काठमाडौं-कर तिर्न हिच्किचाएका काठमाडौंका तारे होटलहरुको बैंक खाता रोकिने भएको छ। व्यावहारिक आधारमा थपिएको १५ दिन बितिसक्दा पनि काठमाडौं महानगरपालिकासँगको सर्त पूरा नगरेपछि उनीहरुलाई यस्तो कारबाहीको तयारी गरिएको हो।मंगलबारसम्म केवल ३ वटाले मात्र केही सर्त पूरा गरेपछि महानगर पुरानै निर्णयअनुसार कारबाही प्रक्रियामा जान लागेको महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठले जनाए। यस्तो अवस्थामा उनीहरुको चल/अचल सम्पत्ति हस्तान्तरण रोक्का गर्ने कार्यअन्तर्गत पहिलो चरणमा बैंक खाता रोक्का गरिने श्रेष्ठले नागरिकसँग बताए।
‘हामीले आज (मंगलबार) सम्मको म्याद दिएका थियौं,' उनले भने, ‘पुरानो प्रक्रियाअनुरुप कारबाही गर्छौं।' उनले १५ वर्षमा बक्यौता रकम उठाउनका लागि भन्दै व्यावहारिक रुपमा १५ दिनको म्याद दिएको बताएका थिए। कर उठाउने प्रक्रिया अनुसार कारबाही भइरहँदा ‘कारबाही रोकी वैशाख २८ गते १५ दिने सम्झौता' गरेपछि उनी आलोचित भएका थिए।
‘उहाँहरुले दिनुहुन्छ कि भनेर हामीले हेरेका थियौं,' उनले भने, ‘तर भनेजस्तो भएन। तीन वटाले मात्र केही कुरा मान्नुभो। भोलि (बुधबार) निर्णय गरेर बिहीबारदेखि कारबाहीमा जान्छौं। हामी पछि हट्दैनौं।'
महानगरपालिका राजस्व महाशाखाका अनुसार एभरेस्टले १ लाख ८२ हजार रुपैयाँ बहालकर र व्यवसायकर ५० हजार रुपैयाँ, याक एन्ड यतिले बहालकर मात्र ४ लाख रुपैयाँ मंगलबार बुझाएको छ। महाशाखाले जनाएअनुसार बिहीबार सोल्टीले ६ लाख रुपैयाँ बहालकर र ५० हजार व्यवसायकर बुझाइसकेको छ।
याक एण्ड यतिले व्यवसायकर बुझाएको छैन भने तीन वटैले घरजग्गा कर तिर्नका लागि विवरण बुझाएका छैनन्। १५ वर्षदेखि बक्यौता व्यवसाय कर र बहाल कर चुक्ता गर्न र घरजग्गाको विवरण पेस गर्नका लागि मंगलबारसम्मको समयसीमा यी होटल लगायत १२ वटालाई वैशाख २८ गते सम्झौता गरेर म्याद थपेको थियो।
‘हामीले पहिलो चरणमा बैंक खाता रोक्काको निणय गरेर कार्यान्वयन गर्छौं,' उनले भने, ‘तर बैठक गरेर उहाँहरुलाई तिर्न अनुरोध पनि गर्छौं। तिर्नेलाई कारबाही फुकुवा हुँदै जान्छ।'
आठ महिनाभन्दा अघिदेखि होटलहरुबाट कर उठाउन विभिन्न छुट र कारबाही गरिँदै आएकामा महानगरले पछिल्लो निर्णयले पनि पछि हटेर गरेको महानगर स्रोत बताउँछ। ‘त्यसैले उनीहरुलाई सख्त कारबाही नै गर्नुपर्छ,' स्रोतले भन्यो, ‘साना करदातालाई कारबाही गरीगरी उठाउने र झन् ठूलालाई छुट हुनै हुँदैन।'
२०७० असोज मसान्तसम्म तिर्नेका लागि करमा १० प्रतिशत छुट दिने र पुस मसान्तसम्म तिर्नेलाई बक्यौता जरिवाना नलिइने निर्णय उनीहरुले बेवास्ता गरेका थिए। महानगरले २०७० माघ, फागुन र चैतमा १५/१५ दिएको म्याद व्यर्थ भइसकेको छ। पटकपटक पत्र पठाएर अटेर गरेपछि वैशाख ९ गते ७ दिने म्याद दिइएकामा फेरि अटेर गरेपछि फोहोर उठाउन महानगरले १८ वैशाखदेखि रोक्यो।
घरजग्गा ऐन २०१९ ऐनले छुट दिएबाहेकको कर तिर्नुपर्ने भन्दै महानगरपालिका लागे पनि होटल मल्ल, रोयल सिंगे होटल, हायात रिजेन्सी होटल, होटल र्याडिसन, होटल शंकर, होटल माउन्टेन, ल्यान्डमार्क, होटल मार्कोपोलो र सांग्रिला होटल मंगलबारसम्म कुनै प्रक्रियामा नआएको महानगरले जनाएको छ।