मेडिकल सिटीमा हेल्थ एजुकेसन
०४ असार २०७१
•
५ मिनेट पाठ
मेडिकल सिटीमा हेल्थ एजुकेसन
चितवन मेडिकल सिटीका रुपमा परिचित छ। यहाँ स्वास्थ्य विषय अध्ययन गर्न पाइने संस्था पनि प्रशस्तै खुलेका छन्। प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण भएपछि पढ्न पाइने स्वास्थ्यसम्बन्धी ६ विषय पढाइ हुने शिक्षण संस्था चितवनमा छन्। यहाँको पढाइ अन्यत्रको भन्दा गुणस्तरीय र सस्तो भएको दाबी सञ्चालकहरुको छ।नर्सिङ, फार्मेसी, हेल्थ एसिस्टेन्ट, ल्याब टेक्निसियन, रेडियोग्राफी र डेन्टल हाइजिन पढाउने शिक्षण संस्था यहाँ छन्। व्यावसायिक शिक्षा तथा तालिम परिषद (सिटिइभिटी) बाट स्वीकृत पाठ्यक्रमको अध्ययन सकेपछि मेडिकल क्षेत्रमा रोजगार पाउने सम्भावना प्रबल हुन्छ।

सिटिइभिटीबाट मान्यता प्राप्त शिक्षण संस्था सञ्चालकको सस्था फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्स चितवन शाखाका कोषाध्यक्ष चन्द्रमणि कँडेलका अनुसार यहाँ नर्सिङ पढाउने शिक्षण संस्था दर्जन छन्। त्यस्तै फार्मेसीका दुई, हेल्थ एसिस्टेन्टको पाँच र ल्याब टेक्नेसियन पढाउने आठ संस्था छन्।

रेडियोग्राफीका दुई र डेन्टल हाइजिन पढाउने एक शिक्षण संस्था रहेको कँडेलले जानकारी दिए। नर्सिङमा एउटा संस्थाले ४० जना पढाउँछ। फार्मेसी र हेल्थ एसिस्टेन्टमा पनि ४० सिट नै हुन्छ। ल्याब टेक्नेसियन, रेडियोग्राफी र डेन्टल हाइजिनमा ३०–३० सिट हुन्छ।

‘यी ६ विषयमा सबै शिक्षण संस्थामा गरेर हरेक वर्ष एक हजार ९० विद्यार्थी पढ्दै आएका छन्,' मौला कालिका नर्सिङ कलेजसम्बद्ध फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका जिल्ला कोषाध्यक्ष कँडेलले भने। शैक्षिक संस्था थपिए यो संख्या अझै बढ्ने उनले बताए।

‘अन्यत्र कोटा पूरा गर्न पनि समस्या छ। चितवनमा विद्यार्थी पर्याप्त आउँछन्,' फोरमका पूर्व केन्द्रीय महासचिवसमेत रहेका नेपाल पोलिटेक्निक इन्स्टिच्युट भोजाड भरतपुरका प्राचार्य बाबुराम उपाध्यायले भने। चितवनमा २०५७ सालमा पहिलोपटक नर्सिङ पढाउने शिक्षण सस्ंथा खुलेको थियो। ६४ सालपछि स्वास्थ्य पढाउने संस्था धेरै खुले।

‘सस्तो शुल्कमा गुणस्तरीय पढाइ हुने भएकाले चितवनमा विद्यार्थीको आकर्षण बढ्दो छ,' प्रचार्य उपाध्यायले भने। कोषाध्यक्ष कँडेलको भनाइमा सिटिइभिटीले तोकेभन्दा बढी शुल्क लिने संस्था चितवनमा छैनन्। नर्सिङको शुल्क अन्यत्र पाँच लाखभन्दा धेरै हुने तर चितवनमा चार लाखमै पढाइ हुने कँडेलले बताए। 

‘चितवनमा खान र बस्न पनि सस्तो छ। देशको मध्य भागमा भएकाले आवागमन सहज छ,' पूर्व महासचिव उपाध्यायले भने। यहाँ पढ्न बारा, पर्सा, रौतहट, गोरखा, लमजुङ, तनहुँ, धादिङ, नवलपरासी र मध्यपश्चिमका नेपालगन्ज, सुर्खेत र जुम्लासम्मका विद्यार्थी आउँछन्।

राम्रा शिक्षकहरु चितवनमा पढाउन पाउँदा दंग पर्छन्। धेरै जिल्लामा राम्रा शिक्षक जान गाह्रो मान्ने गरेको उपाध्यायले बताए। उनले भने, ‘राम्रा शिक्षकले पढाएपछि विद्यार्थीले गुणस्तरीय शिक्षा पाउँछन्।' चितवनको पढाइ गुणस्तरीय हुनु आकर्षणको अर्को कारण रहेको उनले बताए।

‘पढाइसँगै यहाँ प्रयोगात्मक अभ्यास गर्न पाइने राम्रा अस्पताल प्रशस्तै छन्। यसले पनि यहाँको पढाइलाई गुणस्तरीय बनाउन मद्दत गरेको छ,' उपाध्यायले भने। प्रयोगात्मक कक्षाका लागि बुटवल, नेपालगन्ज र काठमाडौंबाट समेत विद्यार्थी चितवन आउने गरेको उनले बताए।

सिटिइभिटीको आफ्नै कलेज पनि चितवनमा छ। ‘यसले पनि व्यावसायिक शिक्षाका लागि चितवन आउने परिपाटी विकास भयो। यहाँ आएर पाएको शिक्षा र वातावरणले धेरैको मन जित्दै गयो। चितवनको प्रभाव अहिले चारैतिर फैलँदो छ,' फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्स चितवनका कोषाध्यक्ष चन्द्रमणि कँडेलले भने।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस