काठमाडौ– सर्वोच्च अदालतमा विवादास्पद न्यायाधीश नियुक्ति रोक्न २८ जना एमाले केन्द्रीय सदस्यहरुले हस्ताक्षर संकलन गरी पार्टी अध्यक्ष झलनाथ खनाललाई बुझाएका छन्।न्यायपरिषदले विवादास्पद व्यक्तिलाई सर्वोच्चमा स्थायी न्यायाधीश बनाउन सिफारिस गरेको भन्दै केन्द्रीय २८ जनाको हस्ताक्षर र ८२ जनाको समर्थनमा हस्ताक्षर संकलन गरिएको केन्द्रीय सदस्य विजय पैडेलले जानकारी दिए।
सदस्यहरु कृष्णगोपाल श्रेष्ठ, घनश्याम भुसाल, योगेश भट्टराई, विजय पौडेल, सानु श्रेष्ठलगायतको अगुवाइमा संकलन गरिएको हस्ताक्षर शनिबार बिहान अध्यक्ष खनाललाई बुझाएका हुन्।
चीन भ्रमणमा रहेका खनाल शुक्रबार राति काठमाडौं आइपुगेका थिए। ‘पार्टी नेतृत्वले विवादास्पद न्यायाधीशलाई रोक्न अन्य दलहरुसँग छलफल सुरु गर्नुपर्छ,’ सदस्य विजय पौडेलले भने, ‘विवादास्पद व्यक्तिलाई नियुक्ति सिफारिस गर्ने न्यायपरिषदलाई पनि कारबाही हुनुपर्छ।’
प्रक्रियामा रहेको न्यायाधीश नियुक्ति सिफारिसउपर संसदीय सुनुवाइलाई थप प्रभावकारी बनाई अन्य दलका सभासदलाई समेत यस प्रक्रियामा सहमत गराउनु जरुरी रहेको उनले बताए।
‘सर्वोच्च अदालतको स्थायी न्यायाधीश पदका लागि न्यायपरिषदले गरेको सिफारिसमा स्वयं परिषदले बनाएको मापदण्ड नपुगेका, संविधान र कानुनले निर्धारण गरेको योग्यता र क्षमता नभएका, सर्वोच्च अदालतले नै कारबाहीका लागि निर्देशन दिएका, न्यायिक तथा सार्वजनिक क्षेत्रमा न्यायिक शुद्धता र सक्षमता कायम गर्न नसकेका व्यक्तिको नामसमेत समावेश भएको भन्ने चौतर्फी आलोचना, उजुरी र प्रतिक्रिया आइरहेका छन्, अध्यक्षलाई बुझाइएको पत्रमा भनिएको छ।
न्यायपरिषद सिफारिस संसदीय सुनुवाइ विशेष समितिमा छ। समितिको दुई तिहाइले अस्वीकार गरे न्यायाधीश नियुक्ति रोकिनेछ।
एमाले उपाध्यक्ष वामदेव गौतम र सचिव विष्णु पौडेल भने न्यायापरिषदमा सिफारिस नाम अनुमोदन गर्ने पक्षमा छन्।
श्रेष्ठले न्यायाधीश नियुक्तबारे उपप्रधानमन्त्री गौतमबाट आएको धारणा व्यक्तिगत रहेको बताए।