चितवन- नारायणगढ-मुग्लिन सडक खण्डको दासढुंगामा त्रिशुली नदीमाथि बन्दै गरेको पक्की पुल आइतबार साँझ आएको हावाले भत्काएको छ। चारवटा पिल्लरसहितको ८० मिटर लामो गाडी गुड्न मिल्ने सो पुलको ट्रस हाल्ने काम लगभग सकिएको अवस्थामा थियो। हावाले पुलको सबै ट्रस उडाएको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ।‘साँझ सवा छ बजेतिर निकै अँध्यारो भएर हावाहुरी चलेको थियो। त्यसपछि पुलमाथि राखेको सबै ट्रस उडाएको छ। झट्ट सुन्दा अचम्म लाग्न सक्छ तर भएको यही हो,' डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख हरि पोखरेलले भने। १४ महिनाअघि सुरु भएको पुलको निर्माण आउँदो कात्तिक मंसिरमा सक्ने लक्ष्य थियो।
पुलको लागत १३ करोड रुपैयाको हाराहारीमा रहेको छ। लगभग ७० प्रतिशत काम सकिएको अवस्थामा सबै भताभुङ्ग भएको सडक कार्यालयले जानकारी दियो। ट्रस राख्ने काम सकिएपछि केही प्राविधिक विषयहरु टुङ्गाएर पुलमाथि कंक्रिटको स्ल्याब राख्ने गरिन्छ। घटनाबारे सुक्ष्म जानकारीहरु समेट्ने काम हुँदै गरेको प्रमुख पोखरेलले बताए।
दासडुंगामा बनेको सो पुलले तनहुँको देवघाट गाविसलाई जोड्ने गर्छ। देवघाट क्षेत्रलाई मोटर बाटोसँग जोड्ने पुल अहिलेसम्म बनेको छैन। पुल बनाउन धेरै समयअघि निर्णय भए पनि कहाँ राख्नेर भन्ने विवाद चलेकाले निर्माण सुरु गर्न विलम्ब भएको थियो।