कम्प्युटर छ, बिजुली छैन
१९ फागुन २०७५
•
९ मिनेट पाठ
कम्प्युटर छ, बिजुली छैन
धादिङ - चेपाङ बस्ती बढी रहेको धादिङको दक्षिणी भेगमा पर्ने बेनीघाट रोराङ गाउँपालिकास्थित गोइराङमा अहिलेसम्म बिजुली पुगेको छैन। टुकी र सोलारका भरमा रहेका गोइराङवासी गाउँलाई उज्यालो बनाउने प्रयासमा छन्। उनीहरू बिजुली पु-याएर गाउँ झलमल्ल पार्ने सपना देखिरहेका छन्। भर्खरै सडक पुग्दै गरेको गाउँमा बिजुली नपुग्दै कम्प्युटर पुगेको छ। गाउँपालिकाले गोइराङ आधारभूत विद्यालयलाई तीनवटा कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो।

पृथ्वी राजमार्गको हुग्दीखोलाबाट ग्रामीण बाटो हुँदै पुग्न सकिने विद्यालयमा चारवटा कम्प्युटर छन्। तीनवटा कम्प्युटर गाउँपालिकाले दिएको हो भने एउटा विद्यालयको नै हो। बिजुलीको अभावमा कम्प्युटर प्रयोगविहीन बनेको विद्यालयकी शिक्षिका सुष्मा भट्टराईले बताइन्। ‘कक्षा ६ देखि ८ सम्म कम्प्युटर कक्षा भनेर कोर्स राखिएको छ,’ भट्टाराईले भनिन्, ‘गाउँमा अहिलेसम्म पनि बिजुली पुगेको छैन, थ्योरी पढायो, प्राक्टिकल गर्न पाउँदैनन्।’

सेतोपाटीमा कम्प्युटरका विभिन्न भागको चित्र कोरेर विद्यार्थीलाई सिकाउनुको विकल्प नभएको शिक्षिका भट्टराईले भनिन्। ‘यो किबोर्ड हो अनि यो मनिटर। यसलाई चाहिँ माउस भन्छन्’ भन्दै पढाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ। ‘कम्प्युटरका पार्टपुर्जाबारे पढ्न मात्र पाइन्छ, देख्न पाइँदैन,’ भट्टराईले भनिन्, ‘भर्खर स्कुलमा कम्प्युटर आइपुगेको छ, त्यसैलाई हेरेर चित्त बुझाउनुपरेको छ।’ गाउँमा बिजुली नभएकै कारण विद्यालयमा भएका कम्प्युटर पनि त्यतिकै बसेका छन् भने कम्प्युटर, प्रिन्टिङसम्बन्धी काम गर्नुपर्दा बजारसम्म झर्नुपर्ने हुन्छ।

गाउँमा बिजुली पुगेको छैन तर गाउँपालिकाले विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। वितरित कम्प्युटर प्रयोगविहीन बनेको छ।

विद्यालयमा वर्षौंदेखिबाट कम्प्युटर विषयको कक्षा सञ्चालन भइरहेको छ। थ्योरी (सैद्धान्तिक) मात्र पढ्न पाउँछन् तर प्राक्टिकल (प्रयोगात्मक अभ्यास) कहिले पनि गर्न पाइँदैनन्। थ्योरी पढेका आधारमा कम्प्युटरबारे जानकारी लिनुपर्ने अवस्था छ। भौगोलिक विकटता, सडकको समस्याका कारण यहाँका अधिकांश विद्यार्थी खाली खुट्टा र बिनाड्रेस विद्यालय आउने गरेका छन्। एक छाक टार्न हम्मे पर्ने यस भेगका विद्यार्थी कम्प्युटर विषयमा त परै जाओस्, पढाइमा समेत त्यति ध्यान दिँदैनन्।

यता बेनीघाट रोराङ गाउँपालिका–१ मा रहेको बाँसखर्क आधारभूत विद्यालयमा पनि कक्षा ६ देखि ८ सम्म कम्प्युटर विषयको पढाइ हुँदै आइरहेको छ। विद्यालयका प्रधानाध्यापक सुरेन्द्र श्रेष्ठका अनुसार २०६४ सालतिरबाट कम्प्युटर विषयको पढाइ हुन थालेको बताए। ‘गाउँमा बिजुली नहुँदा कम्प्युटरको थ्योरी कक्षा मात्र सञ्चालन हुने गर्दछ,’ उनले भने, ‘प्राक्टिकल कक्षा भने विद्यार्थीले कहिल्यै गर्न पाउँदैनन्।’

दुर्ई सय १३ जना अध्ययनरत विद्यालयमा तीन चेपाङबाहेक सबै तामाङ समुदायका विद्यार्थी छन्। कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा घन्टौं धाएर विद्यार्थी पढ्न विद्यालय पुग्ने गर्छन्। गाउँपालिकाले यसै वर्ष दुईवटा कम्प्युटर र एकवटा प्रिन्टर सहयोग गरेको छ। गाउँपालिका आफैंले कम्प्युटर जडानका लागि व्यक्ति पठाइदिने भनि पनि अहिलेसम्म कोही नगएको श्रेष्ठले बताए। गाउँमा बिजुली पु¥याउन अहिले पोलहरू लैजाने कार्य भइरहेको छ। पोल गाड्ने, तार जडान गर्ने कार्य भइसकेपछि मात्र प्रत्येकको घरघरमा बिजुली पुग्ने गर्छ।

गाउँमा बिजुली नपुग्दा वर्षौदेखि नै गाउँबासी अन्धकारमा बस्न बाध्य छन्। विकासका नाममा बिजुली नपुगेको ठाउँमा बिजुलीबाट चलाउने यस्ता सामानहरू दिएर गाउँपालिकाले बजेट सिध्याउने मेलो मात्र गरेको छ। गाउँपालिकाले यस वर्ष शिक्षा क्षेत्रमा ९५ लाख बजेट छुट्ट्याएको गाउँपालिकाका शिक्षा शाखाका स्रोतव्यक्ति रामेश्वर पोखरेलले जानकारी दिए। ‘गाउँमा बिजुली पु¥याउन पोलहरू लैजाने कार्य भइरहेको छ,’ उनले भने, ‘वार्षिक रूपमा शिक्षा क्षेत्रमा छुट्ट्याएको रकमबाट कम्प्युटर र प्रिन्टर वितरणमा खर्च गरेका हौं।’

गाउँपालिकाले यस वर्ष सातवटा आधारभूत विद्यालयलाई कम्प्यूटर वितरण गरेको छ। बेनिघाट रोराङ–१ मा रहेको बाँसखर्क आधारभूत विद्यालय, वडा २ मा रहेको राहुलडाडा आधारभूत विद्यालय, वडा ४ मा रहेको कालिका आधारभूत विद्यालय, वडा ९ मा रहेको बितेस आधारभूत विद्यालय, वडा १० मा रहेको गोइराङ आधारभूत विद्यालय र राष्ट्रिय आधारभूत विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको छ। पृथ्वी राजमार्गनजिकै रहेको शंखादेवी माविलाई भने २५ वटा कम्प्युटर वितरण गरेको छ।

६ वटा विद्यालयमा सात लाख सात हजार रुपैयाँ खर्च गरेर दुईवटा कम्प्युटर र एक वटा प्रिन्टर वितरण गरिएको गाउँपालिकाले जनाएको छ। त्यस्तै शंखादेवी माविलाई पनि सात लाख ५० हजार तिरेर कम्प्युटर वितरण गरिएको जनाइएको छ। गाउँपालिकाले कम्प्युटर किन्न मात्रै १७ लाख बजेट छुट्ट्याएको पोखरेलले जानकारी दिए। गाउँपालिकाले यस वर्ष शिक्षा क्षेत्रमा छुट्ट्याएको बजेटबाट गाउँपालिकास्तरीय खेलकुद प्रतियोगिता, बालकक्षा शिक्षकका लागि तलब, स्रोतकेन्द्रको बैठक, सहिदस्मृति प्रतियोगितालगायत खर्च गरिने पोखरेलको भनाइ छ।

शैक्षिक क्षेत्रको गुणस्तर सुधारका लागि भनेर साढे दुई महिनाअघि मात्र गाउँपालिकाले कक्षा १ देखि ८ सम्म पढाइ हुने विद्यालयलाई कम्प्युटर वितरण गरेको हो। गाउँका विद्यालयमा कम्प्युटर वितरण त गरिएको छ, न कम्प्युटर जडान गरिएको छ न कम्प्युटर चलाउन दक्ष शिक्षक नै छन्। वितरित कम्प्युटर पनि त्यसै थन्किएका छन्। वितरण गरिएका केही विद्यालयमा बिजुली पुगे पनि अधिकांशमा बिजुलीबत्ती नहुँदा कम्प्युटर कक्षा सञ्चालनमा समस्या परेको छ।
अर्को समाचार
होटलमा धमाधम सौर्यऊर्जा जोड्दै
नागरिक
१९ पौष २०७२
•
७ मिनेट पाठ
होटलमा धमाधम सौर्यऊर्जा जोड्दै
पोखरा- यहाँको सांग्रिला भिलेज रिसोर्टले करिब डेढ महिनादेखि सौर्यऊर्जाबाट उत्पादित बिजुलीबाट कार्यालय उपकरण चलाइरहेको छ। सौर्यऊर्जाबाट उत्पादित बिजुली अहिले रिसोर्ट कार्यालयमा रहेका कम्प्युटर, टेलिफोन, वाइफाई राउटर सहित कोठामा बत्ती बाल्न प्रयोग गरेको सांग्रिलाले जनाएको छ।

पोखराकै ल्यान्डमार्क होटलले सोलार प्यानल जडान गर्दैछ। ल्यान्डमार्कले नै चितवन सौराहामा चलाएको ल्यान्डमार्क फरेस्ट पार्कमा केही दिनअघि नै जडान गरिसकेको जनाएको छ। पोखराका अरु होटलले पनि धमाधम सोलार जडान गर्न थालेका छन्।

नाकाबन्दीले इन्धन अभाव भएर दिक्क पर्यटन व्यवसायीले सौर्य ऊर्जातर्फ ध्यान दिन थालेका छन्। यसले व्यवसायीलाई राहत महसुस भएको छ। बेलैमा सौर्यऊर्जा जडान नगर्दा अहिलेको अभावमा धेरै नै समस्या खेप्नुपरेकेा उनीहरुको भनाइ छ। महँगोमा इन्धन किनेर सस्तोमा सेवा दिनुपर्दा ठूलो घाटा बेहोर्नुपरेको उनीहरुको भनाइ छ।

'इन्धन अभावले अहिले निकै समस्या खेप्नुपर्योन,' सांग्रिलाका म्यानेजर गुप्त गिरीले भने, 'यस्तै अभावबाट दिक्क भएपछि सोलारलाई विकल्प बनाएका हौं। थोरै भए पनि राहत महसुस भएको छ।' इन्धन खोज्न विभिन्न सहर पुग्दा दोब्बर नोक्सान भएको उनले बताए।

प्रारम्भिक चरणमा परीक्षणका लागि मात्र अहिले सांग्रिलाले सोलार जडान गरेको गिरीले बताए। उनका अनुसार अहिले सांग्रिलाका ४ वटा कम्प्युटर, प्रिन्टर, राउटर, कोठाका बत्ती सौर्यऊर्जाबाट चलाइएको छ। केही समयभित्र पूरै विद्युतीय उपकरण चलाउने गरी सोलार जडान गर्ने योजना बनाएको उनले बताए। 'सरकारले सोलार जडानमा सहुलियत दिने भन्ने सुनेका छौं, दियो भने रिसोर्टका पूरै उपकरण चल्ने गरी सोलार राख्नेछौं। अनुदान नपाए पनि अब सोलारको विकल्प छैन,' गिरीले भने, 'इन्धन अभावमा मात्र होइन, सहज हुँदा पनि सोलारको उपयोगिता बढी छ। वातावरणमैत्री हुने भएकोले यसको फाइदा छ।'

ल्यान्डमार्कले सोलारका लागि मात्र करिब ११ लाख रुपैयाँ खर्च गर्दैछ। यसले सौराहामा ८ लाख रुपैयाँ खर्चेर सोलार जडान गरेको सञ्चालक ओम पाण्डेले बताए। 'पोखरामा ११ लाख रुपैयाँ खर्च गरेर सोलार जडान गर्दैछौं। सौराहामा प्रयोगमा आइसक्यो,' उनले भने, 'नाकाबन्दीले हाम्रो आँखा खोलिदियो। इन्धन अभाव हुनुअघि यो प्रविधि जडान गरेको भए ब्ल्याकमा इन्धन किनेको पैसाले पुग्थ्यो।'

सोलार जडान गरेका होटलले अलिहेसम्म कम्प्युटर, प्रिन्टर, टेलिफोन इन्टरकम, राउटर लगायका उपकरण चलाउन र बत्ती बाल्न प्रयोग गर्दै आएका छन्। ल्यान्डमार्कले सौराहामा ३ सय वाट क्षमताका ८ प्यानलबाट २४ सय वाट र पोखरामा १४ वटा प्यानलबाट ४२ सय वाट ऊर्जा उत्पादन गर्नेछ। 'तत्कालका लागि महँगो भए पनि दीर्घकालीन रुपमा यो सस्तो पर्ने देखिन्छ। दीर्घकालमा पनि ब्याट्रस्बाहेक अरुमा खर्च पर्दैन,' पाण्डेले भने, 'इन्धन अभाव भएको बेला यसले राहत दिनेछ। अरुबेला पनि सस्तो पर्न जान्छ।'

होटलका पाहुनालाई अँध्यारोमा राख्नु नपर्ने र डिजल किन्न रातदिन भौतारिनु नपर्ने भएकोले विकल्पमा सोलार जडान गरेको उनले बताए। पाण्डेका अनुसार सौराहाको ल्यान्डमार्क फरेस्ट पार्कमा दिनमा करिब ८ हजार र पोखरामा करिब १६ हजार रुपैयाँको खपत हुन्थ्यो। सौराहामा दैनिक खर्च घटाएर २ हजार र पोखरामा ४ हजार रुपैयाँमा झार्न सके यसले राहत दिने उनले बताए। 'सौराहामा डिजल किन्न छाडिसक्यौं, पोखरामा केही दिनपछि डिजल चाहिन्न। ठूला उपकरण चलाउन परे केहीबेरको लागि जेनेरेटर प्रयोग गर्ने हो, नत्र पर्दैन,' उनले भने, 'ब्ल्याक'मा डिजल किन्दा हैरान भएको थियो। अब केही हुनेछ। इन्धन किन्न भैरहवा जानु पर्दैन।'

पोखराका होटलमा सौर्यऊर्जा जडान गर्न प्राविधिक रुपमा सघाएको सूर्योदय ऊर्जाका निर्देशक उमाकान्त खरेलले सौर्यऊर्जा जडान गर्दा तत्काललाई महँगो परे पनि दशकपछि निःशुल्कजत्तिकै हुने बताए। अलि बढी क्षमताको सोलार राख्यो भने होटल र रेस्टुरेन्टका सबैखाले विद्युतीय उपकरण चलाउन सकिने उनले बताए। 'टिभी र फ्रिजसम्म पनि चलाउन सकिन्छ,' उनले भने।

उनका अनुसार ब्याट्री राखेर बढी क्षमतामा चलाउँदा सुरुमा सौयऊर्जा उत्पादनमा प्रतियुनिट करिब २५ रुपैयाँ पर्न जान्छ। बत्ती मात्र बाल्दा झनै सस्तो पर्ने उनले बताए। 'केही बढी क्षमताको ब्याट्री राख्दा सुरुमा लागत बढ्न जान्छ। तर पछि सस्तो हुन्छ,' खरेलले भने, 'दीर्घकालमा पनि ब्याट्री फेरे पुग्छ। प्यानल फेर्नुपर्दैन, त्यसैले सस्तो पर्न जान्छ। करिब १० वर्षपछि त निःशुल्क नै हुन्छ। त्यसैले यसको सबैतिर फाइदै फाइदा छ।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस