खतराका चित्र छैनन् चुरोटमा
१९ जेष्ठ २०७१
•
९ मिनेट पाठ
खतराका चित्र छैनन् चुरोटमा
काठमाडौं- नेपाली बजारमा चुरोट तथा सुर्तीजन्य पदार्थ बिक्री गर्ने ८५ प्रतिशत उद्योगले नियमविपरीत चुरोट तथा सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेटमा क्यान्सरका डरलाग्दा र आङ नै सिरिंग हुने चित्रसहितका सन्देश नराखी बिक्री गरिरहेको पाइएको छ।नियमअनुसार गत वर्षको पुस १४ देखि नै बजारमा बिक्रीवितरण भइरहेका हरेक चुरोट तथा सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेटमा ७५ प्रतिशत क्यान्सरसहितको चित्रात्मक सन्देश अनिवार्य आउनुपर्ने हो। तर, ८५ प्रतिशत कम्पनीले यो नियमको अटेर गर्दै चित्रबेगरका उत्पादन बिक्री गरिरहेको पाइएको छ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको क्षेत्रमा काम गर्दै आएको संस्था एक्सन नेपालले गरेको अध्ययनका क्रममा बजारमा हाल बिक्री भइरहेका ४६ कम्पनीमध्ये ३९ कम्पनीले कानुनविपरीत चित्रात्मक सन्देशबेगरका उत्पादन बजार पठाइरहेको पाइएको छ। 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ९ ले चुरोट तथा सुर्तीजन्य पदार्थको हरेक बट्टामा अनिवार्य रुपमा चेतावनीमूलक सन्देश राख्नुपर्ने व्यवस्था गरेको छ। उक्त व्यवस्थाविपरीत काम गर्नेलाई ५० हजारसम्म जरिवाना गरी सबै उत्पादन जफत गर्ने व्यवस्था छ।
ऐनलाई कार्यान्वयनमा ल्याउन मन्त्रालयले ०६८ सालमै कात्तिक १८ गते लागू हुने गरी 'सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यासपर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका' ल्याएको थियो। निर्देशिकाविरुद्ध उत्पादक कम्पनीले मुद्दा हालेपछि नियम कार्यान्वयनमा आउन सकेको थिएन। तर, सर्वोच्च अदालतले गत पुस १४ गते सबै मुद्दा खारेज गर्दै तुरुन्त उक्त नियम कार्यान्वयनमा ल्याउन मन्त्रालयलाई आदेश दिएको थियो।
अदालतको आदेशअनुसार नै मन्त्रालयले सबै उद्योगलाई तत्काल चित्रात्मक सन्देश छाप्न आग्रह गरेको थियो। तर उक्त नियम लागू भएको पाँच महिना बितिसक्दा पनि मुस्किलले ७ वटा उत्पादनमा मात्र चित्रात्मक सन्देश छापिएको छ। एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले नियम आइसकेपछिका उत्पादनमा समेत कम्पनीले चित्रात्मक सन्देश नछापी नियमको धज्जी उडाइरहेको अध्ययनका क्रममा फेला परेको बताए।
अध्ययनका क्रममा नियमअनुसार चित्रात्मक सन्देश छाप्ने कम्पनीमा सूर्य नेपाल प्रालिको तीनवटा उत्पादन सूर्य लाइट्स, शिखर फिल्टर किङ्स र पाइलट किङ, साहु सुर्ती भण्डारको उत्पादन झुम्का सुपर पावर, पान पराग इन्डिया लिमिटेडको पराग गुट्खा र धर्मपाल सत्यमपाल लिमिटेडको तुलसी रोयल लफ्रानी लर्दा परेका छन्। 
केही उद्योगले थोरै मात्रामा चित्रात्मक सन्देश छापेर पुनः चित्रबेगरका उत्पादन गरेको फेला परेको छ। नवीकरण सुर्ती उद्योगले देखाउनका लागि मात्र केही उत्पादनमा घडी छाप नामक सुर्तीमा फोक्सोको क्यान्सर भएको चित्रसहितको सन्देश छापेको भए पनि पुनः चित्रबेगरका उत्पादन बजारमा पठाएको पाइएको छ। 
नियम लागू भइसकेपछिको उत्पादन मितिमा उत्पादित चुरोट तथा सुर्तीजन्य पदार्थमा चित्रात्मक सन्देश नराख्नेमा जोस चुरोटको उत्पादक पर्फेक्ट ब्लेन्ड्स प्रालि, म्याटि्रक्स प्रिमियम फिल्टर किङ्सको उत्पादक म्याटि्रक्स इन्टरनेसनल, सहासी प्रिमियम फिल्टर किङ्सको उत्पादक पर्फेक्ट ब्लेन्ड्स प्रालि, लाइक रेडिमेड खैनीका उत्पादक ग्रिन टोबाको प्रालि, सुपर रिचार्ज नं १ केसरानीको उत्पादक सहयोग सुर्ती प्याकिङ उद्योग, झुमझुम सुपर पावरको उत्पादक नभकसी सुर्ती प्याकिङ उद्योग, करेन्ट गुट्खाका उत्पादक श्रीराम टोबाको उद्योग, इको प्लस गुट्खाका उत्पादक नेपाल पान मसला उद्योग, पराग सुपर प्लसको उत्पादक पान पराग इन्डिया लिमिटेड लगायतका ३९ कम्पनी छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कानुन शाखा प्रमुख कोमल आचार्यले समेत नियमविपरीत बजारमा चुरोट तथा सुर्तीजन्य पदार्थ बिक्रीवितरण भइरहेको स्वीकार गरे। उनले बजार अनुगमनका क्रममा भएको अभाव र नियम कार्यान्वयनको अनुगमन गर्ने निरीक्षक समितिको कमजोरीका कारण बजारमा निययविपरीतका उत्पादन आइरहेको जानकारी दिए। 'यो विषयको अनुगमन गरेर कारबाही गर्ने जिम्मा सहायक सिडिओको समितिलाई छ,' उनले भने, 'हामीले उहाँहरुलाई जानकारी गराइसकेका छौं। अब कारबाही प्रक्रिया अघि बढ्नेछ।'
काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले नियमविपरीत चुरोट तथा सुर्तीजन्य पदार्थ बिक्री भइरहेको गुनासो आइरहेकाले अनुगमन कार्यलाई अगाडि बढाउन लागिएको जानकारी दिए। उनले अनुगमन क्रममा चित्रात्मक सन्देशविनाका उत्पादन फेला परेका सबै उत्पादन जफत गरी नष्ट गरिने र उत्पादकलाई नियमअनुसार कारबाही गरिने बताए। 'हामीले तत्काल अनुगमन कार्य अगाडि बढाउने तयारी गरेका छौं,' उनले भने, 'अनुगमन क्रममा फेला परेका सबै उत्पादन नष्ट गरिनेछ।'
उत्पादक कम्पनीले पुसमा अदालतको आदेश आए पनि वैशाखसम्म पुरानो स्टक सकाउन समय माग गरेका थिए। तर स्वास्थ्य मन्त्रालयले उत्पादकहरुकै कारण दुई वर्षसम्म ऐन कार्यान्वयनमा ढिलाइ भएकाले समय थप्न नमिल्ने भन्दै तुरुन्तै चित्रात्मक सन्देश राख्ने सबै उद्योगलाई पत्राचार गरेको थियो। तर, पुसयताका मितिमा बजारमा आएका उत्पादनमा समेत नियमविपरीत चित्र नराखी उत्पादन गरिएको पाइएको छ।
नियमअनुसार उद्योगले चुरोट तथा सुर्तीजन्य पदार्थका बट्टा, प्याकेट र र्याापर्सको अगाडि र पछाडिको ७५ प्रतिशतमा फोक्सो, मुख, घाँटीको क्यान्सरको चित्र तथा मरेको बच्चाको चित्र र चित्रसहित 'धुमपान तथा सुर्ती सेवनले फोक्सोको क्यान्सर हुन्छ', 'सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धुमपानले ज्यान लिन्छ', 'धुमपानमा नाइट्रोसोमाइन र बेन्जोपाइरिनजस्ता क्यान्सरका कारक तत्व हुन्छन्, धुमपान गर्न छोडौं' भन्ने लगायतका सन्देश अनिवार्य राख्नुपर्ने हुन्छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस