आकाशे पुलमा जोखिमपूर्ण यात्रा
२७ वैशाख २०७१
•
६ मिनेट पाठ
आकाशे पुलमा जोखिमपूर्ण यात्रा
काठमाडौं-मुस्किलले दुई मिटर चौडाको २८ मिटर लामा आकाशे पुल। पुलमा न रेलिङ छ, न पुलमा हिँड्न मिल्ने वातावरण। निर्माणाधीन अवस्थाको पुलको काम लामो समयदेखि रोकिएको छ। जसका कारण पुलको यात्रा निकै जोखिमपूर्ण छ। तर पैदलयात्री जोखिम मोलेरै धराप पुलबाट आउजाउ गरिरहेका देखिन्छन्।तीनकुने–सूर्यविनायक ६ लेन सडकमा निर्माणाधीन पाँच वटा आकाशे पुल निर्माणको काम अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कबाहिर भएपछि पैदलयात्रीले जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था आएको हो। लामो समय निर्माण व्यवसायी सम्पर्कबाहिर भएपछि निर्माणाधीन पुलको काम अलपत्र भएको छ। तर, ६ लेन सडकको सवारीको तीव्र रफ्तार छल्न पैदलयात्री धराप पुलबाट आउजाउ गर्छन्।
गट्ठाघरबाट सूर्यविनायकसम्मका पाँच वटा पुल निर्माणको काम लोकप्रिय र शंकरमाली जेभीले गरिरहेका छन्। काठमाडौं–भक्तपुर सडक विस्तार आयोजनाले पुल निर्माणको काम अलपत्र पारेर सम्पर्कबाहिर भएपछि निर्माण व्यावसायीलाई सम्पर्कमा आउन पटकपटक आग्रह गरेको थियो। चेतावनी दिँदासमेत सम्पर्कमा नआएपछि आयोजनाले सूचना जारी गरी कारबाही गर्ने जनाएपछि व्यवसायी बल्ल सम्पर्कमा आएका छन्। तर काम सुरु भएको छैन।
पुल निर्माण नै नभएको स्थानबाट सर्वसाधारणले आउजाउ गर्दा सामान्य दुर्घटनासमेत भएको भक्तपुर प्रहरीले जनाएको छ। भक्तपुर प्रहरी प्रमुख जगतमान श्रेष्ठका अनुसार पुल निर्माण गर्ने ठेकेदारको लापरबाही र गैरजिम्मेवारका कारण धेरैको ज्यान जोखिममा छ। 'काम नै अलपत्र पारेर पुललाई झन् धराप बनाएर छाडिएको छ,' उनले भने।
आयोजना इन्जिनियर किरण कार्कीका अनुसार कारबाहीको चेतावनीसहितको सूचनापछि व्यवसायी सम्पर्कमा आइसकेका छन्। उनले लामो समय सम्पर्कबाहिर भएर काम अलपत्र पारेको विषयमा व्यवसायीलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए। 
आयोजनाले असारभित्र सबै पुल निर्माण सक्ने गरी उक्त कम्पनीलाई काम दिएको थियो। तर हालसम्म मुस्किलले ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ। ठेकेदारको लापरबाहीका कारण निर्माणाधीन सबैजसो पुलमा रेलिङ राख्ने र फिनिसिङको काम बा“की छ। आयोजनाका अनुसार एउटा आकाशे पुल निर्माणमा ४० देखि ४५ लाख रुपैयाँसम्म खर्च भएको छ।
‘कम्पनीले लगातार काम गरेको भए यतिबेला सबै पुलको काम टुंगिसकेको हुन्थ्यो,' आयोजनाका एक कर्मचारीले भने, ‘तर ठेकेदारको बदमासी र गैरजिम्मेवारीका कारण नै पुलको अवस्था धराप हुन पुगेको हो।' उनले यस्ता व्यवसायीलाई कालोसूचीमा राखेर सरकारले क्षतिपूर्तिसहित कडा कारबाही गर्नुपर्ने बताए।
तीनकुनेदेखि सूर्यविनायकसम्मको ६ लेनको सुन्दर सडकमा यसअघि ४ वटा पुल निर्माण भइसकेका छन्। जडिबुटीदेखि गट्ठाघरसम्म निर्माण भएको पुल पनि सडकको तुलनामा निकै साना र कुरुप देखिन्छन्। जापान सरकारको आर्थिक सहयोगमा जापानबाटै आएका प्राविधिक टोलीले विस्तार गरेको ९ किलोमिटरभन्दा लामो तीनकुने–सूर्यविनायक सडक खण्डमा आकाशे पुलको निर्माण भने नेपाल सरकारले गरेको हो।
फराकिलो सडकको दाँजोमा नेपाली प्राविधिकले बनाएका आकाशे पुल निकै साँघुरो, होचो र असुहाउँदो छ। जडिबुटी, लोकन्थली, कौशलटार र गट्ठाघरमा निर्माण पूरा भइसकेको छ। बाँकी स्थान शंखधर साख्वा चोक, सिर्जना नगर, सल्लाघारी चोक, संगम चोक र सूर्यविनायक चोकमा निर्माणाधीन अवस्थामा छ। 
आयोजनाले दुर्घटना जोखिम बढी भएका स्थान पहिचान गरी पुल निर्माण अघि बढाएको थियो। दायाँबायाँ सर्भिस ट्र्याकसमेत रहेको उक्त खण्डमा सडक र सर्भिस ट्र्याकका बीच आकाशे पुल बनेका छन्। यही कारण यी पुल पैदल यात्रुका लागि …एम्बुस' बनेको एसपी श्रेष्ठ बताउँछन्।
‘यस्तो तीव्र रफ्तारमा सवारी कुद्ने सडकमा बनाइएको आकाशे पुल जोखिमयुक्त छ,' उनले भने, ‘दुर्घटना घट्नेभन्दा बढाउने देखिन्छ।' सडक विभागको पुल आयोजनाका कर्मचारी पनि भक्तपुर सडकमा बनेका आकाशे पुललाई ‘कमसल' बताउँछन्। यसको रेलिङ निकै कमजोर भएको एक कर्मचारीले टिप्पणी गरे। उनका अनुसार आकार सानो भएकाले पुलले धेरै चाप थेग्न सक्दैन। 
आयोजनाले आर्थिक वर्ष २०६८/६९ मा पुल निर्माणको काम सुरु गरेको हो। निर्माण सम्पन्न भइसकेका आकाशे पुल निर्माणको जिम्मा गोल्डन गुड्स शेर्पा नामक कम्पनीले पाएको थियो। पुलको डिजाइन न्यु एरा कम्पनीले गरेको हो।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस