झापा– भारतबाट भित्रने विषादीयुक्त तरकारी राजधानीमा किनबेच गर्न प्रतिबन्ध लगाइए पनि नेपालको पूर्वी प्रवेश नाका काँकडभिट्टाबाट दैनिक ठूलो परिमाणका भारतीय तरकारी परीक्षण बेगरै भित्रिरहेका छन्। पूर्वका अधिकांश जिल्लाका बजारसम्म पुग्ने आधाभन्दा बढी तरकारीको क्वारेन्टाइन जाँच समेत हुने गरेको छैन।
प्लान्ट क्वारेन्टाइन क्षेत्रीय कार्यालय काँकडभिट्टाका अनुसार भारतबाट ट्रक तथा अन्य साधनमा बर्सेनि ठूलो परिमाणमा तरकारी आयात हुने गरेको छ । क्वारेन्टाइनले तरकारीमा रोगजन्य किरा भए –नभएको मात्रै परीक्षण गर्छ । 'हामीले विषादी छ कि छैन भन्नेर जाँच्दैनौं', कार्यालयका प्रमुख नारायणकुमार श्रेष्ठले भने 'हामीसँग त्यो प्रविधि पनि छैन।किरा छ कि छैन भन्ने मात्रै हेर्ने हो ।'
यो परीक्षण पनि आयात तथा निर्यातकर्ताले ल्याएको नमुनाबाट मात्रै परीक्षण हुने गरेको छ । कार्यालय आफैले अग्रसर भएर नमुना जाँच्दैन ।
पूर्वी नाकाबाट करेला, गोलभेंडा, बोडी, लौका, फर्सी, हरियो खुर्सानी, भण्टा, लगायत सबै जातका हरियो तरकारी आयात हुन्छ । राजधानीमा यिनै हरियो तरकारीमा अत्यधिक विषादी पाइएको थियो । 'यहाँ दैनिक भारतबाटै तरकारी ठूलो मात्रामा आउँछ', मेची उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेत भन्छन् 'तर, नजाँचीकनै आउँछ । त्यसैले जोखिम उच्च छ ।'
क्वारेन्टाइन कार्यालयका अनुसार आर्थिक वर्ष २०७०–७१ मा काँकडभिट्टा नाकाबाट मात्रै १९ हजार ७ सय ५० मेट्रिक टन तरकारी नेपाल भित्रेको छ । 'यसमा विषादी छ कि छैन भनेर जाँच्ने विधि खाद्य क्वारेन्टाइनसँग पनि छैन', प्लान्ट क्वारेन्टाइन प्रमुख श्रेष्ठ थप्छन् 'त्यसैले यहाँ विषादीको जोखिम उच्च छ ।' उनका अनुसार स्थानीय बजार लक्षित गरेर रिक्सा, साइकलमा भित्रने तरकारीको परिमाण पनि उत्तिकै छ । ती साना साधनमा दैनिक भित्रने तरकारीलाई क्यारैन्टाइन जाँचको झञ्झट छैन । सरकारले राजधानी बाहिर पनि विषादी जाँच्ने प्रबन्ध मिलाउने भनेको छ । तर, अहिलेसम्म जिल्लामा त्यसबारे कुनै पनि निर्देशन नआएको सरकारी अधिकारीहरु बताउँछन् ।