कोहलपुर– दुई दिनदेखि वेपत्ता खासकुश्मा–२ का ८४ बर्षीय जगराम कुमालको शव बुधबार फेला परेको छ। राप्ती नदीमा नुहाउने भन्दै सोमबार घरबाट निस्केका कुमालको कचनापुर–२ स्थित नदीमा शव फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
दुई दिनदेखि हराएका कुमालको खोजतलासका क्रममा प्रहरीले शव फेला पारेको हो। सोमबार बलुका ६ बजे नुहाउन भनी निस्केका उनी दुई दिनदेखि बेपत्ता थिए। नुहाउने क्रममा नदीले बगाउँदा डुवेर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ।