काठमाडौं- काठमाडौं महानगरपालिका राजस्व असुली एक सय दुइ प्रतिशतले बृद्धि भएको छ। आर्थिक वर्ष २०७१/७२ को बजेट सार्वजनिक गर्ने क्रममा राजस्व असुलीमा अनुमान गरेभन्दा दश प्रतिशत बढी देखिएको हो।लामो समय बक्यौता करहरु उठाउँदै जान लागेपछि कर बढी उठेको महानगरपालिका राजस्व महाशाखा प्रमुख महेश काफ्लेले बताए। उनका अनुसार घरजग्गा कर र घरबहाल लामो समयदेखि बक्यौता बुझन थालेपछि यस्तो अवस्था आएको हो।
घरजग्गा कर २०४९/५० र बहाल कर २०५६ देखिको बक्यौता उठन थालेपछि यस्तो नतिजा देखिएको हो। …अघिल्लो करमा सामेल भएको होडिङबोर्ड र सशुल्क पार्किङ हटाएपछि यी दुइबाट पनि आम्दानी छैन,' उनले भने, …तर पनि अहिलेको अवस्थालाई हेर्दा निकै राम्रो भएको छ।'
कर बृद्धि हुनुमा महानगरपालिका भित्र करदाता सहयोगी कक्ष स्थापना, बक्यौता बाँकी रहेका ठूला करदातालाई चालू आर्थिक वर्षको पुस मसान्तसम्म जरिवाना छुट, त्यस्तै असोजसम्म तिर्नेलाई कर रकमको १० प्रतिशत छुट दिने लगायतका योजना प्रभावकारी बनेको उनले जनाए।
कर तिर्ने बानीको अझै पनि विकास नभइसकेका कारण पनि कतिपय यसतर्फ ध्यान नदिएका हुन सक्ने काफ्लेले बताए। चालू आर्थिक वर्षको कूल राजस्व आम्दानीमा आन्तरिक आयबाट १ अर्व २८ करोड ६३ लाख अनुमान गरिएकोमा १ अर्व ९ करोड ६१ लाख ४३ हजार रूपैयाँ राजस्व सङ्कलन भएको छ।
…आर्थिक वर्ष २०६९/७० मा ९२ प्रतिशत प्रगति हासिल भएकोमा चालू आर्थिक वर्ष २०७०/७१ को प्रथम एघार महिनामा यो प्रगति प्रतिशत १०२ पुगेको छ,' महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठले भने, …यसबाट महानगरपालिकाको राजस्व परिचालन क्षमता अभिवृद्धि भएको छ।'
महानगरपालिकाले २४ औं नगर परिषद्ले सोमबार नयाँ आर्थिक वर्षका लागि ३ अर्ब १४ करोड ६३ लाख ५ हजार रुपैया विनियोजन गरेको थियो। चालू आर्थिक वर्षमा विनियोजित २ अर्व ६३ करोड ८ लाख रुपैयामध्ये एघार महिनासम्ममा १ अर्व २९ करोड ९० लाख ५६ हजार रुपैया खर्च भैसकेको श्रेष्ठले बताए।
२३ औं नगरपरिषद्ले कूल ३ अर्व १४ करोड ६३ लाख ५ हजार रूपैयाँ बजेट विनियोजन गरे पनि सार्क सम्मेलन तयारीका लागि नयाँ कार्यक्रम थपिएपछि ३ अर्व ९८ करोड ३५ लाख ३७ हजार रूपैयाँ बजेट प्रस्ताव गरेको उनले जानकारी दिए।
उज्यालो काठमाडौं (सौर्य ऊर्जाबाट सडक बत्ती बाल्ने) कार्यक्रम, हरियाली प्रवर्द्धन कार्यक्रम, फोहोर सङ्कलन प्रणालीमा सुधार गरी शहरी सरसफाइमा प्रभावकारिता ल्याउने कार्य बजेटको प्रथामिकतामा परेको उनले जानकारी दिए। भौतिक पूर्वाधारको नियमित मर्मत सम्भारमा थप प्रभावकारिता, महानगरपालिका प्रशासन तथा सेवाप्रवाहलाई पारदर्शी र जनमैत्रीयुक्त बनाउन बजेट केन्द्रीत रहेको उनले जनाए।
महानगरपालिका सहरी योजना आयोग सचिवालय प्रमुख बिमल रिजालले सार्क सम्मेलनका लागि आवश्यक भौतिक पूर्वाधारहरूको मर्मतसम्भार, सुधार तथा निर्माण, सरसफाइ र शहरी सौन्दर्यीकरणमा सघाउ पुग्ने गरी कार्यक्रम रहेको बताए।
२३ औं नगरपरिषदले योजना बनाएको भन्दा करिब ८५ करोड रुपैया बढी रकम उठाउँदा सहरलाई हरियाली र सौर्य उर्जा मैत्री बनाइने योजना रहेको रिमालले बताए। …हाम्रा साँघुरा सडक फराकिला भएका छन्। सडकमा बढी भन्दा बढी सवारी गुड्दा तीनबाट उत्पादित धुलोधुवा सोस्नका लागि बढीभन्दा बढी रुख रोप्नुपर्छ,' उनले भने, …कुनै समुदायले आफ्नो क्षेत्रमा सडक बत्ती राख्न चाहन्छ भने महानगरपालिकाले अनुदान पनि दिन्छ।'