काठमाडौं-२०६६ सालमा रत्नपार्कमा बनाउन भनेर शिलान्यास गरिएको गणतन्त्र स्तम्भ दुई वर्षअघि कीर्तिपुरमा शिलान्यास गरिए पनि निर्माण सुरु हुने मितिको टुंगो लागेको छैन।लागत इस्टमेट, डिजाइन र नक्सांकन लगायतका काम पूरा भइसके पनि आर्थिक स्रोतको टुंगो हुन नसक्दा निर्माण प्रक्रिया ढिलाइ भएको हो।
सहरी विकास मन्त्रालयका अनुसार देशले गणतन्त्र पाएको दिनको सम्झनामा बनाउँने लक्ष्यसहित काम अगाडी बढाइए पनि आर्थिक हैसियत राम्रो नहुदा बजेट आउँन सकेको छैन। मन्त्रालयका सहायक प्रवक्ता कविन्द्र विक्रम कार्कीले बजेट निकै ठूलो हुँदा वर्षैपिच्छे बजेट छुट्टाएर बनाउँनुपर्ने भन्दै मन्त्रालयले लविङ गरिरहदा पनि कार्यालय खर्चलाई बाहेक बजेन उपलब्ध नभएको जानकारी दिए।
‘राज्यले बजेट दिन नसक्दा यस्तो भइरहेको छ। तीनपटकसम्म बजेटमा प्रस्ताप गरिएको छ तर अहिलेसम्म प्रथामिकतामा परेन,' उनले भने ‘एकैपटक बजेट दिन नसकेपछि तीन वर्ष सम्म लगातार बजेटको व्यवस्था गर्नुपर्छ।'
सहरी विकास तथा भवन निर्माण विभागका अनुसार पछिल्लो पटकको इस्टमेट गरिँदा ९४ मिटर अग्लो स्तम्भ बनाउन १ अर्ब ८६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले २०६६ जेठ १५ गते गणतन्त्र दिवस पारेर रत्नपार्कमा शिलान्यास गरिएको स्तम्भ ललितपुरको गुसिंगाल हुँदै कीर्तिपुरमा शिलान्यास गरिएको थियो।
लागत इस्टमेट वर्षैपिच्छे बढ्दै गएको सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक शिवहरि शर्माले जानकारी दिए। ‘कीर्तिपुरमा बन्ने भनेर दुई वर्षदेखि लागत इस्टमेट भइसकेको छ,' उनले भने, ‘जति ढिला हुन्छ त्यति रकम बढ्दै जान्छ।'
‘रकमको स्रोत पाएपछि टेन्डर गर्ने योजना विभागको छ,' विभाग स्रोतले भन्यो, ‘स्रोत सरकारले टुंगो लगाउन सकिरहेको छैन।'
विभाग स्रोतका अनुसार राष्ट्रिय महत्वको स्तम्भ निर्माण कार्यमा सरकार बदलिइरहँदा फरकफरक धारणा आउने गरेका छन्। ‘सरकार बदलिइरहँदा बजेट कसले दिने भन्ने दुविधा बढेको छ,' उनले भने, ‘तर महत्वको योजना भएकाले जसरी पनि निर्माण गरिनुपर्छ।'
विभागले त्रिभुवन विश्वविद्यालयको जग्गामा (परीक्षा नियन्त्रण कार्यालयको पश्चिमपट्टि) स्तम्भ बनाउन छुट्टै कार्यालय खोलिसकेको उपमहानिर्देशक शर्माले बताए । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६९ वैशाख १४ गते गणतन्त्र स्तम्भको कीर्तिपुरमा शिलान्यास गरेका थिए।
सो क्षेत्रको ६० रोपनी क्षेत्रमा स्तम्भ निर्माण कार्य सुरु भएको चार वर्षमा सकाउने योजना विभागको छ। मुलुकमा सङघीय लोकतान्त्रिक गणतन्त्रले स्थायित्व प्राप्त गरेको सन्देश दिने सर्वाधिक चासो र महत्वको रुपमा उदघाटन गरिएपनि बजेटको व्यवस्था हुन नसक्दा काम प्रभावित बनेको सहायक प्रवक्ता कार्कीले बताए।
‘विश्वका अन्य देशहरुमा पनि ठूलो सम्पतीको रुपमा स्तम्भलाई बनाउँने गरिन्छ,' उनले भने, ‘अब राज्यले योजना बनाएपछि पुरा गर्न पछाडी पार्नुहुँदैन।' सरकारले ठाउँ पटकपकट सारे पनि अब ठाउँको विवाद भने नरहेको उनले प्रष्याए।
तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले २०६९ साल वैशाख १४ गते नारायणहिटी संग्रहालयमा परिसरमा २०६८ साल चैत १४ गते गणतन्त्र स्मारकको शिलान्यास समेत गरेका थिए। स्तम्भको २४ मिटर अग्लो भागमा रहने पहिलो दृश्यावलोकन कक्षमा १५० जना तथा ६३ मिटर अग्लोमा बन्ने दास्रो दृश्यावलोकन कक्षमा ११५ जना अट्ने योजना रहेको छ।
गणतन्त्र दिवसकै स्मरणमा नाराहिटी बन्न लागेको ‘गणतन्त्र स्मारक' पनि जग खन्ने बाहेक काम नसकिएको मन्त्रालयका सहायक प्रवक्ता कार्कीले बताए। ‘स्मारक कम रकममा बन्ने भएका कारण पनि छिटो काम सुरु भयो,' उनले भने, ‘यसका लागि बजेटको व्यवस्ता भैसकेको छ।'
तर स्मारक हुँदैमा स्तम्भ नबनाउँने, भन्ने जिग्गासममा उनले सरकारले योजना बनाएपछि बनाउँने बताए। ‘राष्ट्रिय प्रतिष्ठा बोकेको स्तम्भ बनाउँन दाता खोज्न भएन,' उनले भने, ‘सरकारले आफै बनाउँने गरि तयारी हुँदैछ।'
यसैगरी नाराहिटी सङग्राहलय परिसरको गणतन्त्र स्मारकका लागि ३५ रोपनीमा काम भैरहेको विभागले जनाएको छ। ४२ करोड रुपैयाको लागतमा स्मारक निर्माण हुने कार्यक्रम रहेको विभागले जनाएको छ। तर यसको काम पनि द्रुत नभएको मन्त्रालय स्रोतको भनाइ छ।
लोकतन्त्र स्थापनाका लागि मुलुकमा भएका विभिन्न जनआन्दोलनमा सहादतप्राप्त ज्ञात–अज्ञात सहिदका नाम अङकित ठूलो शिलालेखसमेत स्मारकमा राखिने विभागको योजना छ।