काठमाडौं— विपश्यना ध्यानका आचार्य रुप ज्योतीले वीर अस्पतालका डाक्टरहरुसँग अन्तरक्रिया गरेका छन्। 'माइन्ड—म्याटर'को विज्ञान विपश्यना बारे वीर अस्पतालले ज्योतीलाई बोलाएर अन्तरक्रिया गरेको हो।उद्योगपति समेत रहेका ज्योतीले विपश्यना बुद्ध विद्याको सार भएको उल्लेख गर्दै तनावबाट मुक्तिका लागि यो ध्यान लाभदायक भएको बताए। 'ब्याकुलता कम गर्ने बिधि हो', उनले भने- 'यो ध्यानले मनलाई बसमा राख्न सिकाउँछ।' सबै धर्म-सम्प्रदायका व्यक्तिका लागि विपश्यना खुला रहेको उनले जानकारी दिए।
वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले मनलाई बसमा राखेर काम गर्दा चिकित्सकलाई फाइदा हुने भएकाले ध्यानाचार्य ज्योतीलाई बोलाइएको बताए। 'यो मष्तिस्कको अभ्याससँग सम्बन्धित कुरा हो', नागरिकन्युजसँग कुरा गर्दै उनले भने, 'एकाग्र भएर काम गर्दा सबैलाई फाइदा हुन्छ। राम्रोसँग अभ्यास गरिए असल सोच विकास हुँदै जान्छ।' चिकित्सा पेशामा सधैँ सजग रहनु पर्ने हुनाले ध्यान केन्द्रित गर्न यसले निकै फाइदा पुग्ने उनको भनाइ थियो।
शिवपुरीस्थित धर्मश्रृङ्गसहित नेपालमा विपश्यनाका ८ वटा केन्द्रहरु छन्। काठमाडौंमा शिवपुरी र कीर्तिपुर, वीरगञ्ज, लुम्बिनी, पोखरा, चितवन, इटहरी, सुर्खेतमा रहेका ध्यान केन्द्रमा विपश्यना विद्या सिकाइन्छ। शिवपुरी स्थित केन्द्रमा नयाँ साधकलाई १० दिने र पुराना साधकलाई सतिपठ्ठान लगायत २०, ३० र ४५ दिने कोर्स सञ्चालन हुनेगर्छ। शिवपुरी केन्द्रमा अंग्रेजी महिनाको १ र १४ तारिक नियमित १० दिने कोर्स सञ्चालन हुने गर्छ।

अन्तरक्रिया सञ्चालन गर्दै विपश्यना आचार्य ज्योती

अन्तरक्रियामा डाक्टर, नर्स र मेडिकल कर्मचारी सहभागी भएका थिए।

सहभागीलाई १० मिनेट आनापाना ध्यान गराइएको थियो।