काठमाडौं-सडक सोलर बत्तीको पोलमा अनुमतिविना विज्ञापन झुन्ड्याएको भन्दै सडक विभागले २२ दिनअघि लगेको विज्ञापन बोर्ड अझै फिर्ता दिएको छैन।दरबारमार्ग विकास बोर्डले काठमाडौं महानगरपालिकालाई विज्ञापन कर दिने सम्झौता गरे पनि त्यसबारे आफूलाई जानकारी नदिएको उल्लेख गर्दै विभागले ती बोर्ड फिर्ता दिन आनाकानी गरेको हो।
वैशाख १६ गते विज्ञापन बोर्डहरु सडक विभागले लगेपछि विकास बोर्डले पोलमा बत्ती बाल्न छाडेको छ। सोमबार महानगरमा यसबारे ती निकायबीच छलफल भए पनि निष्कर्ष निस्केन र बत्ती बल्ने सम्भावना कम भइरहेको छ।
‘हामीसँग सोलर बत्ती राख्न अनुमति मागे, हामीले दियौं,' सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर मुकुन्द अधिकारीले भने, ‘तर विज्ञापन राख्ने/नराख्नेबारे उनीहरुले खुलाएनन्।'
तर स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा १४३ ले विज्ञापन कर नगरपालिकाले लगाउन पाउने अधिकार भएपछि स्वीकृति पनि उसैसँग लिनुपर्ने उल्लेख छ। यसैमा दरबारमार्ग विकास बोर्डले ०७० माघ ५ गते काठमाडौं महानगरसँग सम्झौता गरेर विज्ञापनसहितको सोलर बत्ती राख्ने अनुमति पाएको थियो।
इन्जिनियर अधिकारीलाई विज्ञापन राख्न महानगरको अनुमति लिनुपर्ने भन्ने नागरिकको जिज्ञासामा उनले भने, ‘पोल गाड्नचाहिँ हाम्रो अनुमति लिनुपर्ने, अनि विज्ञापन राख्नचाहिँ पर्दैन?'
विज्ञापन बोर्ड खोसिएको विरोधमा बोर्डले अहिले बत्ती बालेको छैन। ‘हामीसँग आम्दानीको स्रोत नै खोसियो अब कसरी बत्ती बाल्ने?' बोर्डका एक सदस्यले नागरिकसँग भने, ‘यस्तो अवस्थामा बत्ती बाले त हामी टिक्ने आधार छैन।'
महानगरपालिका राजस्व महाशाखा प्रमुख महेश काफ्लेका अनुसार २०७० असोज २३ गते विभागले बत्ती राख्ने अनुमति दिएअनुसार महानगरले निश्चित आकारको विज्ञापन बोर्ड राख्न भन्दै सम्झौता गरेको हो।
‘सडकका अन्य भागका पोलमा अव्यवस्थित पोल राख्दा नहेर्ने, झन् लोडसेटिङका बेला पनि उज्यालो दिन सहयोग पुग्ने र महानगरलाई राजस्व दिनेलाई यस्तो दुव्यवहार गर्ने!' काफ्लेले नागरिकसँग भने, ‘विभागले आफ्नो लुकेको स्वार्थ पूरा गर्न यस्तो व्यवहार देखाएको छ।'
दुई फिट लम्बाइ र ३ फिट चौडाइ आकारमा विज्ञापन राख्न महानगरले स्वीकृति दिएको थियो। दरबारमार्गको ३० मिटर दुरीमा ९० वटा बत्ती जडान भएका थिए। बोर्डले वैशाख १ देखि बाल्न सुरु गरेको सोलर बत्तीले आफ्नो व्यवसायमा वृद्धि हुने र मुख्य मार्ग झलमल हुने भएकाले बोर्डले १ करोड १७ लाख लगानीमा सोलर राखेको थियो।
काफ्लेका अनुसार दैनिक सोलर बत्तीको व्यवस्थापन र हेरचाहका लागि खटिनेहरुका लागि मासिक तलब खुवाउन विज्ञापन राख्न अनुमति दिइएको थियो।