मुगु– मुगु र डोल्फु गाविसमा यार्सागुम्बा संकलन सुरु भएलगत्तै करान भेगका विद्यालय विद्यार्थीशून्य भएका छन्। अभिभावकले बालबालिकालाई पनि यार्सा टिप्न हिमालतिर लगेपछि विद्यालयमा बालविकास केन्द्रबाहेक अन्य कक्षाको पठनपाठन ठप्प रहेको शिक्षक बताउँछन्। उमेर छिप्पिएकाले भन्दा बालबालिकाले छिटो यार्सा देख्ने विश्वासमा अभिभावकले छोराछोरी साथै लैजाने गरेका हुन्।करान भेगका मुुगु, डोल्फु, किम्री, पुलु र माँग्रीका तीन निमावि, एक मावि र एक दर्जनबढी प्रावि विद्यार्थीविहीन अवस्थामा छन्। सदरमुकामनजिकको रोवा गाविसका तीन निमावि, एक मावि र सात प्राविको हालत उस्तै छ। रुगा गाविसका केही विद्यालय पनि विद्यार्थी नभएरै बन्द छन्। गाउँका सबै बालबालिका हिमालतिर हिँड्दा थोरै विद्यार्थीलाई शिक्षकले समेत नपढाउने भएकाले आफूले पनि छोराछोरी यार्सा टिप्न पठाएको रोवा–७ शोभाका धर्मदत्त बुढाले बताए। जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत सूर्यबहादुर खत्री भने विद्यार्थी यार्सा टिप्न गएकै कारण विद्यालय बन्द भएको जानकारी नआएको बताउँछन्। 'विद्यार्थी हिमालतिर लागे भन्दैमा विद्यालय बन्द गर्न मिल्दैन,' उनले भने। अभिभावक बालबालिकाको पढाइप्रति संवेदनशील नहुँदा यस्ता समस्या आउने उनको भनाइ छ। मुगु गाविसका छापा खोला, सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँकेलगायत क्षेत्रमा यार्सा पाइन्छ। यो बहुमूल्य जडीबुटी प्रतिगोटा ३ सयदेखि १ हजार र प्रतिकेजी २५ लाखभन्दा बढीमा बिक्री हुन्छ।
अर्को समाचार
यार्साले विद्यालय बन्द
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।
दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।
दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।
यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो पनि पढौँ
ट्रेन्डिङ