काठमाडौं-संविधानसभा भवन वानेश्वरको ३ नम्वर गेट नजिकै भेटिएको शंकास्पद बस्तु डिस्पोज गरिएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बस्तु डिस्पोज गरेको हो। बम भनिएको वस्तुलाई प्लास्टिकले वेरेर राखिएको थियो। सेनाले प्लास्टिकमा बम नभएर प्रेसर कुकर र तार मात्र फेला पारेको जनाएको छ।सो क्षेत्रमा दलित मुक्ति फोर्सको पर्चा भेटिएको छ। पर्चामा केही माग राखिएको प्रहरीले जनाएको छ। तर्साउनको लागि कुकरलाई प्लास्टिकमा बेरेर तार राखिएको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीले बम भएको शंका गर्दै विहान सो क्षेत्रलाई नियन्त्रणमा लिएर शंकास्पद बस्तुलाई हटाउने प्रयास गरेका थिए। बम भनिएको बस्तुलाई हटाउने क्रममा सो क्षेत्रको यातायात केहि समय अवरुद्द भएको थियो।
अर्को समाचार
संविधानसभाको गेटनजिकै भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।
दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।
दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।
यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो पनि पढौँ
ट्रेन्डिङ