बिपी प्रतिष्ठानका कर्मचारी आन्दोलित
१६ जेष्ठ २०७१
•
६ मिनेट पाठ
बिपी प्रतिष्ठानका कर्मचारी आन्दोलित
धरान-सरकारले वृद्धि गरेको तलब र महँगीभत्ता पाउनुपर्ने माग गर्दै धर्नामा बसेका बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका कर्मचारीलाई प्रहरीले पक्राउ गरेपछि स्थिति जटिल बन्दै गएको छ।शुक्रबार मध्याह्न १२ बजेतिर पक्राउ गरिएका कर्मचारीलाई साँझ ५ बजेतिर छोड्न खोज्दा प्रहरी कार्यालयमा थप तनाब उत्पन्न भयो। ड्युटीमा हिँडेकालाई बिनाकारण समातिएकाले पक्राउ आदेश दिनेले माफी माग्नुपर्ने अडान राख्दै कर्मचारी बाहिरिन मानेनन्। 
सर्वोच्च अदालतले अस्पतालबाट दिइने सेवामा कुनै अवरोध नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेपछि प्रतिष्ठान व्यवस्थापनको आग्रहमा प्रहरीले आन्दोलन सुरु भएको पाँचौं दिन धर्नास्थलबाटै कर्मचारीलाई पक्राउ गरेको हो। २४ महिला र २३ पुरुष कर्मचारी समातिएपछि प्रतिष्ठानका थप सयभन्दा बढी कर्मचारी प्रहरी कार्यालयमा गएर स्वतः गिरफ्तारी दिएका थिए। समातिनेमा प्रशासनका कर्मचारी, स्टाफ नर्स, हेल्थ एड, प्राविधिक, हेल्परलगायत छन्।
आक्रोशित कर्मचारीले आइतबारदेखि अस्पतालको आकस्मिकबाहेक सम्पूर्ण सेवा ठप्प पार्ने घोषणा गर्दै प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, अस्पताल निर्देशक र डेपुटी रजिस्ट्रारको राजीनामा माग्न थालेका छन्। उनीहरूले प्रहरी कार्यालयमै राजीनामा माग गर्दै नाराबाजी गरेका थिए। नेपाल सरकारले आर्थिक वर्ष ०७०/०७१ मा राष्ट्रसेवक कर्मचारीका लागि १८ प्रतिशत तलब वृद्धि तथा १ हजार महँगीभत्ता दिने घोषणा गरेको थियो। सोहीबमोजिम तलब वृद्धि र भत्ता माग गर्दै प्रतिष्ठानमा पटकपटक आन्दोलन भइरहेको छ।
यसअघि जुनियर रेसिडेन्टहरूको आन्दोलनले सर्वसाधारणको उपचारमा असर पारेको दाबी गर्दै राजकुमार विश्वकर्माले प्रतिष्ठान, आन्दोलनरत पक्ष, प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, जुनियर रेजिडेन्टलगायतलाई विपक्षी बनाई रिट हालेका थिए। त्यसउपर न्यायाधीश जगदीश शर्मा पौडेलले जेठ १४ गते आन्तरिम आदेश जारी गरेका थिए। 
अत्यावश्यक सेवा ऐन २०१४ अनुसार ‘अस्पतालजस्तो संवेदनशील क्षेत्रमा हडताल, धर्ना गर्न नदिनू' भन्ने सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न प्रतिष्ठानले पत्र पठाएबमोजिम धर्नाकारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक मुकुन्द रिजालले बताए। ‘अदालतको आदेशबारे जानकारी गराएर शान्तिपूर्वक धर्नास्थलबाट हट्न आग्रह गर्दा नमानेपछि पक्राउ गर्नुपरेको हो,' उनले भने। 
जुनियर रेजिडेन्ट डाक्टरले दुई साता लामो आन्दोलन सहमतिमा टुंग्याएकै दिन सोमबारदेखि कर्मचारी धर्नामा उत्रिएका थिए। उनीहरूले बिहान ८ देखि दिउँसो १ बजेसम्म प्रशासनिक भवनअघि धर्ना दिँदै आएका थिए। कर्मचारीको आधिकारिक संस्था कर्मचारी कल्याण समाज भने आन्दोलनको विपक्षमा छ। 
आन्दोलनकारीले डाक्टरले ओपिडी सेवा बहिष्कार गर्दा पनि केही नगर्ने प्रशासनले सेवामा असर नपारी धर्ना बसेका कर्मचारीमाथि धरपकड गरेको आरोप लगाउँदै आइतबारदेखि सम्पूर्ण काम ठप्प पार्ने घोषणा गरेका छन्। ‘हामी सेवालाई असर नपारी शान्तिपूर्ण धर्नामा थियौं, प्रशासनले नै काम ठप्प पार्ने स्थिति बनायो,' कर्मचारी आन्दोलन नेतृत्व गर्दै आएका राजन कोइरालाले भने–’अबको हाम्रो माग पदाधिकारी र कर्मचारी कल्याण समाज नेतृत्वको राजीनामा हो।' समाज अध्यक्ष सुजेन्द्र तामाङ, वरिष्ठ उपाध्यक्ष उमेश थापा र महासचिव वेदुका पुलामीले राजीनामा दिनुपर्ने उनी बताउँछन्। 
उपकुलपति प्राडा बिपी दासले सर्वोच्चबाट धर्ना, हडताललगायत गर्न नदिनू भन्ने आदेश आएकाले कार्यान्वयन गराउन प्रहरीलाई पत्राचार गरिएको बताए। ‘अस्पतालजस्तो संवेदनशील क्षेत्रमा जसले जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति बढ्यो, यसैलाई रोक्न सर्वोच्चको आदेश कार्यान्वयन गराएका हौं,' उनले भने।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस