सोलुखुम्बु -आमाडब्लम हिमाल आरोहणका क्रममा लेक लागेर दुई जना रसियाली नागरिकको मृत्यु भएको छ। सो हिमाल आरोहण गर्ने क्रममा हाई क्याम्पमा लेक लागेर हिजो साँझ एक जना र आज बिहान एक जना गरी दुई जना रसियाली नागरिकको मृत्यु भएको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक बद्री विक्रम थापाले जानकारी दिए।
पासपोर्ट नम्बर ७१५३९६६४१ का पाभेल इभाम्थ र पासपोर्ट नम्बर ७१५३६८०५८ का इगोल्किन भिक्टोभको लेक लागेर निधन भएको हो। ओशो वर्ल्ड एडभेन्चर प्रालिबाट आमाडब्लम हिमाल आरोहणका लागि गएका उनीहरु शिखरमा पुग्ने बेलामा लेक लागेर मृत्यु भएको बताइएको छ।
मृतकमध्ये एक जनाको शव उद्धार गरी लुक्ला ल्याइएको र अर्काेको उद्धारको प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।
अहिले कसको शव आएको भन्ने पुष्टि नभएको र दुवै शव ल्याएपछि थाहा हुने जनाइएको छ।