झापा- मेचीनगर– १ की रविना दनुवारले सरकारी स्वास्थ्य प्रतिष्ठानमा प्रसूति गराए सरकारबाट भत्ता पाइने सूचना रेडियोमा सुनेकी थिइन्। उनले धुलाबारी प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा चारपटक गर्भवती जाँच गराइन्। र, बच्चा पनि त्यहीँ जन्माइन्।'जब प्रसूति भयो, उनले रेडियोमा सुनेभन्दा ठिक उल्टो स्थिति सामना गर्नुपर्योग। प्रसूतिपछि उनले ९ सय रुपैयाँ सरकारी भत्ता पाइन्, जबकि अस्पतालका कर्मचारीलाई उल्टो हजार रुपैयाँ तिर्नुपर्योो।
नगरकै सबैभन्दा पिछडिएको क्षेत्र मानिने दनुवार बस्तीकी यी सोझी महिलासँग त्यहाँका कर्मचारीले सुत्केरी गराएको भन्दै २ हजार रुपैयाँ मागेछन्। 'नानी भएकोमा हामीलाई २ हजार त दिनैपर्छ,' कर्मचारीले कर गरेको सम्झँदै भनिन्, 'मसँग त्यति पैसा कहाँ पाएर हुनु, बल्लतल्ल खोजखाज गरेर हजार रुपैयाँचाहिँ दिएँ।'
सरकारी स्वास्थ्य प्रतिष्ठानमा नियमित परीक्षण गराई त्यही केन्द्रमा प्रसूति गराए भत्ता दिने सूचना सरकारले जारी गरिरहन्छ। नियमअनुसार चारपटक जाँच गराएको यातायात भत्ता र प्रसूति गरेको एकमुष्ठ ९ सय रुपैयाँ सुत्केरी महिलाले पाउने व्यवस्था छ। त्यही सुनेर सरकारी स्वास्थ्य प्रतिष्ठान धाउने महिला बढेको तथ्यांक पनि सार्वजनिक भइरहन्छ। तर, सरकारी नीतिको खिल्ली उडाउँदै स्वास्थ्य कर्मचारीले उल्टै सर्वसाधारणसँग पैसा असुल्ने गर्छन्। धेरै सुत्केरी महिलाले सरकारबाट पाएभन्दा बढी रकम स्वास्थ्य प्रतिष्ठानका कर्मचारीलाई बुझाउनुपरेको छ।
यसरी कर्मचारीलाई पैसा बुझाउने महिला झापामा धेरै छन्। मेचीनगर–२ की २२ वर्षीया फूलकुमारी राजवंशीले सुत्केरी गराएबापत एक हजार दिइन्। सोही ठाउँकी अर्की २२ वर्षीया बबिता धिमालले १ हजार ५ सय दिएकी थिइन्। उनीहरू दुवैले सरकारबाट प्राप्त गरेको रकम जम्मा ९ सय मात्रै हो।
जिल्लामा रहेका सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा गर्भवती महिलाको स्वास्थ्य जाँच र सुत्केरी गराउँदा उल्टै पैसा लिने गरेको एक अध्ययनले पनि देखाएको छ। सरकारी स्वास्थ्य संस्थामा प्रसूति गराउँदा बिरामीलाई सरकारले नगद प्रोत्साहनबापत भत्ता दिन थालेको हो। धुलाबारी, हल्दिबारी, तोपगाछी र खजुरगाछी स्वास्थ्य केन्द्रमा हालै गरिएको अध्ययनबाट भने भत्ताभन्दा बढी रकम उल्टै तिर्नुपर्ने स्थिति रहेको पाइएको छ। सामुदायिक विकास मञ्चले जनस्वास्थ्य कार्यालय भद्रपुरको सहकार्यमा जिल्लाका ती ४ वटा स्वास्थ्य केन्द्रमा गरेको सामाजिक परीक्षण रिपोर्टमा यो तथ्य उल्लेख छ।
सुत्केरीले पाउनुपर्ने अन्य सुविधामा झोला, कपडालगायत सामग्री पनि नपाएको उनीहरूको गुनासो थियो। 'सुत्केरी भत्ता पाएँ, तर चारपटक जाँच गरेको पैसा पाइनँ,' मेचीनगर–१ कै दनुवार बस्तीकी १९ वर्षीया मञ्जु दनुवार भन्छिन्, 'उल्टै दुःख–सुख गरेर ३–४ सय भेला पारेर नर्सहरूलाई दिएँ।'
केन्द्रबाट प्रसूति सेवा लिएका धेरैले भत्ता पाएका छैनन्। स्वास्थ्य केन्द्रका प्रमुख डा. राजु सेढाई भने सुत्केरी भत्ताको बजेट आउन ढिलाइ भएकाले यस्तो समस्या आएको बताउँछन्। 'कर्मचारीले पैसा मागेको भेटिए कारबाही गरिनेछ,' उनले नागरिकसँग भने।
सरकारी नियमअनुसार एकजना गर्भवतीले ४ महिना, ६ महिना, ८ महिना र ९ महिनामा गरी चारपटक स्वास्थ्य जाँच गराउनुपर्छ। त्यसबापत सरकारले यातायात खर्च भन्दै ४ सय रुपैयाँ र सुत्केरी गराउँदा ५ सय दिने व्यवस्था छ। गर्भवती महिलाको जाँच, सुत्केरी गराउँदा र अस्पतालमा बस्दाको खर्च लाग्दैन।
हल्दिबारी स्वास्थ्य केन्द्रमा गर्भवती जाँच मात्र हुन्छ। सुत्केरी गराउन मेची अञ्चल अस्पताल जानुपर्छ। त्यहाँ पनि सुत्केरी भत्ता कमैले पाउने गरेका छन्। गत साउनदेखि जेठसम्म उक्त अस्पतालमा १ हजार १ सय ८१ जनाले प्रसूति गराएका छन्। त्यसमध्ये ६० जनाले मात्र सुत्केरी भत्ता पाएको अस्पतालको तथ्यांकमा उल्लेख छ। तोपगाछी र खजुरगाछीका गर्भवती महिलाले पनि सरकारी सुविधा नपाएको सामाजिक परीक्षण रिपोर्टमा उल्लेख छ।
यी स्वास्थ्य केन्द्रमा पिउने पानी, बेड र औषधि अभाव भएको सामाजिक परीक्षण रिपोर्टमा उल्लेख छ। बिरामीलाई बेडको अभावमा डेस्क बेन्चमा सुताएरै स्लाइन दिने गरेको, फोहोरको व्यवस्थापन नभएको, अस्पतालमा स्वास्थ्यकर्मी नभेटिने गरेको, अस्पतालका चिकित्सकले नै चिनेजानेका बाहिरका मेडिकलमा बिरामीलाई पठाउने गरेकोलगायत विषयमा जनगुनासो रहेको सामाजिक परीक्षण रिपोर्टमा उल्लेख छ।
सामाजिक परीक्षणमा सहभागी सामुदायिक विकास मञ्चका अध्यक्ष सोमराज ढकालले स्वास्थ्य केन्द्रमा यो समस्या भयावह देखिएको बताए। सुत्केरी भत्ता अनियमितताबारे जनस्वास्थ्य कार्यालयका प्रमुख चन्द्रदेव मेहताले पनि अनभिज्ञता प्रकट गरे। 'स्वास्थ्य केन्द्रका समस्या धेरै आएको छ, सुधार गरेर लानुपर्नेछ,' उनले भने, 'कोही गर्भवती महिलालाई दिने सरकारी सुविधा नदिएको फेला परे कारबाही गर्छौं।