उद्धार टोली इराक पठाइने
०९ असार २०७१
•
७ मिनेट पाठ
उद्धार टोली इराक पठाइने
काठमाडौं- इराकमा सरकारी र विद्रोही सेनाबीच द्वन्द्वका कारण जोखिममा परेका नेपालीलाई उद्धार गर्न परराष्ट्र मन्त्रालयले टोली पठाउने भएको छ। परराष्ट्रले उद्धारका सबै प्रबन्ध मिलाउन मन्त्रालयकै वरिष्ठ अधिकृतको नेतृत्वमा टोली इराक पठाउने सोमबार निर्णय गरेको छ। टोलीमा इराकनजिक रहेका पाकिस्तान र कुवेतस्थित नेपाली दूतावासका प्रतिनिधि पनि रहनेछन्।'इराकमा आन्तरिक द्वन्द्व दूरगामी ढंगले जाने देखिन्छ,' परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नागरिकसँग भने, 'त्यसैले तत्काल उद्धार कार्य थाल्न वरिष्ठ अधिकृतको नेतृत्वमा उच्चस्तरीय टोली इराक पठाउने निर्णय गरिएको हो।' 
मन्त्री पाण्डेको उपस्थितिमा सोमबार बसेको परराष्ट्रका उच्च अधिकारीहरूको बैठकले उद्धार कार्य तत्काल सुरु गर्नुपर्ने निचोड निकालेको थियो। उद्धार टोली इराक पठाउने भनिए पनि मन्त्रालयबाट पठाउने अधिकृतको भने निर्णय भएको छैन। 
'इराकमा टोलीले सम्भव भएसम्म सबै नेपालीसँग सम्पर्क गरी सहज तरिकाले स्वदेश फर्काउनेबारे अध्ययन गर्नेछ। टोलीकै सुझावका आधारमा उद्धार प्रक्रिया अघि बढ्छ,' मन्त्री पाण्डेले भने। 
मन्त्री पाण्डेका अनुसार इराकबाट नेपाली कामदारको उद्धार दुई तरिकाले गरिनेछ। पहिलो, स्वदेश फर्कन चाहनेलाई सीधै नेपाल ल्याउने। दोस्रो, नेपाल फर्किन नचाहनेलाई इराक तथा वरपरका देशको सुरक्षित स्थानमा अवतरण गराउने। इराकमा रहेका नेपालीले तत्काल उद्धार गर्न आग्रह गरे सरकार तयारी अवस्थामा रहेको समेत उनले जनाए। 'मित्रराष्ट्र तथा आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (आइओएम), अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसिआरसी) लगायतको सहयोग लिई उद्धार कार्य गरिनेछ,' मन्त्री पाण्डेले भने। 
केही नेपाली कामदार रोजगारदातासँगै विस्थापित हुने र छिमेकी राष्ट्रमा प्रवेश गर्ने सम्भावना देखिएको छ। यस्ता कामदारले स्वदेश फर्कन नचाहे सुरक्षित ठाउँमा अवतरण गराइने उनले बताए। 
सन् २०११ मा अफ्रिकी राष्ट्र लिबियामा द्वन्द्व चर्किँदा सरकारले त्यहाँ कार्यरत करिब ३ हजार नेपालीलाई उद्धार गरेर ल्याएको थियो। त्यतिबेला इजिप्टस्थित नेपाली दूतावासका तत्कालीन प्रथम सचिव तीर्थ अर्याललाई उद्धारका लागि एक्लै लिबिया खटाइएको थियो। उनले सयौं नेपालीको उद्धार गरेका थिए। त्यतिबेला लिबियाबाट नेपालीलाई उद्धार गरी स्वदेश फर्काउन सरकारलाई धौ–धौ परेको थियो। 
लिबियाको तुलनामा इराकमा नेपाली कामदारको संख्या निकै बढी रहेको प्रारम्भिक अनुमान छ। सरकारले वैदेशिक रोजगारको सिलसिलामा इराक जान प्रतिबन्ध लगाए पनि अवैध तरिकाले त्यहाँ पुग्ने नेपाली संख्या १५ हजार हाराहारीमा रहेको सरकारी आँकलन छ। 
लिबियामा नेपालीहरू वैधानिक रूपमा गएकाले उद्धारमा सहज भएको थियो। तर, इराकमा सबै नेपाली कामदार अवैध तरिकाले गएकाले उद्धार गर्न कठिन छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता दीपक धितालले उद्धार संयन्त्र मजबुत बनाउने बताए। 
यस्तै, परराष्ट्रले असुरक्षाका कारण ज्यान जोखिममा पर्ने देखिएकाले जतिसक्दो छिटो इराक छाड्न त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ। 'हाल इराकको सुरक्षा व्यवस्थामा कुनै सुधार नआएको तथा अस्थिरताको चपेटामा इराकका थप भूभाग पर्न सक्ने सम्भावना देखिएको हुँदा इराकमा रहेका नेपालीलाई छिटोछरितो माध्यमबाट स्वदेश फर्कन अनुरोध गरिन्छ,' परराष्ट्रले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 
उत्तरी इराकमा इस्लामिक कट्टरपन्थी सुन्नी समूह (आइएसआइएस) ले 'इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया' माग गर्दै केही दिनअघिबाट सशस्त्र विद्रोह गरिरहेको छ। आइएसआइएसले गत शुक्रबार अपहरण गरेको चार दिनपछि चार नेपालीसहित ४८ जना विदेशी कामदारलाई अपहरणमुक्त गरेको थियो। 
विद्रोही सेना राजधानी बगदादतर्फ अघि बढिरहेकाले त्यहाँको सुरक्षा स्थिति नाजुक बन्दै गएको जनाइएको छ। परराष्ट्रले केही दिनअघि पनि विज्ञप्ति जारी गर्दै इराक नजान र त्यहाँ रहेकालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो। 
शुक्रबार अपहरणमुक्त भएका चार नेपालीलाई स्वदेश पठाउन आवश्यक कागजात तयार पार्ने कार्य भइरहेको इराकसमेत हेर्ने पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौड्यालले जानकारी दिए। उनीहरू अहिले सुरक्षित स्थानमा रहेको जनाउँदै राजदूत पौड्यालले २/३ दिनभित्र स्वदेश फर्कने बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस