बर्सेनि ३ हजारको मिर्गौला फेल
०४ जेष्ठ २०७१
•
७ मिनेट पाठ
बर्सेनि ३ हजारको मिर्गौला फेल
इलाम- ‘तपाईंको सुगर धेरै हाइ छ, सचेत रहनुहोला,’ पिसाब परीक्षणपछि स्वास्थ्यकर्मीले सुझाइन्, ‘मिर्गौलामा पक्कै खराबी हुनसक्छ, डाक्टरलाई देखाइहाल्नुस् ।’ उनी पूर्जी बोकेर फटाफट निस्किए ।




इलाम अस्पतालमा सञ्चालित शिविरमा मिर्गौला जाँच्न पुगेका नारायणस्थानका ती तन्नेरी त्यसपछि भक्तपुरबाट आएका मिर्गौला रोग विशेषज्ञ डा. सञ्जय श्रेष्ठको कक्षमा प्रवेश गरे ।
‘सुगर र प्रेसर दुबै हाइ रहेछ, मिर्गौलामा पक्कै खराबी छ,’ शारीरिक लक्षण सुनेपछि डा. श्रेष्ठले भने, ‘प्रारम्भिक उपचार थालिहाल्नुपर्छ, छिटो राजधानी या पायकपर्दो ठाउँ आउनुहोला ।’ 
इलाममा आइतबार सकिएको मिर्गौला परीक्षण शिविरमा आएका ६ सय २१ मध्ये १ सय २५ जना (झन्डै २० प्रतिशत) को मिर्गौलामा ‘समस्या’ देखिएको छ । मिर्गौला नै स्वस्थ नभएपछि मानिस स्वस्थ हुनसक्दैन । त्यसैले शिविरमा आएका विशेषज्ञ भन्दैछन्, ‘बद्लिँदो जीवनशैली र खानपानले मिर्गौला बचाउन मुस्किल भो ।’ मिर्गौलामा ‘समस्या’ देखिएकालाई उपचारमा जान सुझाव दि“दै चिकित्सकले अपनाउनुपर्ने सावधानी पनि सिकाएका छन् ।
मानव शरीरलाई स्वस्थ राख्न आवश्यक कार्य गर्ने प्रमुख अंगमध्येको एक हो– मिर्गौला । मेरुदण्डको दायाँबायाँ हुने सिमी आकारका यी मिर्गौला दुईटा हुन्छन् । मानिस बाँचुञ्जेल शरीर स्वस्थ पार्न यसको भूमिका उच्च हुन्छ । हड्डी स्वस्थ राख्ने, रक्तकोशिका निर्माण गर्ने र प्रेसर नियन्त्रण गर्ने काम मिर्गौैलाकै हुन्छ । विषाक्त पदार्थ र नचाहिने पानी शरीर बाहिर पठाउने पनि मिर्गौला नै हो । तर, यसैलाई बचाउन मुस्किल पर्दै गएको छ ।
भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रका चिकित्सक र स्वास्थ्यकर्मीले शिविरमा मिर्गौला परीक्षण गरेका हुन् । जसमा किशोर किशोरीदेखि अधवैंशे र बुढापाकासम्म थिए । केहीअघि चिसापानीको गुनमुने र महमाईको कपरसुकामा पनि यस्तै शिविर चलाइएको थियो । त्यहाँ आएकै चिकित्सकले यसपल्ट सदरमुकामको शिविरमा मिर्गौला परीक्षण गरेका हुन् । उनीहरुले इलामको समस्यालाई ‘जटिल’ भन्दै मिर्गौला बचाउन सबैपक्ष सचेत हुनुपर्ने सुझाए । 
केन्द्रकै डा. कल्पना श्रेष्ठले आफूले परीक्षण गरेका बिरामीमध्ये ‘२० प्रतिशतको मिर्गौलामा कुनै न कुनै खराबी रहेको’ बताइन् । ‘गुनमुने र कपरसुकामा यतिसाह्रो समस्या देखिएको थिएन,’ श्रेष्ठले भनिन्, ‘सदरमुकाममा धेरै समस्या देखियो, यो सबैका लागि चुनौती हो ।’ दीर्घरोगी महिला पुरुषमै मिर्गौलाको समस्या बढी देखिएको भन्दै उनले स्वास्थ्यप्रति चनाखो हुन आग्रह गरिन् ।
सुगर, प्रेसर र मुटुका बिरामीको मिर्गौलामा छिटो खराबी आउनसक्ने जनाउँदै डा. श्रेष्ठले शरीरको तौल धेरै नबढाउन, प्रेसर नियन्त्रणमा राख्न र खानपानमा सादापन ल्याउन सल्लाह दिइन् । नत्र मिर्गौला ‘फेल’ हुने खतरा हुन्छ । ‘हामीले पत्तै नपाई मिर्गौला बिग्रिरहेको हुन्छ, काम नलाग्ने भएपछि मात्रै असर देखिन्छ,’ उनले सचेत गराइन्, ‘त्यसैले बेला–बेला मिर्गौला परीक्षण गरिरहनुपर्छ, हेलचेक्रयाईं गर्नुहु“दैन ।’
मिर्गौला ‘फेल’ भएको खण्डमा बिरामीले ठूलो शारीरिक र आर्थिक क्षति व्यहोर्नुपर्छ । त्यसपछि बा“च्न डायलाइसिस या प्रत्यारोपण गर्नुपर्छ । मिर्गौला प्रत्यारोपण गरेका बिरामीले महिनैपिच्छे २० हजार रुपैयाँभन्दा धेरैको औषधि सेवन गर्नुपर्छ । ‘नेपालजस्तो मुलुकमा मिर्गौला फेल हुँदा प्रत्यारोपण गर्नै त समस्या छ, त्यति मह“गो औषधि खानसक्ने हैसियत जोकोहीको छैन,’ डा. श्रेष्ठले भने, ‘वर्षमा एकपल्ट जाँच्नुपर्छ, त्यसो गर्दा ढुक्क हुन्छ ।’
संसारमै मिर्गौला रोगीको संख्या बढिरहँदा इलाममा जस्तै अनौठो गरी नेपालमा पनि फैलिइरहेको अर्का विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले बताए । मिर्गौला खराबीकै कारण लाखौं व्यक्ति अकाल मृत्युको सिकार बनिरहेको जनाउँदै डा. श्रेष्ठले ३० लाख नेपालीको मिर्गौला बिग्रिएको बताए । उनका अनुसार, बर्सेनि तीन हजार नेपालीको मिर्गौला ‘फेल’ हुन्छ र उपचारमा ६ अर्ब रुपैयाँ विदेसिन्छ । 
नेपाल हृदयरोग निवारण प्रतिष्ठानले संयोजन गरेको शिविर समापनक्रममा मिर्गौला रोगबाट बच्न अपनाउनुपर्ने सावधानीबारे चर्चा गरियो । जसमा, विशषेज्ञले चेतनामूलक वृत्तचित्र देखाएका थिए भने मिर्गौला बचाउन गर्नुपर्ने विधि सिकाइएको थियो । ‘एक दिने शिविर मानिसको चापले डेढ दिन तन्काउनुपर्योर,’ प्रतिष्ठानका इलाम अध्यक्ष हिमालय कर्माचायले भने, ‘स्वास्थ्य नै ठूलो धन हो, अझ मिर्गौलाको महत्व बढी हुनाले शिविर प्रभावकारी भयो ।’
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस