खोटाङ – अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट खोटाङमा कान नसुन्ने र बोल्न नसक्ने महिला गम्भीर घाइते भएकी छन्। खुकुरी प्रहारबाट राखाबाङ्देल–८ का ४० वर्षीय लक्ष्मी राई 'चाउरी' गम्भीर घाइते भएकी हुन्।
रातको ८ बजे बेलुकाको खाना खानुअघि हात धुन लागेको अवस्थामा राईमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। सुस्तमनस्थिति, कान नसुन्ने र बोल्न नसक्ने महिला शारीरिकरुपमा पनि आपांग छिन्। खुकुरी प्रहारबाट गर्धनमा गहिरो चाट लागेका राईको सामुदायीक अस्पताल जालपामा उपचार हुन नसकेपछि अन्यत्र रेफर गरिएको छ। अधिक रक्तश्रावका कारण घाइते राईको स्वास्थ्य अवस्था गम्भीर बनेको प्रहरीले जनाएको छ।
ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि घाइतेलाई सामुदायीक अस्पताल जालपामा पुर्याइएको थियो। महिलामाथि खुकुरी प्रहार गर्ने व्यक्तिको पहिचान हुन नसकेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक रमेशकुमार देबले बताए।
बावुआमा बितिसकेको, दुई जना दाजुहरु पोखरामा बस्दैआएका र उनी सुस्तमनोस्थिति भएका दिदिसँगै राखाबाङ्देलमा बस्दैआएकी थिइन्।