काठमाडौं- चुरे विनासको विषयमा निरन्तर कलम चलाएबापत नागरिक दैनिकका पत्रकार सुबोध गौतमलाई उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। विश्व वातावरण दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले सो पुरस्कार प्रदान गरेको हो। पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ।
मोफशलबाट भने कान्तिपुर दैनिकका पाल्पा संवाददाता माधव अर्यललाई सो पुरस्कार प्रदान गरियो। त्यस्तै धार्मिक संरक्षणमार्फत् वातावरण जोगाएको भन्दै कीर्तिपुरका शान्ति चौधरीलाई एक लाख बराबरको पुरस्कार प्रदान गरियो।
वाग्मती सफाइ अभियानमा मुख्य भूमिका खेल्दै आएका मुख्य सचिव लीलामणि पौडेललाई पनि ७५ हजार बराबरको पुरस्कार प्रदान गरियो। पौडेलले सो रकम नदी संरक्षणमा भूमिका खेल्दै आएको संस्था रिभर कन्जरभेसन नेपालका अध्यक्ष मेघा आलेलाई सो रकम हस्तान्तरण गरेका छन्। गृहमन्त्री बामदेव गौतमले पुरस्कार वितरण गरेका थिए।