इटहरी—इटहरी तथा वरपरका केही होटलमा फस्टाएको यौन व्यापारबिरुद्ध प्रहरीले अप्रेसन चलाइरहेका बेला बुधबार सात जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। मानव बेचविखनको अभियोगमा प्रहरीले मुद्धा चलाएका ७ जनालाई जिल्ला अदालत सुनसरीले कारागार चलानको आदेश दिएको हो।अदालतका अतिरिक्त न्यायधीस शारदाप्रसाद कोइरालाको आदेश अनुसार इटहरी वडा नं. ८ को ओम गजलकी सञ्चालिका राधा तामाङ महर्जन, हाँसपोसाको भेटघाट होटलकी राधा आचार्य श्रेष्ठ, इटहरी वडा नंं. ५ को सपना होटलकी सपना श्रेष्ठ, हाँसपोसाको फेरि भेटौलाकी रुपा तामाङ, पकलीको सुमन फ्यामलीकी सरु (साबित्री) भण्डारी गिरी, हाँसपोसाको राहुल होटलका मनोज चौधरी र फेरी भेटौलाकी रुपा तामाङ् कारगार चलान भएका हुन्। अदालतका श्रेष्तेदार विष्णु गिरीका अनुसार प्रहरीले यौन व्यापारमा संलग्न भएकोविरुद्ध मुद्धा चलाएको शोभा दाहाल भने फरार छन् ।
इटहरी तथा वरपर होटल सञ्चालन गरी महिलालाई राखेर यौनधन्दा गराएर विकृति फैलाउनमा होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेर मुद्धा चलाएकामध्ये पहिलोपटक सबैभन्दा बढी सात जना एकै पटक कारागार चलान भएका हुन्। प्रहरीले एक बर्ष अघिदेखि यौनव्यापारबिरुद्ध अप्रेसन थाल्दै आएकोमा शुरुवातमा भने यौनधन्दामा संलग्न महिलालाई मात्र पक्राउ गरी सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाउदै आएको थियो। दर्जनौ महिलालाई प्रक्राउ गरी मुद्धा चलाए पनि यौन व्यापार नियन्त्रण हुनुको सट्टा नगर बदनाम हुदैं गएपछि प्रहरीले सञ्चालकलाई नै पक्राउ गरी मुद्धा चलाउन थालेको हो।
एक हप्ताअघि जिल्ला अदालत सुनसरीको आदेशमा एकम्बा वडा नं. ४ मा रोजनी होटल सञ्चालन गरी यौन व्यापारमा संलग्न रमा निरौला कारागार चलान भएकी थिइन्। बैसाखमा हाँसपोसा वडा नं. ८ मा सञ्चालित पुष्पाञ्जली होटलमा काम गर्ने १९ बर्षीया किशोरीले सञ्चालकले श्रीमती बनाउने भनेर यौन धन्दामा संलग्न गराउने होटल सञ्चालक प्रजल संगौलालाई र उनकी जेठी पत्नी पेमा शेर्पालाई प्रहरीले पक्राउ गरी मानव वेचबिखन तथा ओसारपसारमा मुद्धा चलाएको थियो। अदालतको आदेशमा संगौला पनि कारागार चलान भएका छन् ।
इटहरी चौरस्ताबाट बुढी खोला पूर्वसम्म, पश्चिम पकलीसम्म, दक्षिणमा खनार र उत्तरमा हलगढासम्म खुलेका क्याविन–रेष्टुरेन्टसँगै होटलका केही सञ्चालक-सञ्चालिकाले महिलालाई राखेर यौनव्यापार गदैं आएपनि पछिल्लो समय प्रहरीको अप्रेसनपछि शून्य भएको छ।