सीमामा विवादको करक युवती
१२ साउन २०७१
•
१० मिनेट पाठ
सीमामा विवादको करक युवती
दाङ— गत शुक्रवार नेपाल भारत सीमा क्षेत्र भैसाहीमा भारतीय प्रहरी र नेपाल प्रहरीबीच विवाद भयो। विवादका क्रममा भारतीय प्रहरीका जवानहरुले नेपाल प्रहरीका जवानमाथि कुटपिट गरेकोसम्म खबर आयो। भलै जिल्ला प्रहरी कार्यालयले यसलाई अस्वीकार गर्दै विवाद सामान्य भनेको छ।




स्थानीय भने उक्त नाकामा रहेको नेपाल प्रहरी चौकीका हवल्दार माथी भारतीय प्रहरी जवानबाट कुटपिट भएको दावी गर्छन्।

कुटपिटका बिषयमा प्रहरी र स्थानीयको दावी आ-आफ्नै भए पनि विवाद भने स्थानीय एक युवतीका बिषयमा भएको थियो। स्थानीयका अनुसार भैसाही नाकाकी एक युवतीलाई भारतीय प्रहरीका दुई जवानले जिस्काए। स्थानीय युवाहरुले युवती जिस्क्याएको बिरोध गरेपछि युवा र भारतीय प्रहरी जवानबीच भनाभन भयो। सोही विवाद साम्य पार्न नेपाल प्रहरी पुगे। पछि उक्त विवाद दुई देशका प्रहरीबीच भयो । जिल्ला प्रहरी कार्यालयले सामान्य विवाद भए पनि आपसी सहमतीपछि विवाद टुंग्याइएको जनाएकोछ।

यो पछिल्लो उदाहरण हो, सीमा क्षेत्रमा यस्ता विवाद पटक पटक हुने गरेका छन्। अधिकांश पटक युवतीका कारण विवाद हुने गरेको छ। नाकाबासी श्यामवहादुर झाँक्री भन्छन् 'भारतीय प्रहरीले हाम्रा चेलीवेटीलाई गिद्धे नजर लगाउँछ।' आफ्ना चेलीबेटीमाथि गलत व्यवहार हुन थालेपछि गाउँलेहरुले प्रतिवाद गर्छन्, अनि भारतीय प्रहरीले त्यही निहूँमा गाउँलेहरुलाई हेप्न थाल्छ। स्थानीयका अनुसार उनीहरुसँग प्रतिवाद गरे भारत आउजाउमा समस्या पारिदिन्छन्।

६ महिना प्रवेश निषेध


युवतीकै बिषयमा बोलेका कारण झाँक्री गत बर्ष मात्रै ६ महिनासम्म भारत पस्न पाएनन् । नेपाल भारत सीमा क्षेत्र भौवा नाकाका उनी ६ महिनासम्म भारतीय प्रहरीसँग लुकेर हिँडेको बताउँछन्। गाउँका युवतीहरुलाई भारतीय प्रहरीबाट सचेत बन्न आग्रह गरेकै कारण उनी ६ महिनासम्म भारत पस्न नपाएका हुन् ।

झाँक्रीले गाउँले युवतीहरुलाई सम्झाएको खबर ५० मिटर दक्षिणमा रहेको भारतीय प्रहरी क्याम्प सम्म पुग्यो। लगत्तै भारतीय प्रहरीले पत्र काटेर झाँक्रीलाई एक्लै हाजिर हुन भन्यो। झाँक्री डरले त्राहीत्राही भए। 'अकेले आना, किसिको भि साथमे मत लाना भनेर चिठी पठाएको थियो' झाँक्रीले भने। तर उनी भारतीय प्रहरी क्याम्पमा गएनन्। ६ महिनासम्म उनी डरले भारत पस्न समेत सकेनन्। पटक पटक भारतीय प्रहरीले पत्र काटेपछि स्थानीय विद्यालयमा छलफलको वातावरण बन्यो र त्यो छलफलमा सहमती भयो ।

'६ महिना पछि बल्ल भारत जान पाएको हुँ' झाँक्रीले भने। स्थानीयका अनुसार बेला बेलामा भारतीय प्रहरीहरुबाट सीमा क्षेत्रका नेपाली चेलीहरुले सास्ती खेप्दै आएका छन्। गतवर्ष युवतीसँग जोडिएको अर्को घटनाले नाकाबासीहरुलाई भारतबाट सामान खरिदमै समस्या निम्तायो। गाउँकी एक युवतीलाई भारतीय प्रहरी जवानले लगातार जिस्काएर तनाव दिएपछि ती युवतिले गाउँलेहरुलाई भनिन्। गाउँलेहरुले भारतीय प्रहरीमा उजुरी गरे। उजुरी पछि भारतीय प्रहरीले भारतबाट सामान ल्याउन समस्या खडा गरिदियो। स्थानीय शान्तकुमार बुढा भन्छन् 'त्यो घटनापछि जम्मा पाँच किलो चामल मात्रै ल्याउन दिन्थ्यो ।' पछि गाउँलेहरुले पुनः माथिल्लो निकायसम्म गुनासो गरेपछि भारत आवतजावत सहत भयो।

युवती खोज्दै घर घरमा भारतीय प्रहरी


युवतीहरुलाई जिस्काउने, नेपाली भूभागका घर घरमा खोज्दै जाने प्रवृत्ति भारतीय प्रहरीमा पटक पटक देखिने गरेको स्थानीयको भनाइ छ। 'गाउँका कोई युवतीलाई कतै एकचोटी देखेपछि घर सोध्दै गाउँसम्म पुग्छन्,'झाँक्री भन्छन् 'घरमै भारतीय प्रहरी आएर सोध्न थालेपछि तनाव थपिन्छ।'

केही महिना अघि मात्रै भौवा नाकाकी एक विवाहीता महिलालाई भारतीय प्रहरी जवानले भगाएपछि विवाद अझ चुलियो। गाउँलेहरुकै दवावका कारण भारतीय प्रहरीले ती महिलालाई फिर्ता ल्याए।

गाउँलेहरुका अनुसार भारतीय प्रहरीले भारत आउजाउ गर्दा नेपाली चेलीहरुलाई अझ बढी तनाव हुने गर्छ। सीमा क्षेत्रमा चेकजाँचका क्रममा भारतीय पुरुष प्रहरीले नेपाली चेलीहरुको शरीर छामछुम पारेर दुख दिने गरेको झाँक्री बताउँछन् ।

भारतीय प्रहरीबाट अपहेलित भएको जनाउने नाकाबासीहरुले आँफूमाथि भएको अन्याय बारे जानकारी गराउने भरपर्दो निकाय नभएको गुनासो गर्छन्। 'सीमामा खटिएका नेपाली प्रहरीलाई खवर गरे पनि उनीहरुको संख्या न्यून रहने भएका कारण केही गर्न सक्दैनन्' स्थानीय बुढा भन्छन् 'भारतीय प्रहरीलाई यसो गर्नु राम्रो भएन भनेर भन्ने हो भने उल्टै निशानामा पार्छन्।'

निगरानीमा युवती


भारतीय प्रहरीले गाउँले चेलीमाथि नकारात्मक दृष्टि लगाउन थालेपछि नाकाबासीहरुले गाउँले युवतीमाथि निगरानी बढाउने गरेका छन्। गाउँमा गठित आमा समुहका प्रतिनिधिले गाउँले युवतीको बारेमा निगरानी बढाउने गरेका हुन्। भारत आउजाउका क्रममा भारतीय प्रहरीसँग हिँडेको वा नजिकिएको थाहा पाएपछि यो समुहले त्यस्ता युवतीलाई सार्वजनिक रुपमै कारवाही गर्ने गर्दछ। मुख्यतः भारतीय प्रहरीले सुविधाका नाममा सीमा वारपारका क्रममा नेपाली युवतीहरुलाई यातायातका साधन चढाउने र त्यति बेलैदेखि नेपाली युवती माथी गलतनजर लगाउने गरेको स्थानीय बताउँछन् ।

आमा समुहले भारतीय प्रहरीको सवारी साधनमा चढे मात्रै पनि गाउँले युवतीलाई कारवाही गर्ने नियम बनाएको छ । 'उनीहरुको गाडीमा चढेको थाहा भयो भने त्यस्ता केटी वा महिलाहरुलाई उठ्बस गराउने लगायतका कारवाही गरिन्छ',झाँक्र्री भन्छन् ।

विवाहमा भारतीय प्रहरीलाई निम्तो



सीमा क्षेत्रका बासिन्दाहरुले कुनै औैपचारिक कार्यक्रम गर्दा भारतीय प्रहरीलाई अनिवार्य निम्तो गर्नुपर्छ। यस्ता औपचारिक कार्यक्रम मात्रै नभई विवाह, भोज वा कुनै पनि उत्सव मनाउँदा पनि भारतीय प्रहरीलाई निम्तो गर्नैपर्छ। गाउँलेहरु भन्छन् 'नत्र कार्यक्रम सफल हुन्न।'

हरेक कार्यक्रमका लागि सामान खरिद गर्न सीमा क्षेत्रका नेपालीहरुलाई पारि पुग्नु पर्छ। निम्तो नपाएको खण्डमा भारतीय प्रहरीले सामान ल्याउन अवरोध गर्दछ। 'सुरुमा निम्तो दिन्छौँ, अनि मात्रै सामान लिन जान्छौँ'श्यामवहादुर झाँक्री भन्छन् 'चाहे विवाह होओस्, चाहे जन्म दिन मनाउनु पर्दा होओस् निम्तो कार्ड पठाउनै पर्छ ।'

सीमा क्षेत्रमा भारतीय प्रहरीका जवानहरुको व्यक्तिगत आचरणका कारण नेपाल प्रहरीमाथि नै हेपाहा व्यवहार हुने गरेको स्रोतको दावी छ । समग्र भारतीय प्रहरी बल लाईनै यसको दोष दिन नमिल्ने बताउँदै प्रहरी स्रोतले भन्यो, 'भारतीय चौकी प्रमुखहरुसँग नेपाल प्रहरीको कुनै गुनासो छैन।'

एसपी शरदकुमार खत्री पनि माथिल्लो तहमा केही समस्या नभएको बताउँछन्। 'अहिलेसम्म त्यस्तो ठूलो विवाद केही भएको छैन', उनले भने। शुक्रबारको सामान्‍य भएको उनले बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस