इटहरी-सरकारले साउन १ गतेदेखि चुरेक्षेत्रमा ढुंगागिट्टी र बालुवा उत्खनन निषेध गरे पनि मोरङ र सुनसरीका क्रसर व्यवसायीले अटेर गरेको भन्दै ट्र्याक्टर व्यवसायीले आन्दोलन चर्काउने चेतावनी दिएका छन्।
क्रसर व्यवसायीले अनधिकृत उत्खनन र निकासी कायम राखेको भन्दै उनीहरूले बिहीबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरीको बुढीखोलाछेउ आधा घन्टा चक्काजाम गरे। सरकारले 'चुरे वातावरण संरक्षण क्षेत्र' घोषणा गरी साउन १ देखि ढुंगागिट्टी उत्खनन तथा विदेश निकासी निषेध गरेको छ।
'सुनसरी–मोरङमा सञ्चालित क्रसर व्यवसायीले अहिले पनि ढुंगागिट्टी निकासी गरिरहेका छन्,' कोसी ट्र्याक्टर व्यवसायी संघ इटहरीका महासचिव शिवराज दाहालले भने, 'निकासी गर्न दिइने हो भने सबैलाई खुला गर्नुपर्योघ, नत्र सबैलाई बन्दै गर्नुपर्छ।' उनका अनुसार स्थानीय प्रशासनले तत्काल क्रसर व्यवसायीलाई निकासी रोक नलगाए ट्र्याक्टर व्यवसायी संघ चरणबद्ध आन्दोलनमा उत्रनेछ।
क्रसर व्यवसायी अहिले पनि अनधिकृत रूपमा ढुंगागिट्टी उत्खनन गरी स्टक सामग्री भन्दै धमाधम निकासी गरिरहेका छन्। 'क्रसर व्यवसायीले मनोमानी ढंगले उत्खनन गरिरहेकै छन्,' महासचिव दाहालले भने, 'हामीलाई मात्रै निकासीमा पूरै निषेध लगाइएको छ।'
ट्र्याक्टर व्यवसायी संघ कोसीका अध्यक्ष दीपक ढकालका अनुसार क्रसर व्यवसायीले मनोमानी ढंगले उत्खनन गरी ढुंगागिट्टी भारत पुर्यायइरहेकै छन्। तर, स्थानीय प्रशासन मौन छ। 'चुरेक्षेत्रको पाँच किलोमिटरभित्रै हेभी इक्विपमेन्ट प्रयोग गरेर क्रसरले बस्ती जोखिममा पारेका छन्। हामीले चाहिँ बेल्चामार्फत हातले उठाउँदा पनि रोक लगाइन्छ,' उनले भने, 'मोरङका सिडिओ र एलडिओकै मिलेमतोमा क्रसर व्यवसायीले निर्बाध निकासी गरिरहेछन्।'
मोरङ–सुनसरीमा १२ वटा क्रसर उद्योगमध्ये अहिले सातवटा सञ्चालनमा छन्। यिनमा मोरङका ६ र सुनसरीको एउटा छ। यी सबैले मापदण्डविपरीत एक्स्काभेटर प्रयोग गरी नदी तथा चुरेक्षेत्र उत्खनन गरेका छन्। 'कसैले छ महिना, कसैले एक वर्षसम्म पुग्ने स्टक राखेका छन्, तिनीहरुलाई किन प्रशासनले केही गर्दैन,' ट्र्याक्टर व्यवसायी गणेश गौतमले भने।
क्रसर व्यवसायीले ढुंगागिट्टी निकासी नरोकेपछि पथरी क्षेत्रमा भने ट्र्याक्टर व्यवसायीले टिपर छिर्नै रोक लगाउन थालेका छन्। बिहीबार उनीहरू केही घन्टा टिपर बाटैमा रोकिदिएका थिए। मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले क्रसर व्यवसायीलाई स्टक सामान मात्र निकासी गर्न दिएको बताउँछन्। 'क्रसर व्यवसायीले स्टक गरेको सामान उसकै सम्पत्ति हो,' उनले भने, 'अहिले क्रसरले उत्खनन गरेका छैनन्। कसैलाई खोला तथा चुरे छिर्न दिइएको छैन। तर, स्टक सामान रोक्न त सकिँदैन।'