काठमाडौं- वर्षौंदेखि कुनै पनि करको दायरामा नआएका १२ वटा स्टार होटललाई काठमाडौं महानगरपालिकाले कारबाही गर्ने भएको छ । पटक–पटक अनुरोध गर्दा पनि कर तिर्न नमानेका उनीहरुको चल–अचल सम्पत्ति हस्तान्तरण रोक्ने महानगरले जनाएको छ ।पछिल्लोपटक महानगरले सूचना नै जारी गरेर होटलहरुलाई कर तिर्न आग्रह गरेको थियो । त्यसको समेत कुनै वास्ता नगरेपछि महानगरले अन्तिमपटक एक साताको अल्टिमेटम दिएको छ । महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत लक्ष्मण अर्यालका अनुसार अल्टिमेटम नमाने स्थानीय स्वायत्त शासन ऐन २०५५ को १६५ दफा २ अनुसार कम्पनी र होटलको चल÷अचल सम्पत्ति हस्तान्तरण रोक्नका लागि सम्बन्धित निकायलाई पत्र लेख्ने निर्णय भएको छ ।
‘कर तिर्न नमानेपछि उनीहरुको दैनिक कार्यक्रम सञ्चालनमा असर पार्नका लागि यस्तो निर्णय गरेका हौं,’ अर्यालले आइतबार नागरिकसँग भने, ‘अन्तिम समय पनि दुरुपयोग गरे कारबाही सुरु गर्छौं ।’
सम्पत्ति हस्तान्तरण रोक्नका लागि नेपाल राष्ट्र बैंक, भूमिसुधार मन्त्रालय, कम्पनी रजिस्ट्रारको कार्यालय, पर्यटन उद्योग महाशाखा र स्थानीय विकास मन्त्रालयलाई खबर गर्न लागेको राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेले बताए ।
महानगरपालिकाका अनुसार मल्ल, रोयलसिंघी, सोल्टी, हायात रिजेन्सी, ¥याडिसन, एभरेस्ट, शंकर, माउन्टेन, ल्यान्डमार्क, मार्को पोलो, याक एन्ड यति र सांग्रिला होटल ०५६÷५७ सालदेखि नै करको दायरामा आएका छैनन् ।
वैशाख ९ गते पहिलोपटक सार्वजनिक सूचनामै होटलको नाम उल्लेख गरेर विवरण ल्याउन महानगरपालिकाले अनुरोध गरे पनि उनीहरुले बेवास्ता गर्दै आएका छन् । पहिलो सूचना जारी गर्नुअगाडी नै पत्र पठाएर महानगरपालिकाले अनुरोध गर्दासमेत उनीहरुले चासो दिएनन् ।
‘हामीले पत्र पठाएपछि सार्वजनिक रुपमै नाम उल्लेख गरेर सूचना जारी गरेको पनि म्याद गुज्रिइसकेको छ, अहिले ती होटलबाट महानगरपालिकाले फोहर उठाउन छाडेको छ,’ काफ्लेले भने, ‘१८ गतेदेखि एक साताको समय दिएका छौं, त्यसभित्र पनि नआए कडा कारबाही थाल्छौं ।’
चालू आर्थिक वर्षसम्मको घरजग्गा कर, व्यवसाय कर, बहाल कर र विज्ञापन कर नतिर्नेका लागि १८ वैशाखदेखि सार्वजनिक सेवाअन्तर्गत फोहर संकलन कार्य रोकिरहेको र अझै तिर्न नआए विद्युत कटौती गर्ने मनस्थितिमा महानगर छ ।
यही अवस्था २३ वटा व्यापारिक कम्प्लेक्समा पनि लागू भइरहेको छ । व्यापारिक प्रतिष्ठान र स्टार होटलबाट करिब ५० करोड कर बक्यौता उठ्न बाँकी रहेको महानगरपालिकाको अनुमानित तथ्यांक छ ।
आरबी कम्प्लेक्स, काठमाडौं मल, सांस्कृतिक संस्थान, नयाँ बानेश्वर डिपार्टमेन्टल स्टोर, ताम्राकार हाउस, रत्न प्लाजा, वर्ड ट्रेड सेन्टर, साझा भण्डार लिमिटेड, त्रिपुरेश्वर प्लाजा, अम्बे कम्प्लेक्स, अल्फाबिटा कम्प्लेक्स, केएल टावर, काठमाडौं बिजनेस पार्क, काठमाडौं प्लाजा र केसर प्लाजा अहिलेसम्म करको दायरामै नआएका व्यापारिक कप्लेक्स हुन् । यसबाहेक सिटिसी मल, विरा कम्प्लेक्स, बानेश्वर प्लाजा, पशुपति प्लाजा, पिपुल्स प्लाजा, जामे मार्केट र नेपा कम्प्लेक्सले नियमित कर तिरेका छैनन् ।
अर्यालको सरुवा
सरकारका सहसचिव तथा काठमाडौं महानगरपालिकामा एक वर्षअघि प्रमुख तथा कार्यकारीको जिम्मेवारी लिएर आएका लक्ष्मण अर्याललाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारेको छ । १९ गतेको मन्त्रिपरिषद निणर्यअनुसार सरुवा भएको उनले आइतबार नागरिकलाई बताए ।
उनले आफ्नो कार्यकालमा सडक विस्तार लक्ष्य हासिल गरेको, आन्तरिक राजस्व असुली वृद्धि गरेको, कम्प्युटर बिलिङ सिस्टम १५ वडामा विस्तार गरेको र ट्याक्स सफ्टवेयरको विस्तारलगायत काम गरेको बताए । सहरको सौन्दर्य बिगार्ने गरी राखिएका होडिङबोर्डलाई हटाउन र स्थानीय क्लबले एकलौटी रुपमा पार्किङ शुल्क उठाउने परिपाटीलाई तोड्न आफू सफल भएको उनले दाबी गरे ।
एकीकृत फोहर व्यवस्थापनको काम र कर्मचारीलाई सुदृढ बनाउनका लागि कार्य व्यवस्थापन राम्रो गर्न जरुरी रहेको उनले बताए । स्थानीय विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव दिनेश थपलियका अनुसार हाल श्रम मन्त्रालयमा सहसचिव धनबहादुर श्रेष्ठ नयाँ कार्यकारीको रुपमा आउन लागेका छन् । ‘बुधबार पुरानाको बिदाइ गर्ने र बिहीबार नयाँ कार्यकारी आउने कार्यक्रम छ,’ थपलियाले भने ।