन्।
विश्व स्वास्थ्य संगठनले प्रतिबन्ध लगाएका रातो र पहेँलो रंगका घातक विषादी पनि बगानमा निर्धक्क प्रयोग हुने गरेको छ। चियामा अनेकौं रोग लाग्ने तर सरकारले कहिल्यै प्राविधिक सहयोग नगर्ने कारण देखाउँदै चिया उत्पादक र किसानले जथाभाबी विषादी प्रयोग गर्ने गरेका छन्। यसले लगानीकर्ता फाइदामा गए पनि मजदुरलाई भने स्वास्थ्य जोखिम बढिरहेको छ। 
चिया उद्योगीहरू सुरक्षा उपाय खोज्नुभन्दा मजदुरलाई नै दोष लगाएर पन्छिन खोज्छन्। 'पहिला एकपटक समस्या आएर मजदुरलाई सुरक्षा सामान उपलब्ध गराइएको हो,' नेपाल चिया उत्पादक संघका अध्यक्ष रमेश पौडेल भन्छन्, 'मजदुरले लगाउनै गाह्रो माने। अहिले धेरैतिर यस्ता सामान नलगाई काम हुन्छ।'
उनी आफैं पनि मजदुरमा आँखाको संक्रमण बढी हुने गरेको स्विकार्छन्। अहिले विषादी प्रयोग घटेको र घातक विषादी प्रयोग हुन छाडेको उनले दाबी गरे। मजदुरहरू भने अहिले पनि आफूले पहिलदेखिकै विषादी छर्किरहेको बताउँछन्। अधिकांश मजदुरमा आँखा पोल्ने, जिउ चिलाउने र नङ कुहिने समस्या बढी छ। यस्तोमा सरकारी उपस्थिति हस्तक्षेपकारी हुनुपर्ने मजदुरको आशा छ। 
सरकारी पक्ष भने आफैं लाचार छ। 'हामीले विषादी प्रयोग नगर्न भन्दा कोही बगानवाला मान्दैनन्,' जिल्लाका एक कृषिअधिकारी भन्छन् 'त्यसैले अहिले भन्नै छाडेका छौं।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस