दैलेख– दैलेखको डाँडापराजुल–१ आरुखर्कमा जंगली च्याउ खाएर विरामी भएका एकै परिवारका ५ जनामध्ये ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ५ वर्षिया बालिका झरना गाहा, ७ वर्षिय विशाल गाहा र ४० वर्षिय आमा चन्द्रा गाहा रहेका छन्।
झरनाको गाँउकै स्थानीय मेडिकलमै उपचारको क्रममा आइतवार मृत्यु भएको हो भने विशालको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा सोमवार विहान मृत्यु भएको थियो। आमा चन्द्राको दैलेख अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर पुर्याइए पनि उपचारकै क्रममा मंगलबार विहान मृत्यु भएको आफन्तहरुले जानकारी दिएका छन् ।
मेडिकल कलेज कोहलपुरमा च्याउ खाएर विरामी १० वर्षिय भुपेन्द्र गाहा र ११ वर्षिय जिवन गाहाको उपचार भैरहेको आफन्त प्रेमबहादुर पुनले जानकारी दिएका छन्। मृत्यु भएकाहरुको उपचारमा ढिलाई भएका कारण भएको जनाइएको छ। आर्थिक अवस्था कमजोर भएका गाहा परिवारमा उपचार खर्च नहुँदा गाँउकै एक स्थानीय मेडिकलमा ५ दिनसम्म उपचार हुनुले पनि विष शरिरमा फैलिएर ३ जनाको मृत्यु हुन पुगेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ।