खोलैखोला काठ तस्करी
२३ असार २०७१
•
५ मिनेट पाठ
खोलैखोला काठ तस्करी
झापा- बाढीको सिजनमा सर्वसाधारणलाई घरखेत बग्ने र आवतजावतमा कठिनाइको चिन्ताले सताउँछ। तर, काठ तस्कर भने यस्तै अवसरको पर्खाइमा बस्ने गरेको पाइएको छ। बर्खायाम लाग्नासाथ झापा र इलामको सीमास्थित चुरे जंगलमा काठ तस्करले अड्डा जमाउँछन्।यहाँ सखुवा र टिकजस्ता बहुमूल्य रूखको संख्या धेरै छ। बर्खामा खोलाको तीव्र बहावलाई तस्करले काठ ओसार्ने मौकाका रूपमा उपयोग गर्दै आएका छन्। 'अरू बेला काठ ओसार्न सजिलो छैन,' सामुदायिक वन महासंघ झापाका अध्यक्ष छत्र पौडेल भन्छन्, 'तर, बर्खामा तस्करलाई सजिलो छ। बढेको खोला नै उनीहरूका लागि काठ ओसारिदिने साधन बनिदिन्छ।' उनका अनुसार खोलैखोला काठ बगाएर भारतीय बजार पुर्याोउन यसपालि पनि तस्कर सक्रिय भइसकेका छन्। 
खोलाबाट काठ तस्करीमा हतियारधारी संगठित गिरोह नै लागेकाले सर्वसाधारण हत्तपत्त विरोधमा बोल्दैनन्। मेचीखोला र कन्काईमाई काठ तस्करीका मुख्य जलमार्ग बन्दै आएका छन्। महमाईबाट खोलैखोला ल्याउँदा कसैले वास्ता नगर्ने भएकाले त्यहाँबाट शरणामती, टाघनडुब्बा, कुमरखोद, शिवगन्ज, महाभारा हुँदै भारतको डिगलबैंकसम्म प्रहरी र स्थानीयको आँखा छल्दै रातको समयमा तस्करी हुने गरेको छ। वन पदाधिकारी झापाबासी मात्र चनाखो भएका आधारमा तस्करी रोक्न नसकिने बताउँछन्। 'यहाँ दर्जनौं वनले गस्ती नै गर्छन्,' महासंघ अध्यक्ष पौडेल थप्छन्, 'तर, इलामको क्षेत्रमा कसैले निरीक्षण गर्दैन। त्यसैले जंगलमा तस्करको मनपरी छ।' 
तस्करले गाडीको ट्युबमा चाली बाँधेर त्यसमुनि चिरान तथा गोलिया काठ बाँध्ने र माथिबाट केराको बोटले छोपेर खोलैखोला निकासी गर्ने गरेको स्थानीय सामुदायिक वन पदाधिकारी बताउँछन्। यसरी चाली बनाउँदा काठ पानीमा तैरिने भएकाले लामो दुरीसम्म सजिलै ओसार्न सकिन्छ। 'यस्तो धन्दा चलेको दशकौं भयो,' बाहुनडाँगीको पाटापुरस्थित जंगलछेउका बासिन्दा लालबहादुर थिङ भन्छन्, 'रूख काट्ने अनि मेचीखोला हुँदै भारतीय बजार पुर्यााउने काम रातारात हुन्छ। अहिलेसम्म प्रहरी वा वनले कसैलाई समातेको थाहा छैन।' सीमावर्ती भारतीय बजार ताराबारी, डिगलबैंक यहाँबाट तस्करी गरिएका काठ बिक्री हुने मुख्य केन्द्र हुन्। 
खोलाबाट काठ तस्करी गर्ने गिरोह पूर्वको मेचीदेखि पश्चिमको कन्काईमाईसम्मै सक्रिय हुने गरेका छन्। दक्षिणी इलामको जिर्मले क्षेत्रका विभिन्न वन, झापाको शान्तिनगरस्थित बहुवन तथा महमाई र दानाबारीआसपास जंगलबाट बर्खामा बढी तस्करी हुने गरेको छ। गाउँबस्तीबाट धेरै टाढा रहेका ती जंगलमा प्रहरी प्रशासनसमेत हम्मेसि पुग्दैन। संरक्षणको जिम्मा लिएका सामुदायिक वन र तिनको नियमन गर्ने सरकारी निकाय नै यो यथार्थ स्विकार्छन्। 
'चुरेका वनमा तस्करी धन्दा अत्यधिक छ,' जिल्ला वन कार्यालय प्रमुख इन्द्रमणि भण्डारी भन्छन्, 'चुरेका काठ तस्करीका लागि झापाको भूमि ट्रान्जिटझैं बनेको छ।' उनका अनुसार चुरे जंगलमा चाहेर पनि समुदाय र वन प्रशासनको पहुँच स्थापित हुन सकेको छैन। उनले भने, 'त्यसै कारण ती क्षेत्रमा तस्करहरू निर्धक्क अड्डा जमाएर जंगल मास्न सक्रिय हुन्छन्।' नियन्त्रणका लागि कार्यालयले समुदायसँग मिलेर काम गरिरहेको बताउँदै उनले यो वर्षभरि वन गस्ती टोलीले विभिन्न ठाउँबाट ४ सय ८७ क्युफिट काठ बरामद गरेको जानकारी दिए। 
आँखैअघि खुलेआम तस्करी देखिरहेकाहरू भने यसको नियन्त्रणका लागि सरकारले सुरक्षाकर्मी परिचालन गर्नुपर्ने आवश्यकता दर्साउँछन्। 'उनीहरू हतियारसहित आउँछन्,' गैडन्डे सामुदायिक वनका एक पदाधिकारी भन्छन् 'कन्काईमाईमा चौबीसै घन्टा सशस्त्र सुरक्षाकर्मी परिचालन गर्ने हो भने मात्र तस्करी धन्दा नियन्त्रण हुन सक्छ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस