काठमाडौं-तारे होटलहरुबाट वर्षौको बक्यौता कर रकम उठाउने आठ महिनादेखिको प्रयास तुहिएको छ। काठमाडौं महानगरपालिकाले छुट र सुविधा दिँदादिँदै अटेर गरेका उनीहरुलाई कारबाहीबाट पछि हट्दा यस्तो अवस्था आएको हो।महानगर स्रोतले स्थानीय विकास मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठको दबाबमा यस्तो भएको दाबी गरेको छ। यसअघिका महानगर प्रमुख तथा कार्यकारी अधिकृत लक्ष्मण अर्यालले यस्तो दबाबलाई बेवास्ता गरेपछि नवनियुक्त धनबहादुर श्रेष्ठले तारे होटलका व्यवसायीसँग वैशाख २८ गते सम्झौता गरेर १५ दिने म्याद दिएपछि शुक्रबारसम्म बक्यौता तिर्न चासो नदिएको स्रोतले जानकारी दियो।
सचिव श्रेष्ठले आफ्नो दबाब भएको कुरा अस्वीकार गर्दै होटलले विवरण पेस गर्न राजी भएकाले सम्झौता महानगरले गरेको बताए। ‘कानुनको व्याख्यामा कतैबाट कमजोरी भएको छ, त्यसैले होटलवालाको अनुरोधमा यस्तो व्यवस्था गरिएको छ,' सम्झौता हेर्न नपाएको बताउँदै उनले भने, ‘राजस्व उठाउन जरुरी भएकाले पोहोर नै रोकेर कारबाही गर्नुभन्दा समझदारीले काम गर्न यस्तो भएको हो।'
स्थानीय स्वायत्त शासन ऐनअनुसार कर उठाउने प्रक्रिया सुरु भइसकेपछि सम्झौता गरेर रोकिनु भ्रष्टाचारसरह नै रहेको स्रोत बताउँछ। ‘भ्रष्टाचार भनेको पैसा लिनुमात्र होइन, यो मुद्दालाई भ्रष्टाचारकै रुपमा लानुपर्छ,' स्रोतले भन्यो।
यसबाहेक २०७० असोज मसान्तसम्म तिर्नका लागि करमा १० प्रतिशत छुट दिने अफर पनि बेवास्ता गरिसकेका थिए, उनीहरुले। पुस मसान्तसम्म तिर्नेलाई बक्यौता जरिवाना नलिइने घोषणा पनि गरियो। महानगरले २०७० माघ, फागुन र चैतमा १५/१५ दिन दिएको म्याद व्यर्थ भइसकेको छ।
‘छुट, जरिवाना नलिने घोषणा गरिसकेर १५ दिन म्याद ३/३ चोटि सकिए, तर कसैले टेरेनन्,' तत्कालीन कार्यकारी तथा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव अर्यालले भने, ‘यसरी महानगरले कर तिराउने योजना चलाइरहँदा अहिले झ्याप्प सम्झौता गरेर उनीहरुलाई कसरी बचाउने प्रयास गरियो?'
पटकपटक पत्र पठाएर अटेर गरेपछि वैशाख ९ गते ७ दिने म्याद दिइएकामा फेरि अटेरी गरेपछि फोहोर उठाउन महानगरले १८ वैशाखदेखि रोक्यो। यतिका हुँदा पनि अटेरी गरेको भन्दै महानगरले होटलको चल/अचल सम्पत्ति हस्तान्तरण रोक्का गर्ने निर्णय पनि लिइसकेकामा पछिल्लो नेपाल होटल एसोसिएसन (हान) सँग सम्झौताले प्रक्रिया बिगारेको उनको दाबी छ।
‘फोहोर फाल्न बन्द गरेपछि चरण चरणमा बैठक भए तर उहाँहरु कर विवरण पेस गर्न मान्नु भएन, त्यसैले चल/अचल सम्पत्ति हस्तान्तरण रोक्का गर्ने हामीले निर्णय गरिसकेका थियौं,' महानगरपालिका राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेले भने, ‘तर सम्झौता गरेपछि केही दिन मात्र बाँकी छ, सोल्टी होटलले बहालकर रु ६ लाख बुझाउनेबाहेक अरुले बेवास्ता गरेका छन्।'
हान होटलहरुको पेसागत महांसघ भएकाले सम्झौता गर्न कुनै हालतमा नमिल्ने तर्क अर्यालले दिए। होटल आफैंले एक्लै कर तिर्ने प्रतिबद्धतासहितको पत्र पेस गरे सम्झौता गर्न सकिने उनले बताए।
‘तर यहाँ त होटललाई बचाउने काममात्रै भयो, यसरी सम्झौता गरेर कानुनी रुपमा महानगर र हानले गल्ती गरेको प्रष्ट हुन्छ,' उनले भने, ‘कानुनले कर तिर्न भन्छ त्यसैले उनीहरु अदालत गएनन्। प्रक्रिया सुरु भएपछि अदालतलाई बाहेक रोक्ने वा सम्झौता गर्ने अधिकार कर अधिकृतलाई समेत हुँदैन।'
महानगर प्रमुख श्रेष्ठले कानुनका आधारमा नभई व्यावहारिक रुपमा यस्तो सम्झौता गरेको बताए। ‘१५ वर्षभन्दा बढी समयदेखि कर नदिएकाले १५ दिनमा दिन्छन् भने ठीकै छ भनेर दिएको हुँ,' उनले भने, ‘फेरि पनि नआए पुरानै प्रक्रिया (चल/अचल सम्पत्ति हस्तान्तरण रोक्का गर्ने) अनुसार कारबाही हुन्छ।'
कर्मचारी स्रोतका अनुसार तत्कालीन प्रमुख अर्याललाई मन्त्री प्रकाशमान सिंहले पनि नतिराउने मनसाय रहेकामा पछि कानुनअनुसार गर्न आग्रह गरेका थिए। महानगर प्रमुख श्रेष्ठले पनि पर्यटन महाशाखाको पहलमा सम्झौता गरेको जानकारी दिए।
‘सचिवले कुनै दबाब दिनुभएको छैन,' सचिव श्रेष्ठको दबाबबारे नागरिकको जिज्ञासामा उनले थपे।
वैशाख २८ को सम्झौताअनुसार होटलले १५ दिनभित्र घरबहाल कर तथा व्यवसाय कर चुक्ता गर्ने र घरजग्गा कर विवरण पेस गर्ने भनिएको छ। घर जग्गा कर ऐन २०१९ ले होटल सम्बन्धित बाहेकका संरचना निर्माण तथा सञ्चालन गरेमा मात्र कर तिर्नुपर्ने बताउँछ।
ऐनले छुट दिएबाहेकको कर तिर्नुपर्ने भन्दै महानगर लागे पनि होटल मल्ल, रोयल सिंगे होटल, होटल सोल्टी, हायात रिजेन्सी होटल, होटल र्याडिसन, एभरेस्ट होटल, होटल शंकर, होटल माउन्टेन, ल्यान्डमार्क, होटल मार्कोपोलो, याक एन्ड यति र सांग्रिला होटल ०५६/५७ सालदेखि नै करको दायरामा आएका छैनन्।