काठमाडौं-मूल सडकका दायाँ–बायाँ विस्तारका क्रममा भत्काइएर अव्यवस्थित छाडिएका सहायक सडक। कहीँ ठूला त कहीँ साना खाल्डाखुल्डी। कतै ढल जमेर डुङ्डुङ्ती गन्हाउँछ त कतै निर्माण सामग्रीको थुप्रो भेटिन्छ। भत्काइएका सडक संरचना आसपास क्षेत्रमा डोजर, स्काभेटर तथा निर्माणका अन्य उपकरण छन्। तर ती चल्दैनन्।एक महिनादेखि कलंकी–कोटेश्वर चक्रपथ सडक खण्डमा यस्तै बेथिति देखिएको छ। चीन सरकारको सहयोगमा गत वर्षबाट विस्तार सुरु भएको उक्त खण्डको काम एक महिनादेखि ठप्प छ। ८ लेन फराकिलो सडक बनाउनका लागि भत्काइएका संरचनाको काम अपुरो नै छाड्दा उक्त खण्ड यतिबेला बेहाल बन्न पुगेको छ। सडक निर्माणमा संलग्न ड्राइभरहरूको हडतालका कारण उक्त खण्ड अस्तव्यस्त बन्न पुगेको हो।
ड्राइभरले सेवासुविधा बढाउनुपर्ने लगायतका माग राखेर काम रोकेपछि कलंकी–सातदोबाटो–कोटेश्वर खण्डको १० दशमलव ३९ किलोमिटर सडक खण्ड पूरै अस्तव्यस्त बनेको छ। विस्तारका लागि खनिएका क्षेत्रमा पानी पर्दा हिलाम्मे हुनुका साथै सडकको दायाँबायाँ निर्माणका लागि तयार पारिएको सहायक सडक खण्डमा पानी जमेर हिँड्न नमिल्ने अवस्था छ। खाल्डाखुल्डीमा सवारी दुर्घटनाको दर बढेको छ।
काठमाडौं चक्रपथ सुधार परियोजनाका इन्जिनियर प्रदीप श्रेष्ठका अनुसार ड्राइभरहरुको १६ दिनको हडताल र केही दिन निर्माणका लागि आवश्यक सामग्री आउन नसक्दा काम रोकिन पुगेको हो। ‘निर्माण कम्पनीसँग कुरा नमिलेर ड्राइभरले हडताल गर्दा काम पूर्ण रुपमा रोकिन पुगेको हो,' उनले भने, ‘निर्माणको काम रोकिँदा उक्त खण्डमा गुड्ने सवारीदेखि पैदलयात्रीलाई धेरै समस्या पर्न गयो।' काम रोकिएपछि परियोजनाले निर्माण व्यवसायीलाई छिटो काम सुरु गर्न पटकपटक आग्रह गरेको उनले बताए।
सडक निर्माणको जिम्मेवारी चीनको संघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले पाएको छ। कम्पनीले सम्झौताअनुसार गत मार्च १५ बाट निर्माणको काम सुरु गरेको हो। तर, तीव्र रफ्तारमा भइरहेको काम वैशाख तेस्रो सातादेखि भने ठप्प हुन पुगेको छ। परियोजना र स्थानीयले काम रोकेको विषयमा विरोध जनाएपछि कम्पनीले ड्राइभरको मागका विषयमा छलफल गरी विवाद सल्टाएको इन्जिनियर श्रेष्ठले जानकारी दिए। ‘उहाँहरुको विवाद मिलेको छ,' उनले भने, ‘अब काम सुरु हुन्छ।'
निर्माणक्रममा भएको विवादकै कारण चैतभित्र निर्माण गरिने भनिएको ५ सय ५० मिटरको नमुना सडकको कामसमेत रोकिन पुगेको छ। विवादअगाडि विस्तारको काम तीव्र रुपमा बढेको उक्त सडकमध्ये पहिलो चरणमा गत चैतभित्र ललितपुर भनिमण्डलदेखि एकान्तकुनासम्मको पाँच सय ५० मिटर लामो सडकलाई नमुनाका रुपमा निर्माण गरिने योजना थियो। तर, निर्माणक्रममा ड्राइभर तथा अन्य कर्मचारीले विवाद निकालेपछि काम रोकिन पुगेको हो।
आठ लेनको उक्त सडकमा चार लेनको तीव्र रफ्तारको मुख्य सडक हुनेछ। यस्तै बाँकी रहेको चार लेनमा भने सडकका दुवैतर्फ सातसात मिटरको दुईदुई लेनका सहायक सडक हुनेछन्। सडकबाहेक उक्त सडकमा साइकल लेन र दुई दशमलव पाँच मिटरको फुटपाथ हुने परियोजनाले जनाएको छ। एकान्तकुना, सातदोबाटो र ग्वार्कोमा बाटो काट्नका लागि आकाशे पुल रहनेछन्।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा ४० महिनाभित्र निर्माण सम्पन्न हुने गरी कम्पनीसँग २०१२ डिसेम्बर १८ मा सम्झौता भएको थियो। सम्झौताअनुसार सबै सडक निर्माणको काम २०१६ मे १५ मा सकिनेछ। १० दशमलव ३९ किलोमिटर लामो कलंकी–सातदोबाटो–कोटेश्वर सडक तीन सय १२ मिलियन युवान अर्थात पाँच अर्ब ९ करोड नेपाली रुपैयाँमा निर्माण हुन लागेको हो।
निर्माणमा चिनियाँ प्राविधिक र उनीहरुकै डिजाइनका आधारमा सम्पूर्ण संरचना निर्माणको काम अगाडि बढिरहेको इन्जिनियर श्रेष्ठले जनाए। कलंकी क्षेत्रमा गाडीको अत्यधिक चाप हुने भएकाले त्यसलाई व्यवस्थित गर्न भूमिगत मार्ग पनि बनाइने डिभिजन कार्यालयले जनायो। बल्खुबाट कलंकी हुँदै स्वयम्भुतर्फ जाने गाडीलाई भूमिगत मार्ग तथा नैकाप कलंकी हुँदै कालिमाटी जाने सवारीसाधन भने यथास्थानबाट जाने व्यवस्था मिलाइने कार्यालयले जनाएको छ।