भैरहवा— जिल्लामा थुप्रै बिद्यालय बिना दर्ता र शैक्षिक मापदण्ड पूरा नगरी संचालनमा रहे पनि जिल्ला शिक्षा कार्यालय रुपन्देहीले अनुगमन र कारबाही गर्ने चासो नदेखाएपछि त्यसको छानबिन अख्तियारले गर्ने भएको छ। पहिलो चरणमा अख्तियारले जिल्ला शिक्षा कार्यालयसँग जिल्लामा सञ्चालित अवैध बिद्यालयहरुको बिबरण माग गरेको हो।
जिल्लाका अवैध तथा मापदण्ड पुरा नगरेका बिद्यालय र तीनका सञ्चालक सहितको सबै बिबरण खुलाएर पठाउन अख्तियारले शिक्षालाइ पत्र पठाएको छ।
बर्षौदेखि बिना दर्ता तथा न्युनतम मापदण्ड समेत पुरा नगरी बिद्यालय संचालन भइरहेको, प्राविको अनुमती लिएर माविका कक्षा संचालन गरेको भन्ने उजुरीहरु परेकाले छानबिनका लागि शिक्षासंग बिबरण मागिएको अख्तियारको बुटवल सम्पर्क कार्यालयका प्रमुख निराजन घिमिरेले बताए। त्यस्तै मापदण्ड पुरा नगरेका र अवैध रुपमा संचालित भैरहवा–बेलहिया स्थित हरितालिका ट्वीङ्कल इङ्गलिस बोर्डिङ्ग स्कुल,मर्चवारको सनग्रेस इङ्लिस बोर्डिङ्ग स्कुल, लुम्बिनीको गार्नेट इङ्गलिस बोर्डिङ्ग र सूर्यपुराको सिद्धार्थ प्रतिभा बोर्डिङ्ग स्कुलको यथार्त बिबरण पठाउन पनि अख्तियारले शिक्षा कार्यालयलाइ पत्राचार गरेको छ।
ती स्कुलका बिरुद्ध अख्तियारमा उजुरी परेकाले अनुगमन गरी बास्तविक बिबरण पठाउन अख्तियार बुटवल सम्पर्क कार्यालयले लिखीत पत्र पठाएको रुपन्देहीका सहायक जिल्ला शिक्षा अधिकारी गंगाराम आर्चायले बताए । अख्तियारको पत्र पाए लगत्तै ती बिद्यालयका बारेमा आवश्यक छानबिनको प्रकृया अगाडी बढाइएको सहायक जिसिअ आर्चायले जानकारी दिए । प्याब्सन तथा एन प्याब्सनका अनुसार रुपन्देहीमा करिब ८० वटा बिद्यालय अवैध छन् । तीमध्ये आधाले प्राथमिक तहको अनुमती लिएर माविका कक्षा चलाइ रहेका छन । आधा भन्दा बढी त दर्ता नै छैनन । तर शिक्षा कार्यालयले भने त्यस्ता बिद्यालयलाइ अनुगमन तथा कारबाहीको ठोस प्रक्रिया अगाडी बढाउन सकेको छैन ।
न्युनतम मापदण्ड पुरा नगरेका वा अबैध रुपमा संचालन भइरहेका बिद्यालयको अनुगमन निरीक्षण तथा कारबाहीमा जिल्ला शिक्षा कार्यालय उदासिन देखिएको भन्ने उजुरी परेपछि अख्तियारले सबै श्रोत केन्द्र अन्तरर्गतका बिद्यालयहरुको आवश्यक बिबरण पठाउन माग गरेको अख्तियारका घिमिरेले बताए । त्यस्तै अवैध स्कुल संचालन तथा बिद्यालयमा हुने आर्थिक हिनामिनाका घटनामा बिद्यालय निरीक्षक तथा श्रोत व्यक्तिकै मिलेमतो हुने गरेका उजुरी समेत परेकाले तीनका बारेमा पनि आवश्यक बिबरण माग गरीएको अख्तियारका घिमिरेले बताए । बिबरण माग सगै आवश्यक छानबिन तथा अनुशन्धान सुरु गरीने उनको भनाइ छ ।
'जिल्लामा संचालित शैक्षिक संस्थाहरुलाइ नियमन गर्ने पहिलो दायित्व शिक्षा कार्यालयको हो त्यसैले प्रारम्भिक चरणमा शिक्षासंगै सो का बारेमा जानकारी मागेका छौं' घिमिरेले भने 'दोश्रो चरणमा अवश्यक छानबिन थाल्ने छौं' । अख्तियारको बुटवल सम्पक केन्द्रमा हाल सम्म लुम्बिनी अंचलका बिभिन्न जिल्लाबाट १ सय १३ उजुरी दर्ता भएका छन । ती मध्ये करिब ७० वटा मुद्या शिक्षा सम्बन्धी छन । शिक्षा सम्बन्धि परेका उजुरीमा अवैध तथा मापदण्ड बिनै बिद्यालय संचालन, बिद्यालय व्यवस्थापन, श्रोत व्यक्ति तथा बिद्यालय निरीक्षकको मिलेमतोमा आर्थिक हिनामिना,बिद्यार्थी हाजिरी धेरै देखाएर आर्थिक चलखेल गर्ने, शिक्षक अनुपस्थित जस्ता बिषयमा धेरै उजुरी परेको कार्यालयले जनाएको छ ।
रुपन्देहीका सहायक जिशिअ आचार्यले अख्तियारले माग गरे अनुसार सम्बन्धित बिद्यालयको अनुगमन निरीक्षण तथा बिबरण संकलन गर्ने काम भइरहेको जानकारी दिए। प्रारम्भिक चरणमा अनुगमन निरीक्षण गर्ने र मापदण्ड पुरा नगरेका र अवैध स्कुललाइ जिल्ला तहबाट गर्न सक्ने कारबाही गर्ने अन्यथा केन्द्रमा कारबाहीका लागि सिफारिस गरीने आर्चायले बताए।