एउटै गाउँलाई पाँच सडक
२७ असार २०७१
•
३ मिनेट पाठ
एउटै गाउँलाई पाँच सडक
डडेल्धुरा- सानो गाउँ, जम्मा २० परिवारको बसोबास। विकासका नाममा राष्ट्रिय ढुकुटी रित्याउन पल्केकालाई भने यही सानो गाउँ दुहुनो गाई भएको छ। अमरगढी नगरपालिकाको चिरकट्टे गाउँमा कमिसनकै निम्ति पाँच–पाँचवटा सडक निर्माण योजना बनाएर पाँच वर्षदेखि बजेट झ्वाम पारिँदै आएको खुलेको छ। जिविस र सडक डिभिजन कार्यालयले विभिन्न नाममा बजेट खर्चिरहेका छन्। शीर्ष गोगन–चिरकट्टेे, कञ्चनपुरको ब्रह्मदेव–चिरकट्टे, आलिताल–चिरकट्टे र अमरगढी–आइत–चिरकट्टे नामका पाँचवटा निर्माणाधीन सडकमा लाखौं अनियमितता भएको स्थानीयको आशंका छ।
'एउटै गाउँलाई आधा दर्जन सडकका नामबाट अनियमितता भइरहेको बुझिन्छ,' नागरिक समाज डडेल्धुराका सचिव रमेश जोशीले नागरिकसँग भने, '२० परिवार बस्ने ठाउँलाई पाँचवटा सडक किन बनिरहेछन्? यसैले आशंका बढाएको छ।' 
सडक डिभिजन कार्यालय कुलपातेले चिरकट्टेमा पाँचवटा सडकका लागि बजेट खर्चिइरहेको छ। शीर्षबाट चिरकट्टे डेढ सय किमि दुरीमा छ। बर्सेनि बजेट खर्चिए पनि ५ वर्षदेखि निर्माणाधीन सडकको काम भने ३ किमि मात्र सकिएको छ। चालु आवमा सडक डिभिजनले यी सडकका लागि ५० लाखभन्दा बढी खर्चिएको देखाएको छ। 
'प्रत्येक वर्ष एउटै ठेकेदारले ती सडक निर्माणको काम पाउँछन्,' स्थानीय सुरेन्द्र बोहराले भने, 'सानो काम देखाएर ठूलो रकम खर्च भइरहेको छ।' एउटा सडक मात्रै आवश्यक रहेको ठाउँमा पाँचतिरबाट योजना सञ्चालन गर्नुले अनियमितता नै भएको उनको ठोकुवा छ।
एउटा सडकमा बर्सेनि १०/१५ लाखभन्दा बढी रकम पठाइएको देखाइन्छ। वनै वनबाट लैजाने नक्सांकन गरिएका यी सडकले मानव बस्तीसँगै कुनै सरोकार राख्दैनन्। डिभिजन कार्यालय र केही ठेकेदारको मिलेमतोमा कमिसनकै लागि बजेट निकासा गराइएको स्रोत बताउँछ।
भित्री मधेस क्षेत्रबाट ल्याइने सडकका अधिकांश भाग जंगलमै पर्छ भने सदरमुकामबाट ल्याइने भनिएको सडक पनि जंगलबीचबाट अघि बढ्नेछ। कांग्रेस जिल्ला उपसभापति कैलाशकुमार पाण्डे आर्थिक अनियमिता भएको ठोकुवा गर्दै भन्छन्, 'नत्र यति सानो गाउँमा किन पाँचपाँचवटा सडक चाहियो?' 
सडक डिभिजन कार्यालयका प्रमुख विजय महतोले भने स्थानीयको मागअनुसार नै ती सडक योजना अघि बढेको दाबी गरे। 'सबै सडकमा राम्रो काम भएको छ,' उनले भने, 'कुनै अनियमितता भएको छैन।'
अर्को समाचार
तीन दशकपछि कालोपत्रे हुँदै राँके–भेडेटार सडक
१९ पौष २०७५
•
४ मिनेट पाठ
तीन दशकपछि कालोपत्रे हुँदै राँके–भेडेटार सडक
राँके–भेडेटार सडकमा पर्ने रविबजार । तस्बिरः गिरिराज/नागरिक
पाँचथर – धनकुटा, पाँचथर र इलामका विभिन्न गाउँलाई छुने बहुप्रतिक्षित राँके–भेडटार सडक कालोपत्रे हुने भएको छ। भारतको एक्जीन बैक अफ इण्डीयाको ऋण सहयोगमा कालोपत्रे  गर्नका लागि ठेक्का सम्झौता भइ पक्रिया अघि बढेको हो। सडक निर्माण भएको तीन दशकपछि कालोपत्रे हुने भएपछि स्थानीय हर्षीत भएका छन्।

कृषि, पर्यटन तथा ग्रामीण जनजिवनमा महत्व राख्ने उक्त सडक कालोपत्रे गर्नका लागि ठेकेदार कम्पनीले कार्यालय स्थापना गरी काम अघि बढाउन थालेको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिकाको केन्द्र रवि बजारमा शुक्रबार कालोपत्रे गर्ने कामको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम छ।

वि.स २०४६ सालमा सडक पुगेको रविमा यतिबेला सडक कालोपत्रेको शिलान्यासका लागि तयारी तीव्र बनाइएको छ। यो क्षेत्रका बासिन्दाको जनजिवनमा ठुलो परिवर्तन गराउने राँके–भेडटार सडक कालोपत्रे थालनी हुने भएपछि जिल्लाबासीमानै खुसी छाएको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले जानकारी दिए। ओलीसँग अन्य मन्त्री र प्रदेश १ का मुख्यमन्त्री लगायतका नेताहरु रवि आउने कार्यक्रम छ। धनकुटाको भेडेटारदेखि पाँचथरको राँकेसम्म १ सय किलोमिटर सडक कालोपत्रे हुने भएको हो।

नोभेम्बरमा ठेक्का सम्झौंता भइसकेको सडक सुधार तथा विकास आयोजनाका प्रमुख श्रीबाबु ढकालले जानकारी दिए। ३६ महिनाभित्रमा कालोपत्रे सक्ने गरी ठेक्का  सम्झौंता भएको ढकालले जानकारी दिए। उनका अनुसार भारतीय ठेकेदार कम्पनी एफको इन्फ्राको प्रालीसँग ठेक्का सम्झौता भएको छ। भ्याट तथा नेपालमा लाग्ने करको लागत नेपाल सरकारले व्यहोर्नुपर्ने छ। कुल लागतको १३ प्रतिशत नेपाल सरकारको हुने ढकालले जानकारी दिए।

‘शिलान्यास भएपछि काम तीब्रगतिमा अघि बढ्ने छ। यो सडकले सो क्षेत्रका बासिन्दालाई राहत पुग्छ’ प्रमुख ढकालले बुधवार नागरिकसँग भने, ‘९ मिटर चौडा भएको सडक बन्ने छ।’ यो बाटो मुलत पर्यटकीय मार्ग हो। उच्च हिमाली श्रृखंला र तराइको रमणीय फाट देखिने यस्तो किसिमको पर्यटकिय सडक सायदै नहोलान् नेपालमा’ १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो ‘मौसम’ ले भने, ‘यो राजमार्गले पाँचथर, इलाम, मोरङ, धनकुटालाई तराई र पूर्वका मुख्य बजार जोड्छ। यो क्षेत्र कृषी उत्पादन र फलफूल उत्पादनको प्रमुख केन्द्र हो।

उत्पादनलाइ मुख्य बजारसम्म पुर्याउदा यहाँकोे जिबनस्तर छिटो माथि उक्सिने देखिन्छ। यो क्षेत्रको आर्थिक विकासको मुख्य मेरुदण्ड नै यो सडक नै हो।’ सडक धनकुटाको भेडेटारदेखि पाँचथर र इलामको सिमाना राँकेमा रहेको मेची राजमार्गमा जोडिन्छ। सडकले धनकुटाको भेडेटार, नाप्जे, ओख्रे, डाँडाबजार, राजारानी, चौकिभञ्याङ, देउराली, समिया, मढेवास, सौरेबजार र ६ नम्बर बुधबारेलाई छुन्छ। यस्तै, पाँचथरका कम्फुटार, लेकगाउँ, कन्याटार, दारेगौडा, चिसापानी पञ्चमी, रवि , सप्तमी, उत्तरे, घुविर्से पञ्चमी, पुरानो पञ्चमी र देउराली तथा इलामका फुयतप्पा, चमैता, एकतप्पालाई यो सडकले छुन्छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस