काठमाडौं— ढाकाबाट काठमाडौं आएको विमान बंगलादेशको एउटा जहाजको टायर त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पङ्चर भएको छ। धावनमार्गमा कुदिरहँदा बायाँपट्टिका दुईवटै टायर पङ्चर भएका हुन्।विमानस्थल स्रोतका अनुसार दिउसो साढे २ बजे सो घटना भएको हो। घटनामा कुनै मानवीय क्षति भएको छैन।
जहाज धावनमार्गमा कुदिरहँदा टायरमा आगो देखिएको थियो। त्यस लगत्तै विमानलाई 'रनवे'बाट ट्याक्सी वेमा ल्याइएको थियो। त्यस बेलासम्म जहाजको टायरबाट धुँवा निस्किरहेकाले सम्भावित आगलागी नियन्त्रणका लागि ३ दमकल तैनाथ गरिएको थियो।
घटनापछि विमान बंगलादेशको सो जहाज त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ। नयाँ टायर बंगलादेशबाट ल्याएपछि मात्र भोलिबाट जहाज उड्ने स्रोतले बतायो।