इलाम- द्वन्द्वकालमा सुरक्षाकर्मी र विद्रोही दुवैको पिटाइ खाने एकतप्पानिवासी मिस्रीलाल यादव अहिले पनि बर्दीधारी प्रहरी देख्दा तर्सिन्छन्। तराई घर भए पनि स्वास्थ्यकर्मीका रूपमा त्यहाँ बसिरहेका उनी कम्ब्याट डे्रस र बन्दुक देखेरै तर्सन्छन्। सदरमुकाम होस् या अरू बजार, त्यता जानुपर्दा प्रहरी नभएको बाटो सतर्क भएर हिँड्छन्।यादवसँगै यातना पाउने एकतप्पाका देवनारायण आलेमा पनि यस्तै समस्या थियो। केही वर्ष आफैंमा डराउँदै, तर्सिंदै कष्टपूर्ण जिन्दगी बिताएका उनको तीन वर्षअघि मृत्यु भइसकेको छ। दशक लामो द्वन्द्वकालमा सुरक्षाकर्मी र विद्रोही पक्षबाट यातना पाएका, अंगभंग भएका र खुसी खोसिएकाहरु मानसिक समस्या बोकेर बाँच्न बाध्य छन्।
द्वन्द्वका बेला जनसाधारणमा परेको मानसिक असर हटाउन सरकारले अघि सारेको मनोसामाजिक परामर्शसम्बन्धी कार्यक्रम घोषणामै सीमित हु“दा पीडित कष्टपूर्वक बा“च्न बाध्य भएका हुन्। पुनःस्थापनाका माध्यमले पीडितको समस्या न्यूनीकरण गर्ने सरकारी योजना अझै कार्यान्वयन भएको छैन।
सरकारले शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत घोषणा गरेको 'मनोसामाजिक परामर्श सेवा सञ्चालन' महिनौं बित्दा कार्यान्वयन नभएको हो। मन्त्रालयले कार्यक्रम अघि बढाउन तयार पारेको 'सेवा सञ्चालन निर्देशिका–२०७०' एक वर्षअघि नै सरकारले स्वीकृत गरे पनि द्वन्द्वले मानसिक असर खेपिरहेका लक्षित व्यक्तिले कुनै उपचार पाएका छैनन्। उपचार सुविधा नपाई ज्यान गुमाउने धेरै छन्।
मन्त्रालयको शान्तिप्रक्रिया सहयोग आयोजना (इपिएसपी) का धु्रवप्रसाद पौडेलले हातखुट्टा भा“चिए तुरुन्तै उपचार गर्ने तर दिमागी समस्या भए भरसक लुकाउने प्रवृत्ति रहेको उल्लेख गर्दै द्वन्द्वले मानसिक पीडा खेप्ने धेरै भए पनि खुल्न नसकिरहेको बताए। पौडेलले भने, 'हरेक जिल्लामा त्यस्ता मानसिक बिरामी छन्, कार्यक्रम सुरु भएपछि उनीहरूलाई भिन्नै तरिका अपनाएर उपचारमा ल्याइनेछ।'
निर्देशिकामा २०५२ फागुनदेखि २०६३ मंसिर ५ सम्म राज्य र तत्कालीन विद्रोही माओवादी पक्षबीचको सशस्त्र द्वन्द्वमा पीडित भएकालाई सेवा दिइने उल्लेख छ। द्वन्द्वपीडितको अवस्था हेरी तीन किसिमका (सामान्य, मध्यम र विशेष) सेवा दिइने योजना छ। सेवा दिन मन्त्रालयबाट केही सरकारी, गैरसरकारी र निजी संस्थाले छनोट भई कार्यादेश पाउनेछन्। सिजोफ्रेनिया, डिप्रेसन, पागलपनको लक्षण देखिएका पीडितलाई विशेष सेवा प्रदान गर्ने लक्ष्य छ।
पीडितलाई मनोचिकित्सकद्वारा सेवा दि“दै अवस्था हेरेर फिजियोथेरापी, व्यायाम, पीडाशमन र शल्यक्रियासमेत गराउने भनिएको छ। निःशुल्क दिइने यी सेवा लिने क्रममा हुने यातायात, खाजा, खाना र लजमा हुने खर्चबापत पीडितलाई सरकारले नै रकम दिनेछ। त्यसको दररेटसमेत छुट्याइएको छ। त्यस्ता द्वन्द्वपीडित पहिचान गरी उपचारमा छनोट गर्ने जिम्मा सिफारिस एवं अनुगमन समितिको हुनेछ।
प्रमुख जिल्ला अधिकारी संयोजक रहने समितिले द्वन्द्वका कारण मानसिक अवस्था खलबलिएका र सामान्य अवस्थामा फर्किन नसकेका व्यक्तिको पहिचान गरी उपचारमा सिफारिस गर्ने निर्देशिकामा उल्लेख छ। देशैभर एकैपल्ट सेवा सुरु गर्ने योजना भए पनि आर्थिक अभाव, न्यून जनशक्ति र आन्तरिक गृहकार्य नसकिएका कारण ढिला भइरहेको इपिएसपीका पौडेलले नागरिकलाई बताए।
विश्व आप्रवासी संगठन (आइओएम)ले प्राविधिक सहयोग गर्न सहमत भई कार्यक्रमका लागि आवश्यक दस्तावेज तयार पार्ने काम भइरहेको र शान्तिकोषमा रकम मागिएको पौडेलले जनाए। 'शान्तिकोषले रकम छुट्यायो भने कार्यक्रम छिट्टै सुरु हुन्छ,' सेवा सुरु गर्ने जनशक्तिकै अभाव खड्किइरहेको उल्लेख गर्दै उनले भने, 'रकम आउन जति ढिला हुन्छ, कार्यक्रम त्यति पछि सर्छ।'
इलामस्थित शान्तिसमिति सचिव राजेन्द्र फियाकले 'द्वन्द्वमा यातना पाएका धेरै जना मानसिक पीडा बोकेर सहायताको पखाइमा रहेको' बताए। आफन्त गुमाएकाको पीडा झनै चर्को छ। पति गुमाएकी पञ्चकन्याकी एक महिला समितिको कार्यालयमा बेलाबेला आइरहने र 'मलाई मेरो लोग्ने चाहियो' भन्दै भक्कानिने फियाकले सुनाए।